काठमाडौं । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुँदा मुलुकमा चरम लोडसेडिङ थियो । २०७३ भदौं २९ गते प्राधिकरण नियुक्त भएका कुलमानको कार्यालयपछिको पहिलो शनिबार असोज १ गते थियो । कार्यालय जान सुरु गरेका कुलमानको ३ दिनमै परेको पहिलो शनिबार पनि उनले ‘विकेन्ड’ मनाएनन् ।
लोडसेडिङ कसरी हट्छ भन्ने उनलाई तीन दिनमै थाहा हुने कुरा थिएनन् । तर, लोडसेडिङ किन भैरहेको छ भन्ने विषयमा कुलमान पहिलो शनिबार मात्र होइन प्राधिकरण पुगेपछि सयौं शनिबारसम्म पनि सोचीरहे ।
वि.सं २०७३ सालअघि देशमा १८ घण्टासम्म लामो लोडसेडिङ हुन्थ्यो । मानिसले लोडसेडिङको तालिका हेरेर आफ्ना दैनिकी काम निर्धारण गर्ने गर्थे । त्यस्तो कहालीलाग्दो अन्धकारको युगलाई कुलमानको कुशल नेतृत्वले मुलुक झलमल्ल भयो । उनले लोडसेडिङ अन्त्य गर्न सफल भए ।
प्राधिकरणमा अब कुलमानको कार्यकाल जम्मा ४ शनिबार हुनेछन् । प्राधिकरण हुँदाको अवधिमा कुलमानको जिन्दगीका २ सय शनिबारमा अधिकांश दिन कार्यालयका लागि बितेका छन् । कुलमान कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका थिए । आउँदो एक महिनापछि उनको कार्यकाल पूरा हुँदैछ ।
झन्डै ८ अर्ब घाटामा गएको प्राधिकरणमा उनी आएसँगै नाफामा जान थाल्यो । पछिल्लो ४ वर्षमा आइपुग्दा प्राधिकरणले गत आर्थिक वर्ष २०७६/०७७ मा ११ अर्ब रुपैयाँ नाफा कमाउन सफल भयो ।
प्राधिकरणमा अब कुलमानको कार्यकाल जम्मा ४ शनिबार हुनेछन् । प्राधिकरण हुँदाको अवधिमा कुलमानको जिन्दगीका २ सय शनिबारमा अधिकांश दिन कार्यालयका लागि बितेका छन् । कुलमान कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका थिए । आउँदो एक महिनापछि उनको कार्यकाल पूरा हुँदैछ ।
अध्याँरो र लोडसेडिङको युगलाई अन्त्य गरेकाले उनलाई ऊज्यालो नेपालका अभियान्ताका रुपमा पनि चिन्ने गरिन्छ । घिसिङ जनतामाझ यति धेरै छाएका छन् कि अचेल गाउँ/घरमा झ्याप्प बिजुली गयो भने पनि ‘कुलमान गए’ भनिन्छ । त्यस्तै, उनको गृह जिल्ला रामेछापमा समेत सडक चोकको नाम ‘कुलमान चोक’ राखिएको छ ।
कुशल व्यवस्थापकीय क्षमता र राम्रो ‘टिम वर्क’ का कारण उनले लोडसेडिङ हटाउँदै धराशायी भएको प्राधिकरणलाई एउटा बलियो संस्था बनाए । उनी आफ्नो ‘पर्फमेन्स’ र मेहनत अनवरत रुपमा गरिरहेँ । त्यस्तैगरी, विद्युत् प्राधिकरणका देशभर खटिएका झन्डै १० हजार कर्मचारीलाई रिँझाउँदै काम लिन सफल भए ।
सम्पूर्ण कर्मचारीको लगाव र उत्प्रेरणा लिएका कारण यो सफलता हात पारेको उनी बताउँछन् । उनी पनि अहोरात्र गुणस्तरीय विद्युत वितरण गर्नमै आफ्नो समय खर्चेका छन् ।
सबैलाई कुलमान घिसिङको दैनिकी कस्तो होला भन्ने कुरा कौतुहलता हुनु स्वभाविक पनि छ । आइतबारदेखि शुक्रबारसम्म त उनी दैनिक रुपमा कार्यालयकै काम व्यवस्त हुन्छन् । तर, उनको शनिबार पनि अरु दिनभन्दा पटक्कै फरक छैन् । शनिबारको दिन उनको दिनचर्याबारे हामी यहाँ चर्चा गर्दैछौं ।
सधैंझै बिहान ५ बजे उठ्छन् । उनको यो ‘रुटिङ’ शनिबारको दिन लागू हुन्छ । उठेपछि उनी नुहाइँधुवाइ गरी पूजाआजा र नित्यकर्म लाग्छन् । त्यसपछि झन्डै १ घण्टा योगा तथा व्यायाम गर्छन उनी । ‘६ बजेपछि एक घण्टा एक्ससाईज पनि गर्छु । योगा पनि गर्छु म ।’ उनी भन्छन् ।
७ बजेपछि उनले केही व्यक्तिगत र केही घरायशी काममा समय बिताउँछन् । अरु दिन नभ्याएका बाँकी कामको समीक्षा समेत गर्ने गर्छन उनी । ‘कहिँलेकाही आफ्नो व्यक्तिगत काम गर्नुपर्ने हुन्छ । तर, प्राय अफिसकै काम बढी फोकस हुन्छु ।’ उनी भन्छन् ।
त्यसपछि, उनको खाना खाने समय हुन्छ । उनले साढे १० देखि ११ बजेभित्र खाना खान्छन् । उनी अरु दिनभन्दा केही ढिला गरी अफिस पुग्छन् । प्राय उनी ११/१२ बजेसम्म अफिस पुगिसकेका हुन्छन् । ‘अरु दिनभन्दा केही ढिलो अफिस जान्छु । प्रायः शनिबार पनि मेरो अफिसकै काम भइराखेको हुन्छ । अरु दिन नभ्याएका काम शनिबार पूरा गर्छु ।’
शनिबार दिन भएपनि उनलाई भेटघाट गर्नेहरु कार्यालयको सचिवालयमा पर्खेर बसेका हुन्छन् । उनले अफिसमा छलफल गर्नुपर्ने, टाइम लगाएर गर्नुपर्ने मिटिङ, नीतिगत विषयहरु र हप्ताभरीमा नभ्याएका इस्युहरुमा छलफल गर्ने गर्छन् ।
उनी कार्यालयको ‘सेकेण्ड हाफ’ तिर मात्रै भेटघाटलाई निरन्तरता दिन थाल्छन् । भेटघाट र धेरै मिटिङका कारणले खाजा खाने समय पनि छुट्याउन सकेको हुँदैनन् उनी । ‘भेटघाट बढी हुँदा कहिले खाजा खाइन्छ, कहिले खाइदैन । समय मिलाएर खाजा खानुपर्छ ।’ उनले बताए ।
शनिबार पनि कर्मचारी, सर्वसाधारण, सेवाग्राहीको फोनको घण्टी उनको मोबाइल बारम्बार बजिरहेको हुन्छ । सबैको फोन ‘रिसिभ’ गर्न भ्याउँदैनन, सबै फोनको कल ब्याक गर्न पनि सम्भव नहुने उनी सुनाउँछन् । ‘मानौं तपाइले एकदिनमा २ चोटीसम्म कल गर्नुहुन्छ ।
प्राय उनी साधारण खालको पाइन्ट, सर्ट र कोटमा देखिन्छन् । उनलाई महंगा र थरीथरीका पोशाक लगाउन मन पर्दैन् । कहिलेकाँही भने उनी समय छुट्याएरै विभिन्न जलविद्युत् आयोजनाको साइट ‘भिटिज’मा पनि पुग्ने गर्छन् । ‘घुम्न जान सबैलाई मन पर्छ । त्यो मलाइ पनि मन पर्ने नै भयो । तर, कहिलेकाँही समय मिलाएर साइट भिजिटमै जाने गर्छु, रमाइलो पनि लाग्छ ।
शनिबार पनि कर्मचारी, सर्वसाधारण, सेवाग्राहीको फोनको घण्टी उनको मोबाइल बारम्बार बजिरहेको हुन्छ । सबैको फोन ‘रिसिभ’ गर्न भ्याउँदैनन, सबै फोनको कल ब्याक गर्न पनि सम्भव नहुने उनी सुनाउँछन् । ‘मानौं तपाइले एकदिनमा २ चोटीसम्म कल गर्नुहुन्छ ।
त्यस्तैगरी, हजारौंजनाले कतिचोटी गर्छन होला । फोन उठाउनै सम्भव हुँदैन् । पव्लिक र लोकल सबैको फोन उनलाई आउँछ’ उनी थप्दै भन्छन्, ‘यहाँ बत्ती गयो भन्नेदेखि लिएर विद्युत्तीकरण गर्नुपर्यो, बिजुली जोड्न कर्मचारी पठाइदिनुपर्यो भन्ने लगायतका फोन धेरै आइरहेका हुन्छन् ।’
शनिबार अफिसको काम भ्याएर उनी ९ देखि १० बजेसम्म घर पुगिसक्छन् । अरु दिन कहिँलेकाहीँ ११ बजेपछि पनि घर पुगेको उनी सम्झन् । ‘बेलुका ९/१० बजेसम्म घर पुगिन्छ । थकाइ लागेको हुन्छ । खाना खायो, सुत्यो । अरु दिन कहिलेकाँही बढी मिटिङ पर्दा घर पुग्दा ११ पनि बज्छ ।’
उनी घर पुग्दा उनका परिवारका सदस्यहरु निदाइसकेका हुन्छन् । उनको बेलुकीको खाना प्रायजसो सेलाइसकेको हुन्छ । खाना खाएर उनी सुत्ने कोठामा पुग्छन् । त्यसपछि, मानसिक रुपमा थाकेको शरिरलाई एकछिन् चयन कक्षमा आराम दिलाएपछि बिस्तारतिर ढल्किन्छन् ।
उनी ६ घण्टा अनिवार्य सुत्छन् । तर, शनिबार भने अलि बढि समय नै सुत्ने गरेको उनी सुनाउँछन्, ‘६ घण्टा त सधैं नै सुतिन्छ । शनिबार छिटो सुत्ने गर्दा अलि बढी नै सुतिन्छ होला ।’