काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले नेपालमै पहिलो पटक एन्ड्राइड टिभि सार्वजनिक गरेको छ । गुगलबाट मान्यता प्राप्त गर्न सफल एन्ड्रोईड टिभी सिजीले आफ्नो नेपाली ब्राण्डमा ल्याएकोे छ ।
गुगल एन्ड्रोइड टिभी स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाईएको एक विशेष संस्करणको एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने स्मार्ट टेलिभिजन हो । गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्रामहरु अपडेट गर्ने देखी सम्पूर्ण सफ्टवेयरको समस्याहरुको समाधान गुगलले नै गर्ने गर्दछ । यस गुगल एन्ड्रोइड टिभीमा एन्ड्रोइडको नयाँ संस्करण एन्ड्रोइड पाई प्रयोग भएको छ ।
गुगलबाट मान्यता प्राप्त भएको यो टिभीको माध्यमबाट हरेक काम सजिलैसंग गर्न सक्ने कम्पनीले जनाएको छ । टिभी ३२ इन्च देखि ७५ इन्च सम्ममा उपलब्ध छ । साथ साथै यो टि.भी. सँगै एउटा भ्वाइस कन्ट्रोल रिमोट पनि उपलब्ध गराएको छ । यो रिमोटको सहायताले हामी बोलेरै लेख्न, अवाज कम वा बढी गर्न, टि.भी. बन्द गर्न आदि जस्ता थुप्रै काम गर्न सकिने छ ।
यसको प्रमुख विशेषताहरुमा गुगल असिस्टेन्ट रहेको छ । जसको मद्दतले बोलेर टिभीलाई नियन्त्रण गर्ने, इन्टरनेटमा जानकारी खोजी गर्ने, मौसमको पूर्वानुमान थाहा पाउने, आफ्नो नजिकै रहेको रेस्टुरेन्ट, सिनेमा हल, पेट्रोल स्टेशन, बाइक मर्मत केन्द्र पत्ता लगाउने, नयाँ ठाउँ को बाटो पत्ता लगाउने आदि इत्यादी गर्न सकिन्छ ।
त्यस्तै अर्को प्रमुख विशेषतामा क्रोमकास्ट रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा रहेको क्रोम कास्टको प्रयोगले तपाईंले आफ्नो मोबाइलबाट मनपर्ने भिडियोहरू, गेमहरू टिभी स्क्रिनमा हाई क्वालिटीमा हेर्न सक्नुहुन्छ ।
कास्ट बटनको केवल एक प्रयोगले युट्यूब, फेसबुकको भिडियो टिभी स्क्रिनमा हेरी मजा लिन सकिन्छ । त्यसैगरि गुगल प्लेस्टोरको माध्यबाट नयाँ नयाँ एप र गेम रोजी रोजी डाउनलोड गरि प्रयोग गर्न सक्नु हुन्छ । गुगल एन्ड्रोइड टिभीमा २ जीबी र्याम र १६ जीबी रोमको प्रयोग गरिएको छ ।