एजेन्सी । भारतीय बजारमा किया सोनेट जिप सार्वजनिक भएको छ । आकर्षक लुक्स र फिचरसहित किया मोटर्स इन्डियाले किया सोनेट सब फोर मिटर एसयूभी शुक्रबार ग्लोबल प्रिमियर गरेको हो । यसअघि नै अगस्ट ७ तारिखमा सोनेट सार्वजनिकको घोषणा भइसकेको थियो ।
किया सोनेट बोल्ड डिजाइनको सात सार्वजनिक भएको छ । कम्पनीका अनुसार फिचर र लुक्सकै कारण धेरै युवाको मन जित्ने छ । किया मोटर्स भारतले सबैभन्दा पहिलो मोडल किया सेल्टो उत्पादन गरेको थियो ।
किया सोनेट कम्पनीको दोस्रो मोडलको रुपमा चर्चित छ । भारतमा यो गाडी सार्वजनिक भएसँगै नेपालमा पनि भित्रने बिषयमा चर्चा सुरु भइसकेको छ । गत केही साताअघि मात्र किया सोनेटको पहिलो लुक्स सार्वजनिक भएको थियो । भारतमा बिक्री सुरु भएको केही हप्ता भित्रै नै सोनेट नेपाल आउने छ ।
यस्ता छन फिचर
सार्वजनिक भएको किया सोनेटको मुख्य फोकसनै लुक्समा रहेको छ । कम्पनीका अनुसार सोनेटको वडी र लुक्सलेनै मानिसलाई आकर्षण गर्नेछ । किया सेल्टोसको जस्तै सोनटमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको बताइएको छ ।
किया सोनेटमा यूभीओ कनेक्टेड कार टेक, इलेक्ट्रीक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस मोवाइल चार्जर, मल्टी इन्फर्मेशन डिस्प्ले, पुस बटम स्टार्टरस्टप जस्ता महत्वपूर्ण फिचर दिएको छ ।
जसले मानिसलाई लोभ्याउने गर्छ । अलावा ६ स्पीड टर्क कन्भटर सहितको अटोमेटिक डिजेल इन्जिन रहेको यो गाडीमा १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो चार्ज्ड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा गाडी उपलब्ध छ ।
सोनेट किया मोटर्सको सबैभन्दा सस्तो एसयूभीको रुपमा यो बजारमा आउने कम्पनीले जनाएको छ । नेपाली बजारमा सार्वजनिक हुँदा किया सोनेटको मुल्य हुन्डाई भेन्यूको बराबर नै हुने अनुमान गरिएको छ ।
बजारमा सार्वजनिक भएसँगै किया सोनेटले हुन्डाई भेन्यू, टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, फोर्ड इकोस्पोट, महिन्द्रा एक्सयूभी ३०० लगाएतका मोडलसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । भारतीय बजारमा यसको मुल्य ८ लाख भारु हाराहारी पर्न आउँने कम्पनीले जनाएको छ ।