काठमाडौं । गत आर्थिक वर्ष २०७६/०७७ जीवन बीमा कम्पनीहरुको बीमा शुल्क (प्रिमियम) ३२.८५ प्रतिशत वृद्धि भएको छ । बीमा समितिले दिएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २० कम्पनीहरुले ९४ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन ।
अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा यी कम्पनीहरुले ७१ अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष जीवन बीमा शुल्क २३ अर्ब ३४ करोड रुपैयाँ बढेको छ ।
कम्पनीहरुले जीवन र बैदेशिक रोजगार गरी ७९ लाख ५७ हजार ३५८ वटा बीमालेख बिक्री गरेका छन । कम्पनीहरुले गत वर्ष ३४ अर्ब ४८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन ।
५७ अर्ब ९७ करोड रुपैयाँ नविकरण र १ अर्ब ९३ करोड बैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेको समितिले जानकारी दिएको छ । बीमा कम्पनीहरुले बन्दाबन्दी (लकडाउन) को अवधिमा ८ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
२०७७ असारमा मात्र कम्पनीहरुले २४ अर्ब ५५ करोड प्रिमियम संकलन भएको देखिन्छ । सो अवधिमा ७ लाख ८ हजार १६ बीमालेख बिक्री भएको छ ।
गत वर्ष पनि सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भएको छ । भरखरै कारोबार सुरु गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा कम प्रिमियम संकलन गरेको छ ।
नेपाल लाइफले गत वर्ष २८ अर्ब ३९ करोड प्रिमियम संकलन गरेको छ । उसले १३ लाख ७ हजार ६१६ वटा बीमालेख बिक्री गरेको छ । सानिमाले ८२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । सानिमाले २५ हजार ७०५ वटा बीमालेख बिक्री गरेको समितिले जानकारी दिएको छ ।
दोस्रोमा भारतीय लगानीमा सञ्चालित लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड रहेको छ । उसले प्रथम र नविकरण गरी १५ अर्ब ३१ करोड रुपैया प्रिमियम संकलन गरेको छ । यसअवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले ७ लाख ६५ हजार ७२१ वटा बीमालेख बिक्री गरेको छ ।
तेस्रोमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ लाख ४२ हजार ९७३ ओटा बीमालेख बिक्री ९ अर्ब २१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
यस्तै सरकार स्वामित्वको राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा छ । संस्थानले गत आर्थिक वर्षमा ७ अर्ब ५ लाख रुपैंयाँ बीमाशुल्क संकलन गरेको छ । संस्थानले ७ लाख ३ हजार ६१२ वटा बीमालेख बिक्री गरेको छ
युनियन लाईफले ४ अर्ब ८० करोड प्रिमियम संकलन गरेको छ । युनियनले ३ लाख ६० हजार ७९५ वटा बीमालेख बिक्री गरेको छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ अर्ब ५४ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको छ । एशियनले २ लाख ८८ हजार २९६ वटा बीमालेख बिक्री गरेको छ ।
अमेरिकी कम्पनी मेटा लाइफले ४ अर्ब १५ करोड प्रिमियम संकलन गरेको छ । उसले १ लाख ५० हजार ७७७ ओटा बीमालेख बिक्री गरेको छ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ अर्ब ३१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । समीक्षा अवधिमा प्राइम लाइफले ३ लाख ६६ हजार ६९३ वटा बीमालेख बिक्री गरेको छ ।
सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ लाख ८० हजार ४९३ ओटा बीमालेख बिक्रीबाट ३ अर्ब २० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब १९ करोड बीमा शुल्क संकलन गरेको छ । उसले २ लाख १४ हजार ४२० वटा बीमालेख बिक्री गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ९६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । १ लाख २२ हजार ४९५ वटा बीमालेख बिक्री गरी सो प्रिमियम आर्जन गरेको हो ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । ज्योतिले ५० हजार ५०४ अआटा बीमालेख बिक्री गरेको छ ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ६० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । गत वर्ष रिलायवलले १३ लाख ८३ हजार ७१७ वटा बीमालेख बिक्री गरेको छ ।
यसैगरी आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ४० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । आइएमईले १ लाख १३ हजार ९३७ ओटा बीमालेख बिक्री गरेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० हजार ७६९ ओटा बीमालेख बिक्री गरी १ अर्ब ४० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले १ अर्ब १८ करोडको प्रिमियम संकलन गरेको छ । समीक्षा अवधिमा प्रभुले ६७ हजार ९२ वटा बीमालेख बिक्री गरी सो रकम आर्जन गरेको समितिले जानकारी दिएको छ ।
यसैगरी सन लाइफ इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । सन लाइफले ५० हजार २३० वटा बीमालेख बिक्री गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ८७ करोड प्रिमियम संकलन गरेको छ । गत वर्ष महालक्ष्मीले १२ हजार १९ वटा बीमालेख बिक्री गरेको समितिले जनाएको छ ।