काठमाडौं । गत आर्थिक वर्ष २०७६/०७७ मा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क (प्रिमियम) १.४५ प्रतिशत मात्र बढेको छ । गत आर्थिक वर्षमा कम्पनीहरुले २५ अर्ब ८७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन । अघिल्लो वर्षको सोही अवधिमा २५ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको थियो ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बीमा शुल्क ३७ करोड रुपैयाँ मात्र बढेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले जानकारी दिए । यो बीमा शुल्क संकलन सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड बाहेकको रहेको उनको भनाई छ ।
राष्ट्रिय बीमा कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको थियो । उसले गत आर्थिक वर्षको विवरण समितिमा पेश गरेको छैन ।
गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले २२ लाख ६ हजार ३३८ वटा बीमालेख बिक्री गरी सो रकम बराबर प्रिमियम संकलन गरेका हुन । बन्दाबन्दी (लकडाउन) को अवधिमा बीमा कम्पनीहरुले ३ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको समितिले जनाएको छ ।
यस्तै असारमा मात्रै ३ लाख ३५ हजार ७७४ वटा बीमालेख बिक्री भएका छन । निर्जीवन कम्पनीहरुको चुक्तापूँजी बढेर १६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
समितिले दिएको तथ्यांकअनुसार सबैभन्दा बढी बीमा शुल्क संकलन गर्नेमा शिखर इन्स्युरेन्स कम्पनी लिमिटेड भएको छ । सबैभन्दा कम सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको छ । सानिमा नयाँ बीमा कम्पनी हो ।
अघिल्लो वर्ष पनि शिखर नै पहिलो भएको थियो । गत वर्ष शिखर इन्स्युरेन्सले ३ अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो ३ अर्ब ५१ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस्तै गत वर्ष सानिमा जनरलले ३५ करोड रुपैयाँ मात्र बीमा शुल्क संकलन गरेको समितिले जानकारी दिएको छ ।
अघिल्लो आर्थिक वर्षमा सानिमाले १९ करोड ५८ लाख रुपैयाँ शुल्क आर्जन गरेको थियो । सानिमाको झण्डै दोब्बर बढे पनि शिखरको झण्डै १ करोड रुपैयाँ मात्र थपिएको छ ।
शिखरले गत वर्ष २ लाख ४९ हजार ५४७ ओटा बीमालेख जारी गरेको छ । सानिमाले भने ४२ हजार ३८३ वटा बीमालेख बिक्री गरेको छ ।
दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड भएको छ । उसले गत वर्ष २ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सगरमाथाले १९ लाख ४ हजार १४७ ओटा बीमालेख बिक्री गरेको छ ।
तेस्रो स्थानमा नेको इन्स्योरेन्स लिमिटेड रहेको छ । नेकोले २ अर्ब ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेकोले २ लाख ४८ हजार ७० ओटा बीमालेख बिक्री गरेको छ । उपेन्द्र महतो समूहको प्रवेशपछि कम्पनीले व्यवसाय विस्तार गरेको हो ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सिद्धार्थले समीक्षा अवधिमा १ लाख ६२ हजार ५२० ओटा बीमालेख बिक्रि गरेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सो कम्पनीले १ लाख ८८ हजार ९४१ वटा बीमालेख जारी गरेको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । उसले १ लाख ४२ हजार ४५७ वटा बीमालेख बिक्री गरेको छ ।
प्रभु इन्स्योरेन्स लिमिटेडले १ अर्ब ५५ करोड बीमा शुल्क संकलन गरेको छ । समीक्षा अवधिमा प्रभुले ६४ हजार ६७० ओटा बीमालेख बिक्री गरेको छ ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । उसले ५९ हजार ५८२ ओटा बीमालेख बिक्री गरेको छ ।
आइएमई जनरल इन्स्योरेस लिमिटेडले १ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । उसले १ लाख ५३५ वटा बीमालेख बिक्री गरेको छ ।
लुम्बिनी जनलर इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । समीक्षा अवधिमा १ लाख ३१ हजार ७८८ ओटा बीमालेख बिक्री गरेको समितिले जानकारी दिएको छ ।
सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब १६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले १ लाख ४७ हजार ५२९ वटा बीमालेख जारी गरेको छ ।
यस्तै प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत वर्ष प्रुडेन्सियलले १ लाख १६ हजार ९३० ओटा बीमालेख बिक्रि गरेको छ ।
भारतीय लगानीको दी ओरिन्टियल इन्स्योरेन्सले १ अर्ब १ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । ओरियन्टलले २१ हजार ५५ वटा बीमालेख बिक्री गरेर सो रकम आर्जन गरेको हो ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले ९० करोड रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । एभरेष्टले ७९ हजार ४८६ ओटा बीमालेख बिक्री गरेको छ ।
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले ८६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसले ९६ हजार ३२० वटा बीमालेख बिक्री गरेको हो ।
भारतको नेसनल इन्स्योरेन्स कम्पनीले ७६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । नेसनलले १६ हजार ३३४ वटा बीमालेख बिक्री गरेको समितिले जानकारी दिएको छ ।
युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । उसले समीक्षा अवधिमा ९० हजार ७९३ ओटा बीमालेख बिक्री गरेको छ ।
भरखरै सञ्चालनमा आएको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५४ करोड रुपैयाँको बीमा शुल्क संकलन गरेको छ । उसले ५३ हजार १९७ वटा बीमालेख बिक्री गरी सो रकम बराबरको बीमा शुल्क आर्जन गरेको हो ।
निर्जीवन कम्पनीहरुले मोटर, हवाइ, वैदेशिक रोजगार, सामुन्द्रिक, कोरोना, मेडिकल, यात्रालगायत डेढ दर्जन बीमा प्रोडक्ट सञ्चालन गरिरहेका छन । वैदेशिक रोजगारसमेत गरी हालसम्म २८ प्रतिशत जनसंख्यामा बीमाको पंहुच पुगेको सरकारी तथ्याँक छ ।
बीमा कम्पनी बीमा शुल्क