काठमाडौं । योगेश भट्टराई २०७६ साउन १५ गते(आज)कै दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दा धेरैले उनी माथि सुभेच्छा प्रकट गरे । पार्टीभित्र मात्र हैन, प्रमुख प्रतिपक्षी दलका नेताहरुले समेत ‘तपाई प्रति धेरैको आशा छ,त्यो आशालाई निराश नबनाउनु होला’ भन्ने सन्देश सहितको शुभकामना सामाजिक सञ्जालमा देखिएका थिए ।
प्रखर वक्ताको रुपमा लिइएका मन्त्री भट्टराईसँग आफ्नो पार्टी र प्रतिपक्षी दलसहित सिंगो नेपालीहरुले ठूलो अपेक्षा थियो । प्रदेश नम्बर १ को ताप्लेजुङबाट सांसद बनेका भट्टराई तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उनको ठाउँमा मन्त्री बनाइएको हो ।
सरकारले जनअपेक्षा अनुसार काम नगरेको गुनासो बढीरहेको बेला पर्यटनमन्त्रीको रुपमा भट्टराई आएसँगै उनिसँग धेरै आशा र अपेक्षा गर्नु स्वभाविक नै थियो । तर, उनले जनअपेक्षाअनुसार उनले काम गर्न सकेनन ।
वायुसेव निगम जस्ताको त्यस्तै
पर्यटन मन्त्रालय मातहतमै रहेको नेपाल वायुसेवा निगम लामो समयदेखि घाटामा गइरहेको थियो । त्यति मात्र हैन, निगमले खरिद गरेको दुईओटा वाइडबडी जहाज खरिदमा घोटाला भइरहेको चर्चा समेत चलिरहेको थियो । जहाज खरिदमा तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारी समेत मुछिएका थिए ।
नयाँ जहाज खरिद गरेको एक वर्ष पुग्न लाग्दा समेत वाइडबडी जहाज नयाँ गन्तव्यमा जान नसकेको, ऋण बढेर ४० अर्ब रुपैयाँभन्दा बढी नाघिसकेको, किस्ता नियमित तिर्न सकेको छैन । एक किसिमले भन्दा लथालिङ बनेको निगमलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता समेत बढीरहेको थियो ।
मन्त्री भट्टराईले कार्यभार सम्हालेकै दिन वा ! नेपाल एयरलाइन्स भन्ने बनाउछु भन्ने घोषणा गरेका थिए । उनको यो भनाई प्रति धेरैले प्रशंसा गरे । उनले जुन घोषणा गरे, अहिलेसम्म कार्यन्वयन हुन सकेन । उनकै दबाबमा तत्कालिन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिए ।
अहिले उनको ठाउँमा मन्त्रीकै रोजाईमा पूर्व सचिव सुशील घिमिरेलाई ल्याइएको छ । उनि अहिले चिनियाँ जहाज व्यवस्थापन गरी नयाँ जहाज खरिद गर्ने चक्करमा लागेका छन् । निगम भित्रको समस्या भने ज्यूका त्यूँ छ ।
गौतमबुद्ध विमानस्थलको भाका सरेको सरै
भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७६ सालभित्रै सञ्चालनमा ल्याइसक्ने घोषणा गरिएको थियो । पछि २०७७ को जेठभित्र सञ्चालनमा ल्याइसक्ने गरी मिति तय गरेको थियो । त्यहि बीचमा विभिन्न बहाना देखाउदै विमानस्थल तत्कालै सञ्चालनमा आउन नसक्ने जवाफ मन्त्री भट्टराईले दिएका थिए ।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को हलमा भएको एक कार्यक्रममा पत्रकारहरुको प्रश्नमा विमानस्थल तयार भएपछि जहाज चार्टर्ड गरेर भैरहवा लैजाने समेतको जवाफ दिएका थिए । अहिलेसम्म कुन मितिबाट विमानस्थल सञ्चालनमा आइसक्छ भन्ने मिति टुंगो लगाउन सकेको छैन । कोरोना भाइरस महामारीका कारण गौतमवुद्ध विमानस्थलको काम एक वर्ष पछि धेकेलिएको छ ।
निजगढ विमानस्थल गफैमा सीमित
१० हजार जनतालाई उतारेर २०७६ मंसिरभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिल्यान्यास गर्ने घोषणा मन्त्री भट्टराईले गरेका थिए । मन्त्रीको रुपमा पदभार ग्रहन गरेको केह समयपछि प्राधिकरणमा भएको छलफलमा एउटा इँट्टा राखेर भएपनि विमानस्थलको कामलाई अगाडी बढाउने गरी आवश्यक तयारी गर्न निर्देशन दिएका थिए ।
उनको निर्देशन त्यहि सीमित भयो र अहिलेसम्म केही तयारी भएको छैन । उल्टो वातावरणवादीहरुले वातावरण विनाश हुने भन्दै अवरोध गर्दै आएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक बनेन
२०७६ बैशाखमा बुटिक एयरपोर्ट बनाइसक्ने घोषणा भएको थियो । यो घोषणा स्व. मन्त्री अधिकारीले नै गरेका थिए । पछि मन्त्री भट्टराईले भने यसलाई निरन्तरता दिएपनि अहिलेसम्म बुटिक बनिसकेको छैन । बरु,विमानस्थल भित्र केहि समय अघि मात्र राखिएको कार्पेट झिकेर टायल राखिएको छ ।
यस्ता थिए एक बर्षे कार्ययोजना