काठमाडौं । बन्दाबन्दी (लकडाउन) पछि नेपालमा इन्टरनेट सेवा गुणस्तरहीन भएको भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरणमा उजुरीका चाङ लाग्न थालेका छन् ।
इन्टरनेट सेवाप्रदायक कम्पनीले शर्त बमोजिम सेवा उपलब्ध नगराएको भन्दै प्राधिकरणमा उपभोत्ताका दिनहूँ आधा दर्जन भन्दा बढी सेवाप्रदायक विरुद्ध उजुरी पर्ने गरेका छन् । उपभोक्ताका दैनिक उजुरी पर्दा पनि नियामकको अनुगमन शुन्य छ ।
बिशेषगरी उपभोक्ताले नेपालमा पछिल्लो समय एकाधिकार जमाएका वल्र्डलिंङ्क कम्युनिकेसन, भायानेट, क्लासिकटेक र सुविसुले गुणस्तरहीन इन्टरनेट सेवा दिएको बताएका छन् ।
साना इन्टरनेट सेवाप्रदायकको गुनासो भने प्राधिकरणमा आइनपुग्ने प्राधिकरणकै अधिकारीहरु बताउँछन् । पछिल्लो समय नेपालमा इन्टरनेट सेवा खस्किएको बताउँदै चौतर्फि विरोध भइरहेको छ । इन्टरनेट सेवाप्रदायकहरु भने मौन छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले सबैभन्दा बढी भयानेट र वल्र्डलिंङ्क विरुद्ध उजुरी परेको बताए । ‘इन्टरनेट सेवामा बढी समस्या लकडाउनपछि नै आएको र प्राधिकरणको अनुगमन टोलिले सेवाप्रदायकको गुनासो अनुसारनै कम्पनीहरुको अनुगमन गरिरहेको छ’ ती अधिकारीले भने । उनका अनुसार भायानेट वल्र्डलिंकलाई लिखित रुपमै इन्टरनेट सेवाको गुणस्तर खस्किको बिषयलाई ध्यानाकर्षण गराउँदै पत्र पठाइएको छ ।
इन्टरनेट सेवाप्रदायकले लकडाउनमा बढी इन्टरनेट खपत भएको भन्दै मागलाई धान्न नसक्ने बताउँदै आएका थिए । प्राधिकरणले थप व्यान्डवीथ खरिद गर्न निर्देशन दिएर सेवालाई परिपूर्ति गरेको थियो । लकडाउनदेखि नै इन्टरनेट सेवाप्रदायक कम्पनीले गुणस्तर सुधार्न सकेका छैनन् ।
४ महिनादेखि इन्टरनेट सेवा सञ्चालनका लागी आवश्यक प्राविधिकहरु काठमाडौं बाहिर रहेको कारण पनि सेवा गुणस्तरीय हुन नसकेको इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।
‘कतिपय अवस्थामा सेवाप्रदायकहरुकको पनि कमजोरी हुँन सक्छ तर लामो दुरीका सवारी तथा हवाइ यातायात सञ्चालन नभएकै कारण प्राविधिकहरु काठमाडौं आउन पाउनुभएको छैन’ भट्टले भने ‘सीमित प्रविधिकले मात्र काम धानिरहेको कारण पनि यस्तो समस्या आएको हो’ ।
किन खस्किदै छ नेपाल इन्टरननेट सेवा ?
इन्टरनेटको गुणस्तरमा प्रश्न अहिले देखिमात्र हैन, विगत केही बर्षदेखि नै उठिरहेको छ । लकडाउनपछि इन्टरनेट नचलेको भन्दै चर्चाको बिषय बनेको छ । सेवाप्रदायक भने सीमिति क्षमताको इन्टरनेट प्रयोग गरेर धेरै डिभाइसमा कनेक्ट भएर इन्टरनेट गुणस्तरीय नहुने बताउँदै आएका छन् ।
हाल नेपालमा इन्टरनेट सेवाप्रदायक च्याउसरी नै दर्ता भइरहेका छन । तर नियामक निकायले यस बिषयमा निर्णय गर्न सकेको छैन् । उल्टै नयाँ आउने इन्टरनेट सेवाप्रदायकलाई धमाधम लाइसेन्स दिइरहेको छ । ठूला इन्टरनेट सेवाप्रदायक आफैले इन्टरनेट सेवाप्रदायकहरु मर्जर प्रक्रियमा जानुपर्ने बताइरहेका छन ।
हाल नेपाल दूरसञ्चार प्राधिकरणमा १२५ओटा इन्टरनेट सेवाप्रदायक कम्पनी दर्ता भएका छन । ती मध्य आधा भन्दा बढी सेवाप्रदायकको विवरण र सेवावारे दूरसञ्चार प्राधिकरणनै अवविज्ञ छ ।
ठूला एकाधिकार जमाएका सेवाप्रदायकले पनि माग अनुसारको व्यान्वीथ थप गर्न सकेका छैनन् । जसको कारण उपभोक्ता इन्टरनेट सेवाबाट हैरान भएका छन् ।