भिजन मिडिया इन्कर्पोरेसनले ‘स्टडी इन नेपाल क्याम्पियन’ नेपालभर सञ्चालन गर्दै आएको छ । यसमा नेपालका लागि मात्र हैन, विदेशका विद्यार्थीहरुलाई पनि यहाँ किन ल्याउन सकिदैन त भन्ने विषयमा अध्ययन गरिन्छ ।
पहिला–पहिला मेडिकल कोर्षका लागि श्रीलंका, मालदिभ्स र भुटानबाट नेपालमा पढ्न आउने गर्दथे तर अहिले त्यो अवस्था धेरै कम हुँदै गएको छ । त्यसका लागि नेपाललाई फेरि बलियो बनाउन छलफल र परामर्श गरिरहेका छौ“ । यो अभियानको सुरुआत सन् २०१४ बाट भएको हो ।
गत वर्ष उच्च शिक्षाको अध्ययन गर्ने विद्यार्थीहरु कोटाभन्दा कम थिए । काठमाडौँमा ८० प्रतिशत विद्यार्थीहरु हुन्छन् भने उपत्यकाबाहिरका धेरै कलेजहरु खाली नै हुन्छन् । तर, अहिले विश्वभर फैलिएको कोरोना भाइरसको कारण भने धेरै विद्यार्थीहरु प्रभावित हुन सक्छन् ।
उनीहरु विदेश जान तत्कालै सम्भव देखिँदैन भने कति त काठमाडौ“सम्म आउन पनि समस्या हुन सक्छ । भाइरसको संक्रमण सबै ठाउँमा फैलिएको कारण अबको शिक्षा भने आफ्नै ठाउँमा राम्रो हुनुपर्छ र त्यही लिने हो ।
अहिले शिक्षासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय (भर्चुअल) मार्फत हुने सम्मेलनमा आन्तरिक शिक्षाको विषयमा धेरै चर्चा हुने गरेको छ । आन्तरिक रुपमा शिक्षालाई बढावा दिनु नै अहिलेको सबभन्दा उत्तम विकल्प हो । आफ्ना छोराछोरी घरबाट टाढा नजाऊन् र उत्कृष्ट शिक्षा पाऊन् भन्ने उद्धेश्य सबै अभिभावकको हुन्छ । त्यसैले हामी अहिले नेपालमै उत्कृष्ट शिक्षा दिन सक्षम छौ“ भन्ने अभियान चलाइरहेका छौ“ ।
भिजन मिडियाले हरेक वर्ष एजुकेसन फेयरहरु गर्दै आएको छ । हरेक प्रदेशमा व्यवस्थापन, आइटी, इन्जिनियरिङ, सोसियल साइन्सको ब्याचलर र मास्टर्सका लागि के–के पढ्ने, सरकारबाट प्राप्त हुने छात्रवृत्ति कसरी लिन सकिन्छ र कक्षा १२ मा कस्ता–कस्ता विषय पढेकाहरुले आवेदन दिन सकिन्छ भनेर परामर्श दिनुका साथै निजी कलेजहरुले केको आधारमा छात्रवृत्ति दिन्छन् र सिटहरु कति हुन्छन् भन्नेबारे जानकारी दिइन्छ ।

अबको शिक्षाको ढा“चा पनि केही परिवर्तन हुन सक्छ । भाइरसले सिकाएको महङ्खवपूर्ण पाठ भनेको स्वास्थ्य नै हो । त्यसैले अब स्वास्थ्य शिक्षामा बढी जोड दिएर व्यावसायिकतालाई प्राथमिकता दिन आवश्यक छ ।
भिजन मिडियाले हरेक वर्ष एजुकेसन फेयरहरु गर्दै आएको छ । हरेक प्रदेशमा व्यवस्थापन, आइटी, इन्जिनियरिङ, सोसियल साइन्सको ब्याचलर र मास्टर्सका लागि के–के पढ्ने, सरकारबाट प्राप्त हुने छात्रवृत्ति कसरी लिन सकिन्छ र कक्षा १२ मा कस्ता–कस्ता विषय पढेकाहरुले आवेदन दिन सकिन्छ भनेर परामर्श दिनुका साथै निजी कलेजहरुले केको आधारमा छात्रवृत्ति दिन्छन् र सिटहरु कति हुन्छन् भन्नेबारे जानकारी दिइन्छ ।
गत वर्ष नेपालका कलेजहरुमा ५५ प्रतिशतभन्दा कम विद्यार्थीहरु उच्च शिक्षाका लागि भर्ना भएका थिए भने त्योभन्दा बढी विद्यार्थीहरु देशबाहिर गएका थिए । उनीहरु अध्ययनसँगै अवसरका लागि विदेशमा चर्को शुल्क तिरेर गएको पाइछ ।
अब हाम्रो अभियान भनेको विदेशमा मात्र हैन, नेपालमा पनि उत्कृष्ट शिक्षा लिन पाइन्छ र अवसर धेरै छन् भने वकालत गर्ने हो । कोरोना भाइरसपछि धेरै देशहरुले एजुकेसन भिसा होस् या कामदार भिसा सबैलाई कम गराउने देखिन्छ । यसको असर विश्वभरि परेको छ ।
कोरोना भाइरसको नियन्त्रणपछि नेपालमै पढ्नका लागि विभिन्न पाटोहरु निकाल्न जरुरी छ । त्यसका लागि हामीले क्याम्पियन गर्ने हो । कुन विषय पढ्दा के फाइदा हुन्छ र त्यसपछि रोजगारीका अवसर कस्ता छन् र हुन्छन् भन्ने विषयको जानकारी गराउ“दै आएका छौ“ ।