काठमाडौं । ठूला व्यापारीकै संग्लनतामा हुने जुत्ता/चप्पलको न्यून विजकीकरण कम हुँदै गएको पाईएको छ । सरकारले भन्सारमा कडाई गरेसँगै गत आर्थिक वर्षको ११ महिनामा न्यून मूल्याँङ्कनमा जुत्ता/चप्पल कम परिमाणमा भित्रिएको देखिएको हो । जुत्ता/चप्पल उद्योगीले भन्सारमा न्यून मूल्याङ्कन भएको भन्दै सरकारलाई नीतिमा पुनर्विचार गर्न बारम्बार ताकेता गर्दै आएका थिए ।
चुत्ता/चप्पल उद्योगीले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडलाई बुझाएको अध्ययन प्रतिवेदनमा अघिल्लो आव र गत आबमा एक सय रुपैयाँ भन्दा कम मूल्याङ्कनमा जुत्ता/चप्पल भित्रिने प्रतिशत घटेको छ ।
गत आर्थिक वर्षको ११ महिनामा एक सय रुपैयाँ भन्दा कम मूल्याङ्कनका ५ लाख ४६ हजार १ जोर अर्थात २.५३ प्रतिशत मात्रै जुत्ता/चप्पल नेपाल आयात भएको भन्सारको तथ्यांकमा देखिन्छ । गत वर्ष १ सय १ देखि २ सय मूल्याङ्कनमा सबैभन्दा बढी जुत्ता/चप्पल आयात भएको छ । यो मूल्याङ्कन अन्तर्गत ४९.५८ प्रतिशत अर्थात १ करोड ६ लाख ८६ हजार २ सय ५ जोर जुत्ता÷ चप्पल आयात भएको छ ।
त्यसैगरी २ सय १ देखि ४ सय मूल्याङ्कनमा ५० लाख २० हजार ६७ जोर जुत्ता/चप्पल नेपाल भित्रिएको छ । यो भनेको २३.२९ प्रतिशत हो । ४ सय १ रुपैयाँभन्दा बढी मूल्याङ्कनमा ५२ लाख ९९ हजार ९ सय ९१ जोर अर्थात २४.३९ प्रतिशत जुत्ता÷चप्पल आयात भएको छ ।
उद्योगीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा आयात भएको जुत्ता/चप्पल मात्रै वास्तविकतामा आधारित हो । त्यतिबेला व्यवसायीहरुले महँगो जुत्ता÷चप्पललाई कम मूल्याङ्कन गरेर नल्याई बास्तविक भन्सार तिरेर ल्याएको बताएका छन् । त्यो वर्ष जुत्ता÷चप्पलको भन्सार कम थियो र उनीहरुले वास्तविक मूल्य तिरेर ल्याएका थिए ।
तर, त्यसपछि सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्न भन्दै जुत्ता÷चप्पल आयातमा ३० प्रतिशत भन्सार पु¥याउने वित्तिकै नेपालका ठूला भनौदा उद्योगीहरुले नै बढी मूल्य पर्ने जुत्ता/चप्पललाई भन्सारमा कम मूल्याङ्कन गराएर आयात गरेको जुत्ता/चप्पल उद्योगीहरुको भनाई छ ।
आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा व्यापारीले एक सय भन्दा कम मूल्याङ्कनमा ठूलो मात्रामा सामान छुटाएको भन्सारकै तथ्यांकबाट देखिन्छ । १ सय रुपैयाँभन्दा कम मूल्याङ्कनमा सामान छिराउँदा ३० प्रतिशत भन्सार तिर्दा पनि व्यापारीलाई ठूलो फाइदा हुने भएपछि व्यापारीले सोही मूल्याङ्कनमा आयात गरेको उद्योगीहरुको दावी छ ।
४ सय रुपैयाँ पर्ने जुत्तालाई १ सय रुपैयाँ भन्दा कम मूल्याङ्कनमा नेपाल ल्याउँदा ३० रुपैयाँ मात्रै भन्सार तिरे भयो । तर, ४ सय रुपैयाँ मूल्याङ्कनमा नेपाल भित्र्याउँदा १ सय २० रुपैयाँ भन्सार तिर्नुपर्ने हुन्थ्यो । यसमा भन्सारमा बस्नेहरुको समेत मिलेमतो रहेको उद्योगीहरु बताउँछन् । ‘भन्सारका अधिकारीसँग नमिलि कम मूल्याङ्कनमा कुनै पनि बस्तु आयात हुन सक्दैन,’ एक उद्योगीले भने ।
जुत्ता चप्पल आयतमै अनिमितता भएपछि उद्योगीहरुले बारम्बार न्यून विजकीकरण रोक्न सरकारसँग माग गर्दै आएका थिए । तयसपछि सरकारले न्यून विजकीकरणमा कडाई गरेको थियो । जसको असर गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षको आयातको तथ्यांकमा देखिएको छ । तर, पनि अघिल्लो आवको तुलनामा गत आवमा एक सय रुपैयाँ भन्दा कम मूल्याङ्कनमा जुत्ता/चप्पल भित्र्याउने दर बढी छ । यसको अर्थ गत आवमा धेरै व्यापारीले एक सय भन्दा कम मूल्याङ्कनमा जुत्ता भित्र्याए भन्ने हो ।
पाँच वर्षमा जुत्ता/चप्पल आयातको अवस्था