काठमाडौं । लामो लकडाउनका कारण पर्यटन क्षेत्र निकै सिथिल भएको छ, करिब–करिब शून्य स्थिति जस्तै । अब फेरि यथास्थितिमा फर्किन निकै समय र सरकार र सम्वद्ध क्षेत्रको सहयोग अनिवार्य छ ।
अहिलेको स्थितिलाई चलायमान बनाउनका लागि बुद्ध होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएको छ । बुद्ध एयर, पोखरा तथा चितवनका होटलहरुको सहकार्यमा प्याकेज ल्याएको छ । बुद्ध होलिडेज बुद्ध एयरको भगिनी संस्था हो ।
अहिलेको परिस्थितिमा संक्रमणरहित यात्रा तथा पर्यटकीय प्याकेजका लागि बुद्ध होलिडेजले कोभिडविरुद्धका सुरक्षा निर्देशिका पनि तयार गरेको छ । यसलाई अक्षरसः पालना गर्दै यात्रु तथा पर्यटकलाई संक्रमणरहित घुमफिरका लागि बुद्ध होलिडेज अनुरोध गरेको छ ।
कोभिडविरुद्धका सुरक्षा निर्देशिका हाम्रा सहयोगी कम्पनीहरुले जारी गरि पूर्वअभ्यास पनि गरिसकेको छ । निर्देशिकाले जहाजदेखि, पर्यटक गाडी तथा होटेल, रेष्टुरेण्ट तथा त्यहाँ रहेको कामदारलाई पनि समेटेको होलिडेजका सिईओ आस्था बस्नेतको भनाई छ । ‘सुरक्षा निर्देशिकाको पालना गर्न गराउन हामी सम्वेदनशील रहेका छौं र यसको नियमित अन्तरालमा हामी स्वयंले अनुगमन गर्ने छौं’,उनले भनिन् ।
दुई रात तीन दिने पोखरा प्योकजको मूल्य ५ हजार ९९९ रहेको छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाई, बिहानको खाजा, पोखरा एयरपोर्टबाट होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ ।
यसैगरी, चितवनको पनि दुई रात तीन दिने प्योकजको मूल्य ७ हजार ९९९ रहेको छ । यसमा पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाई, बिहानको खाजा, चितवन एयरपोर्टबाट सौरहा होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ ।
यसको मुख्य उद्देश्य शुरुमा आन्तरिक पर्यटकलाई चलायमान तथा प्रवद्र्धन गरि हामी र हाम्रा सेवा सुरक्षित छन देखाई विदेशी पर्यटकलाई समेत भित्र्याउनु रहेको कम्पनीका सिइओ बस्नेतको भनाई छ । यो योजना सिमित अवधिभरका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।