काठमाडौं । लकडाउन खुलेसँगै पर्यटनलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ ३० जना सेफहरुले सात वटै प्रदेशलाई प्रतिनिधित्व गरी मौलिक खाना प्रर्दशन गरेका छन् । लकडाउनका कारण होटल तथा रेस्टुरेन्ट ब्यवसाय बन्द रहेपछि लामो समय घरमै थन्किएका सेफहरुले मौलीक खानाका नया स्वाद पस्कदै आन्तरिक तथा बाह्य पर्यटन प्रवदन गर्ने लक्ष्य लिएका हुन ।
ललितपुरको सातदोबाटो स्थित आएएचएम कलेजमा भएको नेपाली मौलीक खानाको प्रवर्दन कार्यक्रममा करिब ३० जना सेफहरुले देशका ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने बिभिन्न जातजातिका १३ ओटा रैथाने खानालाई तयारी गरि आकर्षक प्लेटिग गरेका थिए ।
सेफहरुले प्रदेश एक बाट राजबंशी समुदायको भक्का, शेर्पा समुदायको फाल्गी, प्रदेश २ बाट मधेशी समुदायको रैथाने खाना कटिया, राई समुदायको किनामा, प्रदेश ३ बाट नेवार समुदायको चटामरी, आलु, तामा र बोडी, त्यस्तै प्रदेश ४ बाट आलंखु र काटुङ्ग , प्रदेश ५ बाट ढकनी र कागुनोको खिर तथा ६ नम्बर प्रदेशबाट मार्सी चामलको भात र कोडोको ढिडो, ७ नम्बर प्रदेशको प्रतिनिधित्व रहने गरि रोटा र चटनीलाई प्लेटिङ्ग गरेका थिए ।
लकडाउनका कारण ग्रामिण पर्यटनमा परेको प्रत्यक्ष असर र त्यसमा पनि होमस्टे ब्यवसाय अझै केहि समय बन्दै रहने अवस्थाका बीच सेफहरुले मौलीक खानाको स्वादबाट उपभोक्तालाई आकर्षित गर्ने र यसले मौलीक खानाको पनि प्रवदर्शन हुने सम्बद्ध प्रक्षले बिश्वास लिएको छ ।
आइएचएम कलेजसंगको सहकार्यमा ्ग्लोबल नेप्लिज सेफ फेडेरेसनको आयोजना र हस्पीटालिटि गाइड्सले ब्यवस्थापन गरेको यस कार्यक्रममा नेपाल सरकार , तारागाउ बिकास समितिका होमस्टे प्रशिक्षक राम प्रसाद उपाध्यायले सहभागि सेफ प्रशिक्षकहरुलाई बदलिदो अवस्थामा होमस्टेको ब्यवस्थापन र सेफहरुले ब्यवसाय प्रवदर्शनमा खेल्नुपर्ने भुमिकाका बारेमा प्रशिक्षण दिएका थिए ।
प्राबिधिक शिक्षा तथा ब्यवसाहिक तालिम परिषद सीटीइभिटिका पाठ्यक्रम बिकास महाशाखाका निर्देशक मिस्टरकान्त मैनालीले नेपाली सेफ प्रशिक्षक र प्रशिक्षार्थी केन्द्रित रहदै नेपाली मौलीक खानाको बिषयमा छुट्टै पाठ्यक्रम निर्माण गरिरहेको बताए । बिज्ञहरुसंग अहीले राय सल्लाह लिने , अध्ययन, छलफल गर्ने र आवश्यक सहजिकरणको कार्यलाई सिटिइभिटिले प्राथामिकताका साथ अघि बढाइरहेको उनको भनाई छ ।
होमस्टे एसोसिएसन अफ नेपालका अध्यक्ष केशब बडालले मौलीक खानाको प्रर्वद्धनले मात्रै होमस्टे ब्यवसायलाई अहीलेको अवस्थाबाट उठाउन मद्धत पुग्ने विश्वास लिए । आइएचएम कलेजका फाउण्डर सुराच प्रसाईले नेपाली मौलीक खानाको प्रवर्दन राष्टियतासंग पनि जोडिएकाले यसतर्फ राज्यको ध्यान जान सके ग्रामीण पर्यटनको बिकास र बिस्तार तथा अन्तराष्टिय स्तरमै नेपाली खाना सस्कृति र पहिचानलाई स्थापित गर्न सकिने बताए ।
ग्लोबल नेप्लिज सेफ फेडेरेसनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले कोभिडले सबैपक्षको हातेपालो र सहकार्यले मात्रै धर्मराएको ग्रामिण पर्यटन माथि उठ्ने बताए ।