काठमाडाैं । गत साता नेपाल पुनर्बिमा कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई लाभांस वितरण नगर्ने निर्णय गरेको सूचना नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आयो ।
त्यसलाई अनलाईन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा लौ पुनर्बिमा कम्पनीले यो वर्ष लाभांस नदिने भनेर प्रचार गरियो । तर, पुनर्बिमा कम्पनी स्थापना हुँदा नै ५ वर्षसम्म लाभांस वितरण नगर्ने कुरालाई कसैले पनि पछ्याएन ।
लगानीकर्ताले सेयर छनौटमा अलिकति मात्र ध्यान दिने हो भने छोटो समयमै मनग्ये प्रतिफल प्राप्त गर्ने अवस्था सिर्जना हुन्छ । यद्यपी कुन कम्पनी र कुन समय भन्ने कुरा लगानीकर्ताकै अध्ययन र अनुसन्धानमा भर पर्छ । कसैले भनिदिएको वा लहैलहैमा लाग्दा त्यसले लगानीकर्तालाई जतिसुकै बेला डुबाउन सक्छ ।
यसको असर पुनर्बिमाको सेयर मूल्य ‘अब घट्ने भो’ बेच्नुपर्छ भनेर सामाजिक सञ्जाल भरियो । तर, आर्थिक वर्ष २०७५/७६ को लाभांस वितरण नभए पनि कम्पनी अझ बलियो हुने र आर्थिक वर्ष २०७६/७७ को कमाईबाट चालू वर्ष लाभांस वितरण हुने कुरामा कसैको पनि ध्यान गएन ।
पुनर्बिमा कम्पनीले सेयर विक्री गर्दा सार्वजनिक गरेको विवरणपत्रमा चालू वर्ष ५ प्रतिसत बोनस सेयर दिइने उल्लेख गरेको छ । अर्थात हाल १० अर्ब चुक्ता पुँजी रहेको पुनर्बिमा कम्पनीको २०७८ असारमा १० अर्व ५० करोड रुपैयाँ चुक्ता पुँजी हुने उल्लेख गरिएको छ ।
त्यसैगरि २०७९ असारमा चुक्ता पुँजी ११ अर्व २ करोड ५० लाख पुग्ने विवरणपत्रमा उल्लेख छ । यसले पनि चालू वर्ष पुनर्बिमा कम्पनीले सेयरधनीलाई लाभांस दिन्छ भन्ने कुरा प्रस्ट पार्छ । तर, फेरी पनि लाभांस दिने÷नदिने कुरा सञ्चालक समिति र नियामक बिमा समितिले तात्कालीन र दीर्घकालीन बस्तुस्थिति अध्ययन गरेर गरिने निर्णय हो ।
– गत साता नै होटलहरुको सेयर मूल्यमा उछाल आएको छ । पुँजीकरणका आधारमा होटल समूहको सेयर बजारमा हिस्सा १.३ प्रतिसत छ । यसले सूचकलाई खासै ठूलो दबाब सिर्जना गर्दैन । कोरोना भाईरस (कोभिड–१९)ले सबैभन्दा बढी प्रभावित भएको र छिटै सहज हुन नसक्ने अवस्थामा भएको क्षेत्रका रुपमा रहेको होटलहरुको मूल्यमा एकाएक चमक आउँदा सबैको ध्यान तानिएको हो । लगानीकर्ताहरुले सोचविचार गरिकन लगानी गरेकै होलान् भन्ने अनुमान गर्न सकिन्छ ।
सेयर बजारमा कुनै पनि कम्पनीको मूल्य घटाउने र बढाउने प्रबृत्तिमा अझै पनि सीमित समूह र लगानीकर्ता हात छ भन्ने आशंकाहरु दुर भएका छैनन् । नियामकले पनि विश्वसनीय आधारमा चलखेल भएको छैन भनेर भन्न सकेको छैन । यस्तो स्थितिमा लगानीकर्ता नै सचेत भएर लगानी गर्ने हो ।
– केही समय यता बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच द्धन्द्ध बढेका छन् । कोरोना कहरले अप्ठ्यारोमा रहेको वि त्तीय क्षेत्रमा नाफा बढाउन सञ्चालक समितिको व्यवस्थापनलाई दबाब रहने र व्यवस्थापनले त्यहाँबाट विदा लिने अवस्था पनि सिर्जना भएको छ । सनराइज बैंकमा राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । उता, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुवँर क्षेत्रीले ७ महिनामै विदा लिएका छन् भने महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारीले आफ्नो कार्यकाल १६ महिना बाँकी हुँदै बाहिरिएका छन् ।
यसको संकेत के हो भने सञ्चालकले छिटो नाफा कमाउन दबाब दिने र सिइओहरु त्यसलाई स्वीकार नगर्ने अवस्था सिर्जना भएको छ । आगामी दिनमा यस्ता घट्ना अझ धेरै आउनेछन् । किनभने सबै क्षेत्रको व्यवसाय संकुचित छ । समग्र अर्थतन्त्र नै संकुचित रहेका बेला वित्तीय क्षेत्र मात्रै राम्रो बन्ने सम्भावना हुँदैन । अझ मौद्रिक नीतिले ऋणको सीमा बढाएर हरित कर्जामा परिणत गर्ने व्यवस्थाले आगामी दिनमा धेरै ऋण संकटमा पर्ने र त्यसको असर बैक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा आउने छ ।
खराव वित्तीय विवरण आउनु भनेको लगानीकर्ताको प्रतिफल गुम्ने र सिधै सेयर मूल्यलाई धक्का दिने हो । यसतर्फ पनि लगानीकर्ता सधैं सचेत हुनैपर्छ ।
निरन्तर बजारमा भईरहेको उतारचढाव र बजार घट्ने क्रम जारी रहेका बेला बजार बढेपनि लगानीकर्तामा आत्मविश्वास पलाउन नसकेको यथार्थको स्थिति हो अहिले । अर्थात् लगानीकर्तामा अझै बजार घट्छ कि भन्ने मनोबैज्ञानिक त्रास कायमै छ । खासगरि कोरोना भाईरसले निम्त्याएको बन्दाबन्दी (लकडाउन) खुलेसँगै अर्थतन्त्रका अवयवहरु विस्तारै चलायनमान भईरहेको छ ।
यदाकदा कोरोना भाईरस समुदायस्तरमा फैलिएको भनेर टिकाटिप्पणीहरु पनि भईरहेका छन् । भाईरस समुदायस्तरमा फैलियो भने भोली झनै कठिन अवस्था आउने सम्भावनाबाहेक तत्कालका लागि कोरोनाकै कारण अब अर्थतन्त्रका अवयवहरु खुम्चिने आधार देखिएको छैन । त्यसले सबै क्षेत्र र व्यवसाय विस्तारमा सहजता ल्याउने नै छ । यद्यपी पर्यटन क्षेत्रसँग सम्वन्धि व्यवसायहरु सहज ढंगले अघि बढ्न भने समय लाग्ने निश्चित छ ।
सेयर बजारका लगानीकर्ताहरुलाई अहिले लगानीको उपयुक्त अवसर किनपनि छ भने बैंक व्याजदर न्यून विन्दुमा आईपुगेको छ । अधिकांस वाणिज्य बैंकहरुले एकल विन्दुको सीमाभित्र ऋणको व्याजदर ल्याएका छन् र सेयर धितोमा कर्जाका लागि अब्हन गरिरहेका छन् । अन्य क्षेत्रले नफस्टाएको वर्तमान परिस्थितिमा सेयर बजारमा कर्जा सहज उपलब्ध हुनसक्छ ।
खराव वित्तीय विवरण आउनु भनेको लगानीकर्ताको प्रतिफल गुम्ने र सिधै सेयर मूल्यलाई धक्का दिने हो । यसतर्फ पनि लगानीकर्ता सधैं सचेत हुनैपर्छ ।
नेपाल राष्ट्र बैंकले पनि सेयर लगानीकर्तालाई लक्षित गरि सेयर धितोको औसत १८० दिनलाई घटाएर १२० दिन, सेयर धितो मूल्यांकको सीमा ६५ प्रतिसतबाट बढाएर ७० प्रतिसत, नगद लाभांस वितरणमा केही कडाई गरेको छ । यसले चालू वर्ष बैंक तथा वित्तीय संस्थाहरुले बोनस सेयरमा जोड दिने छन् ।
बोनस सेयर अधिकांस लगानीकर्ताको रोजाईमा पर्ने गरेको पनि पाईन्छ । अहिले पनि सेयर बजारमा बैंकिङ समूहकै बर्चस्व छ । पुँजीकरणका आधारमा बैंक तथा वित्तीय संस्था (लघुवित्तसमेत)को ६५.८ प्रतिसत हिस्सा छ । त्यसैले यो क्षेत्रमा आउने नीतिगत परिवर्तनले सेयर बजारलाई अधिक प्रभाव पार्छ नै ।
विगत केही दिनदेखीको सेयर कारोवारको अवस्था र धेरै लगानीकर्ता तथा कथित विशेषज्ञहरुको मनोभाव छोटो समयमा तिब्र रुपम बजार बढ्छ भन्ने अनुमान छ । यस्ता अनुमान गरिँदा त्यसअनुरुप बजारले गति लिएन भने लगानीकर्तामा मनोबैज्ञानिक त्रास सिर्जना हुन्छ र बजारले उल्टो गति समाउँछ ।
बजार अनावश्यक रुपमा धेरै माथी जाने आधार बनिसकेको छैन । अझै पनि अर्थतन्त्रका सबै अवयवहरु चुस्त÷दुरुस्त रुपमा चलायमान भईसकेका छन् । भर्खरै हरेक क्षेत्र बौराउन खोजेको छ । यस्तो बेला सेयर बजारले अनावश्यक उछाल लिँदा त्यसबाट धेरै लगानीकर्ता प्रताडित हुने सम्भावना रहन्छ । बजार प्राकृतिक रुपमा विस्तारै अघि बढेकै राम्रो हुन्छ र त्यसले नै लगानीकर्ताको हित गर्छ ।
यस्तो बेला लगानीकर्ताले सेयर छनौटमा अलिकति मात्र ध्यान दिने हो भने छोटो समयमै मनग्ये प्रतिफल प्राप्त गर्ने अवस्था सिर्जना हुन्छ । यद्यपी कुन कम्पनी र कुन समय भन्ने कुरा लगानीकर्ताकै अध्ययन र अनुसन्धानमा भर पर्छ । कसैले भनिदिएको वा लहैलहैमा लाग्दा त्यसले लगानीकर्तालाई जतिसुकै बेला डुबाउन सक्छ ।
पुनर्बिमा कम्पनीले सेयर विक्री गर्दा सार्वजनिक गरेको विवरणपत्रमा चालू वर्ष ५ प्रतिसत बोनस सेयर दिइने उल्लेख गरेको छ । अर्थात हाल १० अर्ब चुक्ता पुँजी रहेको पुनर्बिमा कम्पनीको २०७८ असारमा १० अर्व ५० करोड रुपैयाँ चुक्ता पुँजी हुने उल्लेख गरिएको छ ।
लगानीकतर्ताले कथित विश्लेषक र सञ्चारमाध्यमको भर नपरी स्वविश्लेषण गरि मन दरिलो बनाएर लगानी गर्ने र बहुमूल्य सेयरलाई हतास मानसिकतामा कौडीको भाउमा नबेच्ने रणनीति अंगाल्ने हो भने बजारले स्थिरता प्राप्त गर्नुका साथै आशातित् प्रतिफल पनि प्राप्त गर्छन् । लगानीकर्ता सचेत रहेर कारोबार गरे सरकारलाई धारे हात लगाएर गाली गर्नु पर्दैन कि ?