ब्लुमवर्ग । भारतका मुकेश अम्बानी विश्वका सर्वाधिक ५ औं धनी व्यक्ति भएका छन । स्टेभ बालमेसलाई पछि पार्दे अम्बानी विश्वकै ५ औं धनी भएका हुन ।
मुकेशको सम्पत्ति बढेर ७७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ । ६३ वर्षिय अम्बानीको सम्पत्ति सन २०२० सुरु भएयता हालसम्म १८ अर्ब ८० करोड डलर बढेको छ ।
मुकेश भर्सेस अनिलः एकजना एशियाली धनी बन्दा अर्को किन बैंक्रप्ट भए ?
गत महिना मात्र मुकेश विश्वका १० औं सर्वाधिक धनीको सूचीमा उक्लिएका थिए । दुई महिनाअघि सेयरवादसाह वारेन वफेटलाई पछि पार्दै उनी ७ औं स्थानमा आएको थिए ।
रिलायन्स इन्डष्ट्रिजका कार्यकारी अध्यक्ष अम्बानीलाई ब्लुवर्गले गत जनवरीमा विश्वको सर्वाधिक नवौं धनीको सूचिमा राखेको थियो । मुकेशको कम्पनीको सेयर मूल्य १३५ प्रतिशतले बढेको थियो ।
मार्चमा कम भएको थियो । फेसवुक इंक, सिल्भरलेक, बीपी पिएसीले सेयर खरिद गरेपछि उनको सम्पत्ति बढेको हो । अमेरिकी कम्पनी अमेजनले डकटम इंकले रिलायन्सको खुद्रा व्यापार विभागमा लगानी गर्ने भएको छ ।
उनले अहिले टेस्ला मोटर कम्पनीका इल्सन मस्क, गुगल इंकका सहसंस्थापक सरगेइ ब्रिन र ल्यारी पेजलाई पछि पारेका छन ।
विश्वको दोस्रो धनी टेन्सेन्ट होल्डिङ्गसका सहसंस्थापक पोनी मा अहिले चिप्लिएर १८ औं स्थानमा झरेका छन । अर्बपतिको सूचिकृत विश्वका ५०० व्यक्ति मध्ये एसियाका धनाढ्यको संख्या १८ प्रतिशत बढेको छ ।