काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता/ब्याज उठाउन सकेका छैनन् । बैंकहरुले उठाउने किस्ता/ब्याज अघिल्लो बर्षको भन्दा साढे ४ गुणाले बढि हो । अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ११ अर्ब ४७ करोड रुपैयाँ किस्ता तथा ब्याज उठाउन बाँकी थियो ।
विश्वव्यापाी कोरोना महामारीको असरमा फसेका नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षमा विभिन्न प्रलोभन र त्रास देखाएर ऋण असुलीलाई तीब्रता दिएका थिए । तर, आर्थिक वर्ष सकिँदा ठूलो हिस्सा किस्ता/ब्याज उठाउन बाँकी देखिएको छ ।
यद्यपि, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असारमा उठाउनुपर्ने किस्ता र ब्याज असोजसम्म उठाए पनि गत वर्षकै हिसावमा देखाउन पाउने व्यवस्था गरिदिएको छ । तर, यस सम्बधी निर्देशन भने आइसकेको छैन ।
गत वर्षसम्म साउन १५ सम्म उठाएको किस्ता र ब्याजलाई अघिल्लो वर्षको हिसावमा देखाउन पाइन्थ्यो । राष्ट्र बैंकले कोरोना कहरबाट बैंक तथा वित्तीय संस्थालाई बचाउन भन्दै असोज सम्मको समय थपिदिएको छ । यस अघि राष्ट्र बैंकले नै चैतको किस्ता तिर्ने समय थपेर असारसम्म पुर्याएको थियो । राष्ट्र बैंकले असार अघि नै ऋणको किस्ता÷ब्याज उठाउन दबाब दिने उद्देश्यले मौद्रिक नीति नै साउनमा ल्याएको थियो ।
याे पनि पढ्नुहाेस,नियामकको मौनतापछि व्यवसायीमाथि हाबी भए बैंकर, असारमा ब्याज नतिरे कालोसूचीमा राख्ने धम्की
असारमा केन्द्रीय बैंकको कुनै निर्देशन नआएपछि बैंकहरुले ऋणीलाई अनावश्यक दबाब र त्रासमा राखेर र विभिन्न हत्कन्डा अपनाएर ऋण असुली गरेका थिए । साथै उनीहरुले ऋणीको कुल ऋणको १० प्रतिशत थप ऋण दिएर भए पनि आफ्नो किस्ता र ब्याज असुली गरेका थिए । तथापि, अघिल्लो वर्षको जस्तो किस्ता र ब्याज उठ्न सकेन ।
केन्द्रीय बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार सरकारी बैंकको सबैभन्दा बढी किस्ता/ब्याज उठाउन बाँकी देखिएको छ । नेपाल बैंक ६ अर्ब १४ करोड रुपैयाँ उठान बाँकी छ । अघिल्लो आर्थिक वर्षमा नेपाल बैंकको २५ करोड रुपैयाँ मात्रै उठाउन बाँकी थियो । प्रतिशतका आधारमा नेपाल बैंकको बढी भए पनि रकमका आधारमा राष्ट्रिय वाणिज्य बैंकको बढी छ । राष्ट्रिय वाणिज्य बैंकले गत आवमा १३ अर्ब १८ करोड रुपैयाँ उठाउँन बाँकी छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८३ करोड रुपैयाँ उठाउन बाँकी थियो ।
त्यसैगरी, गत आवमा एनसीसी बैंकले २ अर्ब ३७ करोड रुपैयाँ उठाउन बाँकी छ । अघिल्लो आर्थिक वर्ष १५ करोड रुपैयाँ मात्रै उठाउन बाँकी थियो । त्यसैगरी, बैंक अफ काठमाडूले पनि गत आर्थिक वर्षमा १ अर्ब ९ करोड रुपैयाँ उठाउन सकेन । अघिल्लो आर्थिक बर्षमा बैंकले १२ करोड रुपैयाँ मात्रै उठाउन सकेको थिएन ।
याे पनि पढ्नुहाेस, चैतको साँवा ब्याज नतिर्ने ऋणी डिफल्टर, पूरै ऋण तिराउने बैंकहरुको दाउ
त्यसैगरी, गत आवमा अधिकतम किस्ता तथा ब्याज उठाउन सफल बैंकमा नेपाल एसबीआई बैंक परेको छ । गत आवमा बैंकले ३० करोड रुपैयाँ मात्रै उठाउन सकेन । अघिल्लो आवमा २१ उठाउन सकेको थिएन । त्यसैगरी, दोस्रो नम्बरमा नबिल बैंक परेको छ । नबिलले गत आर्थिक वर्षमा १ अर्ब १५ करोड रुपैयाँ मात्रै उठाउन सकेन । अघिल्लो आर्थिक वर्षमा ७४ करोड रुपैयाँ उठाउन सकेको थिएन । तेसो नम्बरमा स्ट्याण्डर्ड चार्डर्ड बैंक परेको छ । सो बैंकले गत आवमा ४४ करोड रुपैयाँ मात्रै उठाउन सकेन । अघिल्लो आर्थिक वर्षमा २७ करोड रुपैयाँ उठाउन बाँकी थियो ।
त्यसैगरी, चोथो नम्बरमा सिभिल बैंक परेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७ करोड रुपैयाँ उठाउन सकेन । अघिल्लो आवमा ६४ करोड रुपैयाँ उठेको थिएन ।
पाँच नम्बरमा एनआईसी एसिया बैंक परेको छ । बैंकले ९१ करोड रुपैयाँ मात्रै उठाउन सकेन । अघिल्लो आर्थिक वर्षमा ५३ करोड रुपैयाँ उठाउन सकेको थिएन ।
याे पनि पढ्नुहाेस, नियामकले बैंकहरुलाई भन्यो ‘ऋणीलाई ऋण तिर्न अनावश्यक दबाब नदिनुस्,’
त्यसैगरी, कृषि विकास बैंकले १ अर्ब ९० करोड रुपैयाँ उठाउन सकेन । अघिल्लो आवमा २८ करोड रुपैयाँ उठान सकेको थिएन । सेञ्चुरी बैंकले ९० करोड रुपैयाँ उठाउन सकेन । अघिल्लो आवमा २३ करोड रुपैयाँ उठाउन सकेको थिएन । सिटिजन्स् बैंक इन्टरनेसनलले १ अर्ब ३७ करोड रुपैयाँ उठाउन सकेन । अघिल्लो आवमा २६ करोड रुपैयाँ मात्रै उठाउन सकेको थिएन ।
एभरेष्ट बैंक लिमिटेडले ८२ करोड रुपैयाँ उठाउन सकेन । अघिल्लो आवमा २३ करोड रुपैयाँ उठेको थिएन । त्यसैगरी, ग्लोवल आइएमई बैंकले १ अर्ब ९० करोड रुपैयाँ उठाउन सकेन । अघिल्लो आवमा २७ करोड रुपैयाँ मात्रै उठाउन सकेको थिएन ।
हिमालयन बैंकले १ अर्ब २९ करोड रुपैयाँ उठाउन सकेन । अघिल्लो आवमा ७२ करोड रुपैयाँ मात्रै उठाउन सकेको थिएन । कुमारी बंैकले १ अर्ब ४० करोड रुपैयाँ उठाउन सकेन । अघिल्लो आवमा ३३ करोड रुपैयाँ मात्रै बाँकी थियो ।
लक्ष्मी बैंकले ८० करोड रुपैयाँ उठाउन सकेन । अघिल्लो आवमा २५ करोड रुपैयाँ मात्रै बाँकी थियो । माछापुच्छ्रे बैंकले ९३ करोड रुपैयाँ उठाउन सकेन । अघिल्लो आवमा २३ करोड रुपैयाँ बाँकी थियो । मेगा बैंकले १ अर्ब ४५ करोड रुपैयाँ उठाउन सकेन । अघिल्लो आवमा २८ करोड रुपैयाँ मात्रै बाँकी थियो । नेपाल बंगलादेश बैंकको १ अर्ब २० करोड रुपैयाँ उठ्न बाँकी छ । अघिल्लो आवमा २१ करोड रुपैयाँ बाँकी थियो । एनएमबी बैंकको १ अर्ब ७२ करोड रुपैयाँ उठ्न बाँकी छ । अघिल्लो आवमा ६१ करोड रुपैयाँ मात्रै बाँकी थियो ।
याे पनि पढ्नुहाेस, ऋणीलाई फकाएर ऋण उठाउन बैंकद्वारा सर्कुलर, बैंकर्स संघले गठन गर्यो गुनासो सुनुवाई समिति
प्रभु बैंकको २ अर्ब रुपैयाँ उठ्न बाँकी छ । अघिल्लो आवमा १ अर्ब ३ करोड रुपैयाँ बाँकी छ । प्राइम बैंकको १ अर्ब ३७ करोड रुपैयाँ बाँकी छ । अघिल्लो आवमा ३८ करोड रुपैयाँ मात्रै बाँकी थियो ।
सानीमा बैंकको १ अर्ब २४ करोड रुपैयाँ बाँकी छ । अघिल्लो आवमा ६१ करोड रुपैयाँ बाँकी थियो । सिद्धार्थ बैंक लिमिटेडको १ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी छ । अघिल्लो आवमा ४२ करोड रुपैयाँ मात्रै उठ्न बाँकी थियो । र सनराइज बैंकको १ अर्ब ८ करोड रुपैयाँ उठ्न बाँकी छ । अघिल्लो आवमा ४१ करोड रुपैयाँ थियो ।
याे पनि पढ्नुहाेस, सीसीडी अनुपात बढ्दा वित्तीय बजारमा २ खर्ब तरलता, व्याजदर अझै घट्ने