काठमाडौं । महंगी नियन्त्रण र कालोबजारी अन्त्य गर्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा प्रायः छुटाउँदैनन् । त्यतिमात्रै होइन्, कृषि उत्पादनमा जोड दिँदै वास्तविक किसानले मुल्य पाउने र उपभोक्ताले गुणस्तरीय र सस्तो मुल्यमा वस्तु तथा सेवा उपलव्ध गराउने सरकारको नीति नै रहेको छ ।
तर, सरकारको भनाई र काम गराइ आपसमा विवादास्पद जस्तै देखिँदै आएका छन् । मुल्य नपाएर कहिले सडकमा दुध पोख्नुपर्ने, कहिले तरकारी खेतीमा डोजर चलाउनुपर्ने र कुखुराका चल्ला र अण्डा नष्ट गर्नुपर्ने नियति छँदैछ ।
जब देशमा संकट आइलाग्छ, त्यो बेला उपभोक्ता चर्को मुल्य तिर्ने, वस्तु नपाउने र गुणस्तरीय नपाउने समस्या विकराल रुपमा देखिन थालेको छ । यसले उपभोक्ता ठगिने र र व्यापारीको राज नै हुने गरेको छ ।
पछिल्लो पटकका उदाहरणले पनि यस्तै पुष्टि गरिरहेको छ । गत २०७६ चैत ११ गतेपछि मुलुक विश्वव्यापी महामारी कोरोना भाइरस नियन्त्रणका लागि बन्दाबन्दी(लकडाउन) को अवस्था रह्यो । त्यसपछि बजारमा अधिकांश वस्तुको मुल्य वृद्दि भयाे भने केही व्यापारीले वस्तुकाे ‘सर्टेज’ नै गराएर बढी मुल्यमा बिक्रि गरे ।
त्यतिवेला खासगरी मास्क, स्यानिटाइजर र औषधीजन्य वस्तुको आपूर्ति र मुल्य वृद्धिको समस्या देखियो । ५ रुपैयाँ पर्ने सर्जिकल मास्कको मुल्य व्यापारीले बेला ३० देखि १०० रुपैयाँसम्म असुले । र, अहिले पनि असुलिइरहेका छन् ।
त्यस्तै, व्यापारीले स्यानिटाइजरको मुल्य अस्वभाविक लिन थालेपछि उपभाेक्ता ठगिए । पछि, खाद्य व्यवस्था तथा व्यापारक कम्पनीले अनलाइन डेलिभरीमार्फत विक्रियोग्य वस्तुको रुपमा समेट्यो ।
केही जिल्लामा औषधीजन्य वस्तुको पनि अभाव रह्यो भने केही अस्पतालले मौका छोपेर बढी मुल्यमै औषधी बेचे । स्वदेशमा भएकाे औषधी प्रयाेग भएन्, विदेशबाट औषधी ल्याएकाे भन्दै औषधी व्यवसायीहरूले अान्दाेलनै गर्नुपर्याे । उनीहरूले माग बाहिरबाट औषधी ल्याउन नहुने थियाे ।
यता, खाद्य वस्तुको आपूर्ति सहज नै भए पनि व्यापारीले आफुखुसी मुल्य बढाएर सामान बेच्दा उपभोक्तालाई पर्नुसम्मको मार पर्यो । त्यो अनुभव स्वंयम उपभोक्ताकर्मीहरुले नै भाेगिरहेकाे स्वीकार्छन् ।
यता, लकडाउन केही खुकुलो भएर बजार खुल्न थालेयता बजारमा अधिकांश वस्तुको मुल्य बढ्न थाल्यो । उपभोग्य वस्तु देखि तरकारी, फलफुल, कुखुराको मासु, अण्डा, मास्क तथा स्यानिटाइजरको मुल्य अहिले बजारमा बढेको छ ।
लकडाउनकै अवधिमा ३४० रुपैंया प्रतिकेजी कुखुराको मासु बजार खुलेयता ४०० रुपैयाँ नाघिसकेको छ । कुखुराको मासु अझै बढेर ५०० सम्म पुग्न सक्ने डिल्लीबजारस्थित एक फ्रेस फाउसका सञ्चालकले बताए । एकमहिना अघि प्रतिक्रेट ३२० पर्ने अण्डाको मुल्य ४०० देखि ४२० रुपैयाँ सम्म पुगेको छ ।
अहिले विभिन्न पसलमा पुरानो मुल्यसुचीअनुसार वस्तु तथा सेवाको विक्रि हुँदैन् । व्यापारीले लकडाउनले बस्तु बजारमा नआएको भन्दै मुल्य बढेको बाहना बनाएर कृत्रिम मुल्यसुची राखेका छन् । खासगरी जुस पसल, रेष्टुरेन्ट तथा खाजा पसल, चिया तथा कफी सपहरुमा पनि मुल्यसुचीभन्दा बढी मुल्य राखिने गरिएको छ । बसुन्धारास्थित एक जुस पसलमा आँपको जुसलाई ८० रुपैयाँ मुल्यसुची राखिएको थियो । मुल्यसुचीमा राखिएको ८० रुपैयाँलाई केरमेट गरी १०० रुपैयाँ लेखिएको थियो ।
यति मात्र होइन्, दुध, पानी, खानेतेल लगायतका वस्तुको मुल्यमा व्यापारीको राज नै चल्यो । कोभिड मात्र नभएर अहिले बर्खायाम सुरु भएको छ । बाढी, पहिरो र डुवानको कारण खाद्य वस्तु, तरकारी तथा फलफुलजन्य वस्तुको ढुवानी तथा आपूर्तिमा समस्या आइ मुल्य बढ्ने निश्चित छ । अहिले बजारमा चाऊचाऊको मुल्य केही बढाइएको छ । चाऊचाऊको तौल बढेको भन्दै व्यापारीले मुल्य पनि वृद्धि गरेका छन् ।
मानौं, हालै वाइवाईको ७५ ग्रामको चाऊचाऊको मुल्य २० रुपैयाँ पथ्र्यो । तर, अहिले २५ ग्राम तौल बढेर १०० ग्रामको चाऊचाऊको मुल्य २५ रुपैयाँ बनाइएको छ । तर, केही खुद्रा व्यापारीले भने ७५ ग्रामकै चाऊचाऊलाई २५ रुपैयाँ पनि लिने गरेको उपभोक्ताको गुनासो छ ।
यता, लकडाउनकै बीचमा प्रशासनकै सेटिङ मिलाएर केही यातायात व्यापारीले यात्रुसँग चर्को भाडा असुलेर फाइदा लिए । यसमा यातायात व्यवसायी र सरकारकै मिलेमतोका कारण यात्रु मर्कामा परे ।
संकटका परे सरकारले नै नागरिकलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने व्यवस्था गर्नुपर्नेमा उल्टै व्यापारीसँग मिलेर सरकारले नै कालोबजारी गरेको उपभोक्ताकर्मीको आरोप छ । तर, लकडाउनकै बेला हुने यस्ता गतिविधि प्रति सरकार बेखबर जस्तै बनेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
‘संकटका बेला हुने गतिविधिलाई निरुत्साहित गर्न बजार अनुगमनलाइ अझ शसक्त बनाउनुपर्ने थियो । तर, नियमनकारी निकायले बजार अनुगमन नगर्दा विपत्तीका बेला उपभोक्ता ठगिँने र व्यापारीले मौका छोपेर कमाउने मौका पाए’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तथा उपभोक्ताकर्मी माधव तिमल्सिना भन्छन, ‘अहिले पनि सरकार महंगी नियन्त्रण र कालोबजारी रोक्न चुकेको छ ।’
अनुगमनकारी निकाय वाणिज्य विभागले सवै दिन सवै वस्तुको अनुगमन गर्न नसक्ने भन्दै सुचना, गुनासो र उजुरी आएपछि तत्काल अनुगमन गरिएको बताउँछ ।
‘हामीहरुले अनुगमन गरिरहेका छौं । त्यसमा कसैले शंका गर्नु पर्दैन् । सवै दिन सवै वस्तुको अनुममन हुन सक्दैन । कतिपय कुरा सुचना पाएपछि त्यस हिसावले नै अनुगमन गर्छौ ।’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, ‘पछिल्लो ३/४ दिनयता पानी उद्योगमा अनुगमन गरिरहेका छौं । दूधमा पनि अनुगमन गर्दैछौं । र, पछिल्लो पटक चाऊचाऊमा पनि मुल्य बढेको गुनासो छ । त्यसको अनुगमन गदैर्छौ ।’
उनले मुल्यसुचीभन्दा बढी लिइएको भए अनुगमन गरी कारबाही गरिने सुवेदीले बताए ।