काठमाडौं । सरकारले छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरे पनि लामो दूरीमा चल्ने सवारी चलाउने बारे अझै निर्णय हुन सकेको छैन् ।
यातायात व्यवसायीले लामोदूरीमा चल्ने सवारी सञ्चालन गर्न दिनुपर्ने माग राख्दै आएका छन् । तर, सार्वजनिक यातायातमा कोरोना भाइरसको जोखिम उच्च हुने भन्दै लामो दूरीको सवारी सञ्चालनबारे कुनै प्रतिक्रिया वा निर्णय भएको छैन् ।
सरकारले छोटो दुरीमा चल्ने सावारी सञ्चालन गर्न दिने निर्णय एक हप्ता अगाबै गरे पनि यातायात व्यवसायीले विभिन्न माग राख्दै उपत्यका भित्र पनि गाडी सञ्चालनमा अवरोध सिर्जन गर्दै आएका थिए । अब भने अगामी बुधबारबाट सञ्चालन गर्ने तयारी थालेका हुन् । अहिले काठमाडौं उपत्यकमा सीमित कम्पनीले मात्र सरकारले तोकेको मापदण्ड अनुसार यात्रुलाई सेवा दिइरहेकका छन् ।
लामो दुरीका कतिपय जिल्लाहरुमा पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएका छन् । व्यवसायीको माग अनुसार लामोदूरीमा सर्वाजनिक यातायात सञ्चालन गर्न नसकिने सरकारी अधिकारीहरुनै बताउँछन् भने सर्वसाधारणलाई सरकारले नै सार्वजनिक यातायातको प्रयोग नगर्न अग्रह गर्दै आएको छ । यस्तो जोखिमको प्रवाह नगरी सरकारले कसरी लामोदूरीमा सवारीसाधन सञ्चालन अनुमति देला भन्ने प्रश्न उठ्छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले लामो दुरीमा सार्वजनिक यातायात सञ्चालन गर्न कुनै ठोस कदम नचालेको बताए । उनका अनुसार व्यवसायीहरुले माग राखे पनि यस बिषय मन्त्रीसँग छलफलकै क्रममा रहेको छ । ‘छोटो दूरीमै त सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायात सञ्चालन भएका छैनन् भने लामो दुरीमा गाडी सञ्चालन अनुमति दिएपछि व्यवसायीले कसरी सुरक्षा मापदण्ड अपनाउलान ?’ हमालले भने ‘सुरक्षाको हिसाबमा पनि लामो दुरीमा सवारीसञ्चालन तत्काल हुन सक्दैन्’ ।
केहिदिन अघिदेखि सञ्चालन भएका केही यातायात कम्पनी तथा यातायातहरुले सरकारले तोके अनुसारको सुरक्षा मापदण्ड अपनाएका छैनन् । भने अर्कोतर्फ यात्रुसमेत सरकारले तोकेको सिट क्षमता भन्दा बढी हालेर सञ्चालन गरिरहेका छन् । सरकारले लामोदूरीका सार्वजनिक यातायात पनि सञ्चालन गर्न दिने निर्णय गर्यो भने तराई लगायतका अन्य कोरोना जोखिम जिल्लाबाट उपत्यका भित्रने मानिसको चाँप बढ्ने र कोरोना संक्रमणको दर बढ्दे सम्भावन बढी हुन्छ ।
के भन्छन यातायात व्यवसायी ?
सरकारले लकडाउनमा गत हप्ता अति प्रभावित भएको क्षेत्र भन्दै छोटो दूरीका सार्वजनिक यातायात चलाउन दिने निर्णय गरे पनि केहि दिन पछि सञ्चालन गर्ने निर्णय गरेका छन् । छोटो दुरीसँगै व्यवसायी लामो दुरीमा चल्ने सार्वजनिक यातायात सञ्चालन गर्ने बताइरहे पनि सरकारले यस बिषयमा ठोष निर्णय गरिसकेको छैन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कमार्चायले सात गतेसम्म लकडाउन नै तोकेको कारण सरकारको निर्णय पालना गरेको र त्यसपछि सबै खालका सार्वजनिक सञ्चालन हुने जानकारी दिए ।
‘सरकारले मन्त्रीपरिषद्को निर्णयबाट छोटो दूरीका सवारीसाधन मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ तर हामी छोटा, मध्यम र लामो भनेर पर्खेर बस्दैनौं’ गौचनले भने ‘अब ८ गतेबाट देशैभर सार्वजनिक यातायात सञ्चलन हुन्छ’ । उनका अनुसार सरकारले नै सार्वजनिक यातायात सञ्चालन गर भन्छ फेरी त्यहि सरकार गाडी नचड भन्छ । सरकारलेनै अन्योलमा पारिदिएको यातायात व्यवसायीको भनाई छ ।
यात्रु र यातायात मजदूरको सुरक्षाका लागि सरकारबाट अपेक्षा गरे पनि अहिले सम्म कुनै स्वास्थय सुरक्षाको बिषयमा सहयोग नपाएको व्यवसायीहरुले बताउँदै आएका छन् ।