काठमाडौं । नेपाली बजारमा रियलमी सिक्स र रियलमी सिक्स आई स्मार्टफोनहरु सार्वजनिक भएका छन् । रियलमी ५ प्रो को सक्सेसरको रुपमा रियलमी ६ ले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अप्ग्रेडका साथ आएको छ । रियलमी ५आई मा निर्मित रियलमी ६आई मा अधिक पर्फमेन्श, उत्कृष्ट क्यामेरा र नयाँ डिजाइन रहेको कम्पनीले जनाएको छ ।
रियलमी ६ स्माछ फोनमा गेमिङका लागि शक्तिशाली प्रोसेसर राखिएको छ । मिडियाटेक हेलियो जी९०टी द्वारा संचालित रियलमी ६ विशेष गरी अविश्वसनीय गेमिङ अनुभवका लागि डिजाइन गरिएको हो । यो प्रोेसेसर १२ एनएम प्रोसेसमा निर्मित भएको छ जसले एकै समयमा शक्तिशाली र सक्षम बनाउँदछ । ठुलो ब्याट्री र फास्ट चार्जिंग भएको यो मोबायलमा ३० वाट्ट फ्ल्यास चार्जिंग र ४३०० एमएएच ब्याट्रीका साथ रियलमी ६ लाई एक घण्टा भित्र पूर्ण रुपमा चार्ज गर्न सकिन्छ ।
रियलमी ६ मा ६.५ इन्च ९० हट्र्ज अल्ट्रा स्मुद डिस्प्ले का साथ १२० हट्र्ज टच स्याम्पिलिंग समावेश छ जसले स्क्रिनको प्रत्येक स्वाइपमा निर्बाध र स्मुद दृश्य अनुभव प्रदान गर्दछ । १६ मेगापिक्सल क्लियर फन्ट क्यामेराले एफ २.० अपर्चर, स्मार्ट ब्युटी मोड, बोकह इफेक्ट लगायतको साथ प्रमाणित सेल्फी आवश्यकतालाई पूरा गर्ने कम्पनीले जनाएको छ ।
त्यसतै रियलमी ६आई पनि उत्कृष्ट प्रदर्शन सहित नेपाली बजारमा भित्रिएको छ । रियलमी ६आई मिडियाटेक हेलियो जी ८० चिपसेटले सुसज्जित छ जसले आश्चर्यजनक शक्ति प्रदान गर्दछ । अक्टा कोर सीपीयूमा २.० जीएचजेड सम्मको मुख्य प्रिक्वेन्सी छ । भर्सटाइल क्यामेरा अनुभवः रियलमी ६आई ४८ एमपी क्वाड क्यामेरामा अपग्रेड भएको छ जसमा—४८ एमपी मुख्य क्यामेरा, ११९डिग्री अल्ट्रा—वाइड—एंगल लेन्स (८एमपी), पोट्रेट लेन्स (२एमपी) र ४सीएम अल्ट्रा म्याक्रो लेन्स (२ एमपी) छ । विशेषरुपमा स्पष्ट ४८एमपी मुख्य क्यामेराले स्पष्ट तथा सुन्दर तस्वीरहरु खिच्न मद्दत गर्दछ ।
रियलमी ६आई मा रियलमीकै सबैभन्दा ठुलो ५००० एमएएच विशाल ब्याट्री छ र लामो ब्याट्री लाइफका साथ आउँदछ । ट्रिपल सेफ्टी सुरक्षा प्रस्तुत गर्दै यसको विशाल ब्याट्रीले प्रयोगकर्ताको चिन्ता कम गर्दछ । क्लासिक डिजाइन समावेस भएको यो स्मार्टफोनल मास्टरपीस डिजाइन शैली कायम गर्दछ ।
रियलमी ६, ८जीबी ¥याम र १२८जीबी स्टोरेजका साथ ३२ हजार ९ सय ९० मुल्यमा उपलब्ध छ भने रियलमी ६आई ४जीबी ¥याम र १२८जीबी स्टोरेजका साथ रु २५ हजार ९ सय ९० मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।