काठमाडौं । चुन ढुङ्गाबाट बनेको ओपीसी सिमेन्ट खरानी (फ्लाइयर्स) मिसिएको पीपीसी सिमेन्टभन्दा धेरै गुणा गुणस्तर मानिन्छ । तर, नेपालमा वार्षिक १२ लाख टन खरानी आयात गरेर पीपीसी सिमेन्ट उत्पादन भइरहेको खुलेको हो ।
शतप्रतिशत चुनढुङ्गा प्रयोग गरी ओपीसी सिमेन्ट उत्पादन हुन्छ तर, पीपीसी सिमेन्टमा २५ प्रतिशत खरानी मिश्रण गरिन्छ । खरानीका लागि मात्र एक वर्षमा नेपालबाट ३ अर्ब ३७ करोड रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार गतवर्ष मात्रै ३ अर्र्ब ३७ करोड रुपैयाँ बाहिरिएको छ ।
चालू आर्थिक वर्षको ११ महिनामा २ अर्ब ६ करोड रुपैयाँ बराबरको ७ लाख ३३ हजार ३ सय २८ टन खरानी नेपाल आएको छ । त्यो पनि पीपीसी सिमेन्ट बनाउन ।
सरकारले नै खरानी आयात गरेर पीपीसी सिमेन्ट बनाउन अनुमति दिएको छ । त्यति मात्रै होइन्, एक बोरा पीपीसी सिमेन्ट बनाउँदा २५ प्रतिशत खरानी मिसाउन सरकारले छुट दिएको छ । यसमा उद्योगीको कुनै दोष देखिँदैन । उद्योगीको दोष यति मात्रै हो कि २५ प्रतिशतको ठाउँमा कहिलेकाँही ३२ प्रतिशत खरानी मिसाएर पीपीसी सिमेन्ट बनाउँछन् । र, कहिलेकाँही ओपीसी सिमेन्टमा पनि खरानी मिसाउने गरेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागको अनुगमनका क्रममा कतिपयले पीपीसी सिमेन्ट बनाउँदा तोकिएको मात्राभन्दा बढी खरानी प्रयोग गरिएको छ र कतिपय अवस्थामा ओपीसी सिमेन्टमा पनि खरानी प्रयोग गरिएको भेटिएको छ ।
विदेशबाट खरानी ल्याएरै सिमेन्ट बनाउनु पर्छ ?
सम्बद्ध उद्योगीका अनुसार, नेपालले ओपीसी सिमेन्ट मात्रै बनाउँदा हुन्छ । किनभने, ओपीसी सिमेन्ट बनाउँदा खरानी मिसाउन पर्दैन÷पाइँदैन । पीपीसी सिमेन्ट मात्रै खरानी मिसाउन सरकारले छुट दिएको छ । जब पीपीसी सिमेन्टको उत्पादन नै बन्द गर्ने हो भने मुलुकमा ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्ने वातावरण बन्छ । ओपीसी सिमेन्ट मात्रै बनाउँदा मिसावटको पनि कुनै गुञ्जायस रहँदैन ।
अहिले सरकारले वार्षिक अर्बौ रुपैयाँ तिरेर अन्य देशको फोहोर (खरानी) नेपाल ल्याउन दिएको छ । विदेशमा खरानी मिलाएर सिमेन्ट बनाउनुको विकल्प छैन । तर, नेपालमा प्रचुर चुनढुङ्गा रहेकाले खरानी मिसाउनुपर्ने आवश्यकता नै हुँदैन ।
अर्कोतिर ओपीसी सिमेन्ट पीपीसीभन्दा गुणस्तरीय मानिन्छ । ढलान गर्ने प्रयोजनमा संधै ओपीसी सिमेन्टकै प्रयोग गर्ने गरिन्छ । खासगरी, कोइलाबाट विद्युत निकाल्ने मुलुकहरुले अधिक खरानी उच्पादन गर्ने गर्छन् र त्यसको व्यवस्थापन निकै कठिन हुने गर्छ । यस्तो बेला नेपालजस्ता खरानी आयात गर्ने मुलुकहरुले अन्य मुलुकहरुको फोहोर व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।
भारतमै ५४ प्रतिशत बिजुली कोइलाबाट उत्पादन हुन्छ । कोइलाबाट विजुली उत्पादन गर्ने वित्तिकै त्यहाँ दैनिक लाखौं टन खरानी उत्पादन हुन्छ । त्यो खरानीलाई कहाँ फाल्ने ? खरानी व्यवस्थापन गर्ने माध्यमको एउटा विकल्पमा पीपीसी सिमेन्टमा प्रयोग हो । खरानी सिँधै समुन्द्रमा लगेर फाल्न पनि मिल्दैन । त्यसले सामुद्रिक वातावरणमा खलल पु¥याउँछ । त्यसैले खरानी उत्पादकहरुले खरानी ‘डम्प’ गर्ने सबैभन्दा राम्रो उपाय सिमेन्ट उद्योगलाई देखे । र, पीपीसी सिमेन्ट खरानी तह लगाउने एउटा उपयुक्त विधिका रुपमा प्रयोग गर्न थाले । तर, जुन देशमा खरानीको उत्पादन नै हुँदैन । बाहिरबाट झिकाएर किन सिमेन्ट बनाउने ? भन्ने गम्भिर प्रश्न उब्जिएको छ ।
ओपीसी सिमेन्ट मात्रै बनाउन सकिँदैन ?
देशभित्र नयाँ–नयाँ सिमेन्ट उद्योग आइरहेका छन् । विदेशी लगानीमा सिमेन्ट खुलिसकेका छन् । ती सबै सिमेन्टले विदेशमा उत्पादन भएको फोहोर नेपाल ल्याइरहेका छन् । तर, सरकारले ओपीसी सिमेन्ट मात्रै बनाउन अनुमति दिने हो भने देशभित्रको चुनढुङ्गाबाट मात्रै सिमेन्ट बन्छ । देशमा चुनढुङ्गाको प्रशस्त सम्भावना छ । हाम्रो देशमा भएको चुनढुङ्गाको खपत पनि बढाउनु छ ।
यदि सरकारले ओपीसी सिमेन्ट मात्रै बनाउन दिने भन्ने हो भने सिमेन्टको गुणस्तर पनि कायम हुन्छ । अहिले खरानी बढी मिसाएको भन्दै गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ । प्राविधिक हिसावले सिमेन्टमा इन्सोल्यूवल रेसिड्यू (आइआर) बढी भएको आरोपमा उद्योगको इजाजत नै खारेज गर्ने सम्मको हर्कत भएको छ । कानुनी आधारलाई देखाएर उद्योगहरुलाई तर्साउनुको सट्टा पीपीसी सिमेन्ट उत्पादनलाई नै बन्द गर्दा असर गर्छ ?
त्यसैले खरानी उत्पादकहरुले खरानी ‘डम्प’ गर्ने सबैभन्दा राम्रो उपाय सिमेन्ट उद्योगलाई देखे । र, पीपीसी सिमेन्ट खरानी तह लगाउने एउटा उपयुक्त विधिका रुपमा प्रयोग गर्न थाले । तर, जुन देशमा खरानीको उत्पादन नै हुँदैन । बाहिरबाट झिकाएर किन सिमेन्ट बनाउने ? भन्ने गम्भिर प्रश्न उब्जिएको छ ।
नेपाल सिमेन्ट उत्पादक संघका अनुसार, एक वर्षमा ३० लाख टन पीपीसी सिमेन्ट उत्पादन भइरहेको छ । २५ प्रतिशत खरानी मिसाउँदा ३० लाख टन पीपीसी सिमेन्ट बनाउँदा ७ लाख ५० हजार टन खरानीको प्रयोग हुन्छ । पीपीसी सिमेन्ट उत्पादन बन्द गर्ने वित्तिकै साढे ७ लाख टन खरानी खपत रोकिन्छ । अझ पीपीसी सिमेन्ट उत्पादनको मात्रा बढ्दै गयो भने खरानीको उपयोग त्यही अनुपातमा झन धेरै हुन्छ । यसले मुलुकबाट वर्षेनी ठूलो रकम बाहिरिन्छ । चालू वर्षको ११ महिनामा मात्रै २ अर्ब रुपैयाँ भन्दा बढी रकम विदेशीएको छ ।
खाडी मुलुक जहाँ प्रशस्त तेल वा ग्याँस पाईन्छ, ति मुलुकमा गाडी र औद्योगिक कल कारखाना पनि पेट्रोलियम पदार्थबाटै चल्छ । कोइला पाईने मुलुकले अधिकांश उद्योगमा कोइलाबाट विद्युत निकाल्ने र उद्योगहरु चलाउने गर्छन् ।
यस्तो अवस्थामा नेपालले पनि आफूँसग प्रशस्त चुनढुङ्गा पाउने भएकाले आयातित खरानी प्रयोग नगरी चुनढुङ्गाको प्रयोग गरी ओपीसी सिमेन्ट उत्पादन गर्नुपर्छ । अर्काको देशबाट फोहोर ल्याएर नेपाली सिमेन्टमा किन मिसाउने ? सरकारले यसअघि सिमेन्ट उतपादनमा बनाएको नीति परिवर्तन गर्नुु आवश्यक छ ।
मूल्यमा के फरक हुन्छ ?
अहिले ओपीसी र पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा १ सय रुपैयाँ हाराहारी मात्रै अन्तर छ । ओपीसी भन्दा १ सय रुपैयाँ पीपीसी सस्तो छ । तर, ओपीसी सिमेन्ट पीपीसी भन्दा गुणस्तरीय हुन्छ । सतप्रतिशत चुनढुङ्गाबाट बनेको सिमेन्ट र २५ प्रतिशत खरानी हालेर बनाएको सिमेन्टको मूल्य वा गुणस्तर एउटै नहुने उद्योगीहरु नै बताउँछन् ।
यसो भन्छन्, गुणस्तर विभागका महानिर्देशक
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार कोइला पचेर बनेको खरानीलाई व्यवस्थापन गर्न पीपीसी सिमेन्टको अवधारण ल्याइएको हो । ठूलो परिमाणमा खरानी उत्पादन हुने भएपछि त्यसलाई कहाँ व्यवस्थापन गर्ने भन्ने सोचाइबाट पीपीसी सिमेन्ट निकालिएको उनको भनाइ छ ।
तर, नेपालमा खरानी उत्पादन हुँदैन । उत्पादन नै नभएको वस्तु आयात गरेर सिमेन्ट बनाउपर्छ भन्ने हुँदैन । तर, यसले सिमेन्टको मूल्य र चुनढुङ्गा खानीलाई केही हदसम्म बचत गरेको छ ।
यसलाई सबै तरिकाबाट विश्लेषण गर्न आवश्यक छ । पीपीसी नबनाई ओपीसी मात्रै बनाउँदा हुन्छ । यसबाट एकै प्रकारको सिमेन्ट पनि आउँछ । सिमेन्टको गुणस्तरका हिसावले उपभोक्ता पनि ठगिन सम्भावना कम हुन्छ ।