काठमाडौं । नेपालमा सलह किरा भित्रिने जोखिम बढेपछि त्यसको नियन्त्रणका लागि संघअन्र्तगतको कृषि तथा पशुपन्छी मन्त्रालयले प्रयास थालेको छ । विभिन्न प्रदेश र स्थानीय सरकारले सलह संकलन गर्नेलाई निश्चित रकम तोकेपछि केन्द्र सरकारले पनि प्रतिकेजी सलह संकलन गर्नेलाई ५०० रुपैयाँ दिने प्रस्ताव अघि बढाएको छ ।
प्लान्ट क्वारेन्टाइ तथा बिषादी केन्द्रका प्रमुख सहदेव हुमागाइँले सलह किरा भित्रिने जोखिम बढेसँगै संकलन गर्नेलाइ कम्तीमा एक दिनको ज्याला स्वरुप ५०० रुपैयाँ सम्म दिने प्रस्ताव गरिएको बताए ।
‘प्रदेश र स्थानीय सरकारले २०, ४०, ५० र १०० रुपैयाँ संकलन गर्ने दिने भने जानुभएको थियो । त्यो पैसाले खासै आकर्षण भएन् ।’ उनले भने, ‘कम्तीमा एक दिनको रोजीरोटी आओस भनेर जानुपर्छ कि भनेर प्रस्ताव गरेका छौं । हामीले कम्तीमा किलोको ५०० पु¥याउनुपर्छ कि भनेर प्रस्ताव गरेका छौं ।’
संकलन भएको सलह कुखुरा फर्म तथा दाना उद्योगलाइ दिइनेछ । दाना उद्योगले पनि सलह किरा प्रयोग गर्न सक्नेछन् । संकलन भएको सलह खान इच्छुकले पनि खान सक्नेछन् त्यसपछि भने मान्छे संकलनका लागि लाग्ने उनले बताए । उनले यसबारे मंगबार निर्णय हुने बताए ।
अहिले गाउँमा जनशक्ति थपिएकाले सलह नियन्त्रणका यो प्रस्ताव गरिएकाे बताए । यसका लागि संघीय मन्त्रालयबाट नै बजेटको व्यवस्था गर्नेछ ।
तल स्थानीय सरकार र वडा तहले कार्यान्वयन गर्नेछ । अहिले गाउँ र नगरपालिका कृषि शाखा छ । त्यसले यसको सवै समन्वयन गर्ने उनले बताए । यसअघि बारा र पर्साबाट सलह भित्रिएको थियो । उक्त झुण्ड प्रतिकुल मौसमका कारण नष्ट भएपनि आइतबार भने प्युठानमा सोमबार पनि भारतबाट नयाँ सलहको झुण्ड भित्रिएको छ ।
अहिले सलउत्तर पश्चिम तिर लाग्दैछ । केही झुण्ड नवलपरासी तिर गएको छ । सलहका लागि तत्काल रासायनिक बिषादीको प्रयोग गर्नुभन्दा भगाउने र तर्स्याउनु नै मै नियन्त्रण गर्न उचित देखिएको हुमागाइँले बताए ।
हावाको वेग भारतबाट दक्षिणबाट उत्तरतर्फ नेपाल तिरै आइरहेकाले सलह भित्रिने जोखिम बढ्दो छ । हावा सँगसँगै सलह भित्रिएको हो । सोमबार पनि भारत हुँदै सलहको नयाँ झुण्ड नवलपरासीमा भित्रिएको छ ।
त्यस्तै, जनकपुर र सर्लाही तर्फबाट पनि सलह भित्रिन सक्ने जोखिम रहेको हुमागाइँ बताउँछन् । आउँदो भदौ भरी नै सलहको उच्च जोखिम रहने अवस्था रहेको उनी बताउँछन् ।