काठमाडौं । यसअघि दुबो चोरिएपछि खाली रहेको तीनकुनेको जग्गामा महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले फुल रोपेको छ ।
ट्राफिकले आईतबार महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलको उपस्थितिमा पुष्परोपन गरेको हो ।
पोखरेलले तीनकुनेमा उनले फुल रोपेर उद्घाटन गरेका थिए ।
ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फुलका विरुवा रोप्ने छन् ।
ढकालले ती ट्राफिक कार्यालयहरू आफुले रोपेका फुलहरूलाई आफैले नै रेखदेख गर्ने र ३ महिनापछि सवैभन्दा उत्कृष्ट विरूवा (फुल) बनाउने कार्यालयलाई पुरस्कृत गर्ने कुरा पनि बताए ।
नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुने पर्यटकहरू आवातजावत गर्ने मुल ढोका समेत रहेकोले त्यहाँ रहेको खाली जग्गामा फुलहरू रोपि सडकलाई मनमोहक बनाईएको महाशाखाले जनाएको छ । र, अन्य यस्तै खाली रहेका स्थानमा पनि वृक्षरोपन गर्न नागरिकहरूलाई प्रेरणा मिल्ने विश्वास लिएको छ ।
अमला, वेगमवेली, तेजपत्ता, रिठ्ठा, मसला, धुपी, पारिजात, कपुर, रातकी रानी, कामिनी, किम्बु, चाँप, चाईनिज गुलाव, समी, मेन्टोगेटा, एभोगाडो, हेमनकस, आरू जस्ता ३५० बढी विरूवा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरूले आज रोपेका छन् ।