बागलुङ । बागलुङ बजारमा केन्द्रिय कार्यालय रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले धौलागिरी क्षेत्रमै पहिलो पटक सहकारीमार्फत एटीएम सेवाको सुरु गरेको छ ।
संस्थालाई समयसापेक्ष आधुनिक तथा प्रविधिमैत्री बनाउने उद्देश्यले संस्थाले एटीएमसंगै, स्मार्ट मोवाईल, ट्यावलेट बैंकीङ, क्यूआर कोड लगायतका प्रविधिहरु यस पूर्व नै प्रयोगमा ल्याईसकेको छ ।
नयाँ प्रविधिको प्रयोगसँगै सिवाईसीका सदस्यलाई अब पैसा बोकेर किनमेल गर्न जानु पर्ने झनझट पनी मुक्त हुने भएको छ ।
सहकारी संचालक समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले धौलागिरी क्षेत्रमै सिवाइसीले पहिलो पटक शेयर सदस्यलाई नगदरहित(क्यासलेस) कारोबार का लागि क्युआर कोड सेवा सुरु गरेको बताए ।
चेकबुक, र रकम बोकेर हिड्नु पर्ने समस्या अन्त्य गर्न सहकारीले समयको माग अनुसार डिजिटल सेवा सुरु गरेको वताए ।
पहिलो पटक सहकारीका सचिव जयराम भारी ,सदस्य दिपा पौडेल ,विष्णुराज पन्त ,लेखा समिति सदस्य हरी शर्मालाई क्वुआर कोड वितरण गरेका थिए ।
मोबाइल एप्सबाट सबै किसिमको भुक्तानी गर्नका लागि सहज हुने बिश्वास गरिएको छ । मोवाइल वैकिङमार्फत ब्यालेन्स पठाउन, टेलिफोन, बिजुली तिर्न समेत यो एप्सको मदतले सहज हुने सहकारीका सचिव जयराम भारीले वताए ।
क्यासलेस कारोबारमा प्रोत्साहन गर्ने सहकारीको मुख्य उदेश्य छ ।