काठमाडौ“ । प्रविधि र इन्टरनेटको बढ्दो बिकासले अब हरेक वस्तु तथा सेवा एक या एक क्लिकको भरमा घरमै आइपुग्ने भएको छ । आफ्नो मोबाइलमार्फत अर्डर गरेकै भरमा मन पर्ने वस्तु सेवा लिनु सामान्य हुन थालेको छ । यो सबै प्रविधि तथा सञ्चारको व्यापकताले नै सम्भव भएको हो ।
समयको बचत हुने तथा पसल–पसल पुग्नुपर्ने झन्झटबाट मुक्ति दिलाउन पनि अनलाइन सपिङको महङ्खवपूर्ण भूमिका छ । घरायसीदेखि जिन्सी समानसम्म घरमै अर्डरअनुसार मगाएको अनुभव जोकोहीलाई पनि छ । तर, अब आफूलाई पढ्न मन लागेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुस्तक पनि अनलाइनमार्फत किन्न सकिने व्यवस्था नेपालमा सुरु भइसकेको छ । एक कलकै भरमा आफूले खोजेजस्तो पुस्तक आफ्नै दैलोमा आइपुग्ने भएको छ ।
नेपाली साहित्यको विकाससँगै नेपाली पाठकलाई लक्षित गर्दै किताब यात्राले दुई वर्षदेखि पुस्तक घर–घरमा पु¥याइरहेको छ । किताब यात्रा अर्थात् किताबको यात्रा गराउने काम । किताब यात्राले नेपालका पुस्तक नपुगेको ठाउँमा किताब पुर्याउने तथा पाठकको आवश्यकताअनुसार सहजै किताब उपलब्ध गराउने एउटा प्लेटफर्म भएको छ ।
यसले पाठकले माग गरेअनुसार काठमाडौ“ उपत्यकामा सोही दिन र अन्य जिल्लामा तीन दिनभित्र पुस्तक उपलब्ध गराउँदै आएको छ । दुई वर्षअघि तीन नेपाली युवा मिलेर किताब यात्रा नामक कम्पनी सञ्चालन गरेका थिए । यसको सामान्य उद्देश्य ग्राहकको रोजाइअनुसार सुविधायुक्त तरिकाले पुस्तक उपलब्ध गराई डेलिभरीसमेत गराउने थियो ।
२०७४ अन्तिमबाट सुरु भएको किताब यात्राले छोटो समयमै ठूलो चर्चा पाइसकेको छ । अनलाइन सपिङको ट्रेन्डसँगै किताब यात्राले फरक सोच र उद्देश्य बोकेर आएको छ । बजारमा गएर चाहेको किताब खोज्ने कामले हैरान भएका उपभोक्तालाई किताब यात्राले एक कल या एक क्लिकको भरमा पायक पर्ने स्थानमा किताब पुर्याइदिँदा खुसी नहुने सायदै होलान् ।
किताब यात्राका तीन संस्थापकमध्ये ऋषि अधिकारी भारत पढ्न जा“दा यस्तो कन्सेप्ट आएर नेपालमै सुरु गरेको बताउँछन् । भारतमा पढ्न जा“दा नेपालका एक किताबप्रेमीले पुस्तक मगाएपछि फुरेको कन्सेप्ट हो, किताब यात्रा । अहिले किताब यात्राले ‘राजधानीमा प्रकाशन भएका पुस्तक सोही दिन राजधानीबाहिरका पाठकलाई पनि उपलब्ध गराएको छ ।
नेपालका धेरैजसो स्थानमा भनेजस्तो पुस्तक पाउन पक्कै सहज छैन । प्रायः काठमाडौ“बाहिरका जिल्लामा पुस्तक किन्न सदरमुकाम नै धाउनुपर्ने अवस्था छ भने त्यहाँ पनि उपलब्ध नभएर राजधानी नै झर्नुपर्ने बाध्यता अझै छ । हाल किताब यात्राले मोबाइल एप सर्वजनिक गरिसकेको छैन । ‘किताब यात्राको एउटै काम पुस्तकप्रेमीलाई सेवा दिनु हो,’ ऋषि भन्छन्, ‘नेपाली साहित्य र पढ्ने बानीको विकास गर्नु कम्पनीको उद्देश्य रहेको छ ।’
कम्पनीले दुई वर्षमा मात्रै ५० हजार थानभन्दा बढी पुस्तक बिक्री गरिसकेको छ । पुस्तक घरघरसम्म पु¥याउन उपत्यकामा नौ जना कर्मचारी तथा बाहिरी जिल्लामा कुरियरमार्फत पठाउने गरिएको छ । नेपाली साहित्यकार, कविद्वारा लेखिएका पुस्तक तथा विदेशी साहित्यका पुस्तक पाठकको हातमा सजिलै पु¥याउने लक्ष्यसमेत किताब यात्राले लिएको छ ।
संस्थापक अधिकारी भन्छन्, ‘ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेकाले सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन दिनरात लागिपरेका छौ“ ।’ त्यस्तै, किताब यात्राले पुस्तकलाई अनलाइनको माध्यमबाट बिक्री मात्र नभएर पुस्तकालयको अवधारणासँगै काम पनि गरिरहेको छ । उपत्यकाका व्यावसायिक स्थानमा विभिन्न पुस्तकालय स्थापना भइसकेको छ ।
किताब यात्राले नेपालका जुनसुकै स्थानमा निश्चित छूटमा पुस्तक उपलब्ध गराउँछ । एउटा कोठाबाट सुरु भएको किताब यात्रा अब देशव्यापी बनाउने योजनामा छन्, संस्थापक ऋषि अधिकारी । अहिले किताब यात्राले विभिन्न प्रकाशनगृहसँग समन्वय गरेर धेरैभन्दा धेरै पुस्तकलाई आप्mनो तर्फबाट पाठकमाझ पु¥याउने काम भइरहेको संस्थापक अधिकारीले जानकारी दिए ।
कुनै पनि पाठकले साहित्यका पुस्तक नपाएर भौ“तारिनुपर्ने समयको अन्त्य गर्नेमा किताब यात्रा विश्वस्त छ । किताब यात्राले गत माघ १८ गते पाठन संस्कृतिको विकासका लागि किताब जात्रा महोत्सव पनि आयोजना गरेको थियो ।