कोरोना भाइरस महामारीका कारण अहिले अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ । यस्तो अवस्था नेपालले भूकम्पका बेला सामाना गर्नु परेको थियो ।
त्यसबेला छिट्टै ‘रिभाइभ’ भएको थियो । तर, अहिलेको अवस्था फरक छ । कोरोना महामारीका कारणले निम्त्याएको समस्या अन्तर्राष्ट्रिय जगतमा देखिएको छ । यो कुन बेला सकिन्छ भन्ने थाहा पनि छैन । कोरोना महामारीले गर्दा अर्थतन्त्रमा ४ वटा आकारमा सुधार हुने अनुमान गरिएको छ ।
कोरोना महामारीका कारण विश्व अर्थतन्त्र भी, यू, डब्लु र एल सेपमा जान्छ भन्ने अनुमान भइरहेको छ । एलमा जाँदा भइरहेको अर्थतन्त्रमाथि उठ्न सक्दैन, यु सेपमा जाँदा विस्तारै खस्केको अर्थतन्त्र केही वर्षपछि बिस्तारै उकासिन्छ । भी र यु सेपमा अर्थतन्त्र छिटो उकासिन्छ ।
संघ, प्रदेश र स्थानीय तहको बजेट आइसकेको छ । यसले कोरोनाको असर छिट्टै जान्छ र आर्थिक वृद्धिको लक्ष्य भेट्टाउ छौ भन्ने छ । कोरोनासंग सम्बन्धित समितिले साउनमा अझ धेरै कोरोना भाइरस संक्रमित हुने अनुमान गरेको छ । यसबाट के देखिन्छ भने यो निरन्तर जाने अवस्था छ ।
विश्वव्यापी रुपमा बढ्दै गएको छ, यसको निश्चितता छैन । अनिश्चित परिस्थिती रहेको अवस्थामा वित्तीय स्थायित्व, व्यापार व्यवसाय सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन, रोजगारी सिर्जना, आपूर्ति व्यवस्थालाई सहज बनाउनु पर्ने तमाम कुराहरुलाई आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने अवस्था छ ।
अहिले केन्द्रीय बैंकले ३ ओटा आरलाई ध्यानमा राखेर अघि बढ्नु पर्छ । पहिलो आर कर्जाको पुनरसंरचना हो । व्यक्तिगत, कर्पोरेटदेखि लिएर सबै किसिमका कर्जालाई हेरेर कुन हदसम्म गर्न सकिन्छ,त्यसलाई कार्यन्वनमा ल्याउनुपर्छ । दोस्रो आर कर्जाको पुर्नतालिकीकरण हो ।
यो गर्न कति समय दिने ? पर्यटन व्यवसाय रिभाइभ हुन चालुपुँजी कर्जा दिनुपर्ने हुन्छ । २ वर्षसम्म पर्यटनलाई भेन्टिलेसनमा राखेर चालुपुँजी कर्जा दिएर सञ्चालन गर भन्नुपर्ने अवस्था छ । यस्तै घरेलु तथा साना उद्यमीले धेरै रोजगारी सिर्जना गरेका छन । घरेलु तथा साना उद्योगमा गएको कर्जालाई हेरेर कुन हदसम्म पुनतालिकीकरण गर्ने भन्ने अध्ययन हुनुपर्छ ।
अर्को राहात प्याकेज, विशेष गरी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका तत्काल रिभाइभ हुने र धेरै रोजगारी दिन सक्ने, देशमा आपूर्ति सहज बढाउने उद्योग व्यवसायलाई राहातको प्याकेज अघि बढाउनु पर्छ । सर्वसाधारण र उद्योग व्यवसाय गर्नेमा विश्वास बढ्नुपर्छ ।
कति लामो समय जाने र गएपछिको अवस्था के हुने भन्ने अनिश्चितता छ । विश्वबजारमा तेलको भाउ घटेको छ । कारोनाले अर्थतन्त्रलाई खतम पारेको छ । एकातिर श्रमिकहरु बेरोजगार भएका छन । हामीले जुन रुपमा रेमिट्यान्स घट्ने अनुमान गरेका थियौ, तर, त्यो घटेन । भोलीका दिनमा यो भन्दा पनि खराब अवस्था नआउला भन्न सकिन्न ।
माग पुरा गर्न उद्योग व्यवसाय सञ्चालन हुनुपर्छ । उद्योग व्यवसाय सञ्चालन गर्न व्यापारिक वातावरण बनाउन राहात प्याकेज चाहिन्छ । भूकम्पपछि ३ अर्ब रुपैयाँको पुनर्कर्जा प्याकेज थियो । त्यसले ३ वर्षमा उच्च आर्थिक वृद्धि भयो ।
त्यतिबेला १३ खर्ब रुपैयाँ ऋण लगानी भएकोमा अहिले दोब्बर भन्दा बढी ३२ खर्ब रुपैयाँ पुगेको छ । त्यसबेला लिएको विस्तारकारी मौद्रिक नीतिले कर्जा धेरै प्रवाह भयो । त्यसकारण थ्रीआरलाई फरक तरिकाले लिएर आउनु पर्ने देखिन्छ । ५० अर्ब रुपैयाँ ऋण प्याकेजलाई सहज रुपमा अघि बढाउनुपर्छ ।
मोबाइल बैंकिङलाई महत्वपूर्णरुपमा आगाडि बढाउनुपर्छ । प्रत्येक खातावालालाई मोबाइल बैंकिङका लागि प्रोत्साहन गर्ने । यसले गर्दा विद्युतीय भुक्तानीमा अगाडि बढ्न मद्दत पुग्नेछ ।
(पूर्वगभर्नर नेपालले आर्थिक पत्रकार समाज नेपाल (सेजन)को वेवनारमा राखेको विचार )