काठमाडौं । आइतबार साँझ कपिलबस्तुमा भित्रिएको ठूलो समुहको सलह नियन्त्रणका लागि गृह मन्त्रालयसँग सहयोग मागिने भएको छ । सलह किरा ठूलो संख्यामा भएकाले तत्काल नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कपिलवस्तुले गृह मन्त्रालयलाइ सहयोग गर्न परिपत्र गरेको हो ।
कृषि ज्ञान केन्द्र कपिलवस्तुले जिल्ला प्रशासनलाइ सलह नियन्त्रणका लागि सहयोग गरिदिन आग्रह गरेको छ । प्रशासनले भने ठूलो झुण्डको सलह नियन्त्रणका लागि गृह मन्त्रालयलाइ गुहार मागेको हो ।
गृहले विपद व्यवस्थापन प्राधिकरणमार्फत दमलक, जेट, ड्रोन वा ट्याक्टरमार्फत बिषादी छर्कने जनाइएको छ । यसअघि बारा र पर्साबाट भित्रिएको भन्दा यो सलहको संख्या हजारौं रहेको सलह सुचना केन्द्रका वरिष्ठ बाली संरक्षक अधिकृत रामकृष्ण सुवेदीले बताए ।
उक्त सलह भारतको बोर्डर हुँदै आइतबार साँझ कपिलवस्तु छिरेको थियो । दुइघण्टा अघिको जानकारी अनुसार, सलह बनमा नै बास बसेको जानकारी प्राप्त भएको थियो । कपिलवस्तुको शिवपुर नगरपालिकाका ३ ओटा वडामा सलह फैलिएको थियाे । यसबारे कृषि ज्ञान केन्द्रबाट प्राविधिक त्यसतर्फ जाँदैछन् । तीनओटा वडामा फैलिएको सलहले तत्काल क्षति नगरेको केन्द्र प्रमुख गोविन्द आर्यले बताए ।
याे पनि पढ्नुहाेस, कपिलवस्तुमा देखियो नयाँ र ठूलो सलहको झुण्ड, तीनओटा वडामा फैलिएकाे पुष्टि
कपिलवस्तुका एक किसानका अनुसार, अहिले उक्त सलहको झुण्ड अर्घखाँची र गोरखा तर्फ गएको बताए । झुण्ड करिव १० किलोमिटर लामो रहेको बुझिएको छ । किसानका अनुसार आइतबार साढे ६ बजे कपिलवस्तुको आकास ढाक्नेगरी सलह छिरेको थियो । केही झुण्ड पश्चिम दाङ र प्युठान तिर उडान गरिरहेको बुझिएको छ ।