काठमाडौं । अनलाईनमार्फत हुने कारोबार र बजारीकरणलाई व्यवस्थित र नियमन गर्न सरकारले कानून बनाउने भएको छ । पछिल्लो समय उपभोक्ता, बिक्रेता र जो व्यक्ति पनि बिना दर्ता अनलाईनमार्फत वस्तुको मार्केटिङ गर्न थालेपछि यसलाई नियमन गर्न कानून बनाउन लागिएको हो ।
कानूनको मस्र्यौदा तयारीका लागि उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयल अन्र्तगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ‘ई बिजनेश ल’ को मस्र्यौदा तयार पारिसकेको छ । उक्त मस्र्यौदा उपर मन्त्रालयका सचिव, विज्ञ तथा सरोकारवालासँग थप छलफल बुधबार (आज) हुँदैछ ।
थप सुझावका आधारमा मस्र्यौदालाई केही परिमार्जन गरी मन्त्रालयलाइ हस्तान्तरणको तयारी गरेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । मन्त्रालयमार्फत उक्त मस्र्यौदा संसदमा पठाइने छ र कानून बनेर आउने छ ।
अहिले अनलाईन व्यापारीका लागि भनेर व्यापार तथा व्यवसाय सम्बन्धमा अहिलेसम्म निश्चित कानून थिएन् । अलि अलि उद्योगसँग सम्वन्धित कानून उद्योग विभागसँग मात्र सीमित रहेकाले अनलाइन व्यापार दर्तामा अलमल हुँदै आएको थियो । अनलाइन व्यापारीलाइ कहाँ दर्ता गरिएको भन्ने अलमल नहोस् र नियमन गर्न कानूनको आवश्यकता महशुस गरिएको सुवेदीले बताए ।
अन्तर्राष्ट्रिय अभ्यास आधारमा निजी उद्योगी तथा व्यापारी, विज्ञसँग विभिन्न चरणमा छलफल गरी मस्र्यौदा तयार पारिएको विभागले जनाएको छ । कानून बनेपछि अनलाइन व्यापारीलाइ पनि सहज हुने र आफ्नो व्यवसाय छाडेर जो पनि अनलाईन व्यापार गर्ने अवस्था अन्त्य हुने सुवेदी बताउँछन् । ‘अनलाइन व्यवसायीलाइ पनि सहजीकरण हुनेछ ।
जो जसरी पनि आफ्नो व्यवसाय छाडेर अनलाईन व्यवसाय गर्छ भन्ने पनि हुँदैन । अहिले त त्यो ट्रेन्ड छ । अनलाईनबाट होम डेलिभरी हुँदो रहेछ भनेर जे व्यवसाय पनि अनलाईन व्यवसाय सुरु गर्ने भएको छ,’ उनले भने, ‘कानून बनेपछि ती कुराहरुलाई पनि नियमन गर्ने बाटो खुल्छ ।’
उपभोक्ता र उत्पादकसँग सम्वन्धित अनलाईनमार्फत हुने बजारका धेरै कुराहरु कानूनले निर्दिष्ट गर्नेछ । अहिले अनलाइन व्यवसाय धेरै किसिमका रहेको उत्पादक आफै अनलाईनमा जाने र अहिले साना तथा ठूला गरेर झन्डै १५० ओटा अनलाइन कारोबारी रहेको विभागले जनाएको छ । कानून बनेपछि ती अनलाईन कारोबारीको नियमन हुनेछ ।
सूचना प्रविधिको प्रयोगसँगै मानिसले अनलाईनमार्फत नै आफुलाइ चाहिने वस्तुको अर्डर गर्ने ट्रेन्ड बढेको छ । यता, अनलाईनमार्फत व्यापार गर्ने कारोबारी बढिरहेका छन् ।
अहिले फुडमाण्डु, दराज, सस्तोडील र डिजिटलगुरखा लगायतका डिजिटल कारोबारीले सेवा दिइरहेका छन् । बिगतमा कर्पोरेट बजारमा सेवा दिने अनलाईन व्यापार गर्ने कम्पनीमाथि वस्तुको मुल्य, गुणस्तर र दर्ता भए नभएको लगायतका प्रश्न उठ्दै आएका थिए । केही अनलाईन कारोबारीले ९ गुणासम्म नाफा राखेर वस्तुको बिक्री गर्ने गरेको विभागले जनाएको छ ।
यसअघि दराज अनलाईनले पनि वस्तुको गुणस्तर मूल्यमा ठगेको भन्दै उजुरी परेको थियो ।उपभोक्ताको गुनासो र उजुरीका आधारमा विभागले अनलाईनमाथि आवश्यक विवरण माग गरेको र स्पष्टीकरण समेत सोधेको थियो ।