काठमाडौं । निरन्तरको बर्षाका कारण तराइ लगायत पहाडी जिल्ला भएको डुवान र बाढीका कारण कृषि तथा पशुपन्छी क्षेत्रमा ८१ करोड ५४ लाख ७२ हजार रुपैयाँको क्षति भएको विवरण प्राप्त भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्र्तगत प्राप्त क्षतिको विवरणअनुसार, हालसम्म मकै, तरकारी, चैतेधान, बर्षेधान, अलैँची लगायत पोल्ट्री फर्ममा क्षति भएको छ । सवैभन्दा बढि कृषि उत्पादनका क्षेत्रमा क्षति पुगेको छ । पशुपन्छीतर्फ विभिन्न जिल्लामा गरी २५ लाख ८० हजार र कृषितर्फ ८१ करोड २८ लाख ९२ हजार रुपैयाँ बराबरको क्षति भएको विवरण प्राप्त भएको हो ।
प्रदेश नम्वर १ का मा सवैभन्दा बढि डुवान र बाढीले कृषि तथा पशुपन्छीका क्षेत्रमा क्षति पुगेको छ । अन्य ६ ओटा प्रदेशबाट क्षतिको विवरण आउन बाँकी रहेको मन्त्रालय स्रोतको भनाइ छ ।
खासगरी पाँचथर, सुनसरी, मोरङ, मोरङ, तेह्थुम, इलाम, सोलुखुम्वु, खोटाङ, झापा, भोजपुर, उदयपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा लगायतका जिल्ला बाढी र डुवानका कारण कृषि तथा पशुपन्छी तर्फ क्षति पुगेको छ ।