काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकाभित्रका रणनीतिक र ‘भीआइपी’ भनिएका सडक मर्मत र कालोपत्रे गरी चिटिक्क पा¥यो । लकडाउन अवधिमा सडकका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गरिएका सडक सिगार्ने काम पनि भए । लकडाउन कै अवधिमा उपत्यकाभित्र झन्डै ४२ किलोमिटर सडक मर्मत पछि ‘मार्किङ’ समेत गरियो । सोहिकारण अहिले काठमाडौंका सडकको स्वरुप नै फेरिएको छ ।
लकडाउनकै अवधिमा खासगरी चाबहिल—चुच्चेपाटी र पुतलीसडक क्षेत्रको सडक मर्मत भइरहेको छ । विभागले अहिले मर्मत तथा स्तरोन्ती गरेको सडक तीनवर्षसम्म मर्मत गर्नु नपर्ने दावी गरेको छ । विभागले आवधिक मर्मतका लागि उपत्यकामा ६० करोड रुपैयाँ खर्च भएको बताएको छ ।
अहिले लकडाउन खुकुलो भएसँगै सवारीको चाप बढ्न थालेको छ । ‘मुभमेन्ट’ बढ्दै जाने हुँदा सडक फेरी बिग्रन सक्ने अधिकारीहरु बताउँछन् । यसअघि कालोपत्रे र मर्मत भएका ठाउँमा पुनः खाल्डाखुल्डी देखिन थालेका छन् ।
चिनिँया राष्ट्रपति सी जिन्फिङ गत असोजमा नेपाल भ्रमणमा आएका बेला कालोपत्रे गरिएको केशरमहल देखि जमलखण्डका सडकमा खाल्डाखुल्डी देखिन थालेका छन् । त्यस्तै, सोह्खुट्टे देखि बालाजु खण्डमा पनि सडकको बीच भाग बिग्रन थालिसकेको छ । ती सडक मर्मत भएको धेरै भएको छैन् । सडक विभागले भने कालोपत्रे गरिएको ठाउँमा खानेपानी ‘लिक’हुने र ढलका कारण समस्या आएको बताएको छ ।
गोपाल चोक, बुढानीलकण्ठ, गौशाला र चावहिल क्षेत्रमा विद्युत् प्राधिकरणले अहिलेसम्म पनि सडक मर्मत गरेको छैन् । सडक खनेको दश देखि पन्ध्र दिनभित्र मर्मत गरिदिने शर्तभए पनि पालना नगर्दा यस्तो भएको हो । त्यो क्षेत्रमा पनि हालै मात्रै सडक मर्मत भएको थियो ।
तर, यता माइतीघरदेखि कोटेश्वरसम्मको सडक भने चिटिक्क छ । यो पनि कान्तिपथसँगै मर्मत भएको थियो ।
तर, अहिले मर्मत गरिएका सडक कम्तीमा ३ वर्ष टिक्ने सडक विभागको दाबी छ । विभाग को सो दाबी पनि पुरा नहुने जोखिम देखिएको छ । किनकी, विद्युत् प्राधिकरणले महाराजगन्ज देखि बुढानीलकण्ठ र रत्नपार्क खण्डमा पनि तार भूमिगत गर्ने तयारी गरेको छ । जसका लागि यो बर्ष नै सडक खन्नुपर्ने हुन्छ ।
त्यस्तै, चालू आर्थिक वर्षको अन्तिमसम्ममा मेलम्ची खानेपानी ल्याउने तयारीमा सरकार छ । त्यसका लागि पाइप विच्छ््याउने, मर्मत गर्ने र पानीवितरण गर्न सडक नै प्रयोग गर्नुपर्ने हुन्छ । नयाँ पाइप विच्छ्याउने फेरी सडक नै भत्काउनुपर्ने हुन्छ । यसरी खानेपानीका पाइप, ढल निकास र बिजुलीका पोल सार्ने लगायतकाकामले सडक बिग्रने विभागको भनाइ छ ।
सडकको अवस्था गुणस्तरिय कामय राख्न यस्ता निकायहरुले भत्काएपछि मर्मत गर्ने जिम्मवारी समयमै पुरा गर्नुपर्ने विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनले खानेपानी र विद्युत् कार्यालयका गतिविधिले सडक विभाग अन्यायमा पर्दै आएको बताए ।
क्यापिटल नेपालले अहिले बनाइएको सडकको शुरक्षा र दिगोपना कसरी हुन सक्ला ? किन छोटो समयमै कालोपत्रे गरेको सडक बिग्रेने तथा खाल्डाखुल्डी हुन्छ ? भन्ने बिषयमा महानिर्देशक शर्मासँग जिज्ञासा राखेका छौ । उनको प्रतिक्रिया यस्तो छ :
काठमाडौं उपत्यकाभित्रका मुख्य सडकको मर्मत र स्तरोन्ती पछि अहिले सडक देख्न र हिड्न लायक बनेको छ । केही ठाउँमा अरु निकायका गतिविधिले केही समस्या देखिएको छ । जस्तो कान्तिपथका केही ठाउँमा सडक बिग्रेको छ । असोजमा नै ओभर—ले गरेको हुनाले अहिले त्यहाँ गर्दैनौं । अहिले ‘लिकं’ भएर केशरमहल देखि जमलसम्ममा ५/६ ठाउँबाट पानी निस्केर फोहोर जमेको छ ।
त्यहाँ अहिले नै बिग्रयो भने हामीले तुरुन्त पिँचगर्दैनौं । तर, जति काटेको छ त्यति ठाउँ टालेर चिटिक्क बनाउँछौं । मेलम्चीले पानीको प्रेसर ‘चेक’गर्ने भनेर फुटाइदियो भने हाम्रो केही लाग्दैन् । सडक विभागलाइ यहाँहरुले पनि नकारात्मक प्रचार नगरिदिनुहोला ।
सडक भत्क्यो भन्दा पनि किन भत्क्यो भन्ने हुनुपर्यो । कोही मुर्खले फरुवाले खन्दियो भने त सडक ध्वस्त हुन्छ । पानी सडकमाथि ‘ब्रस्ट’ भएर पिँच फुटाउनु भनेको त फरुवाले खन्या जतिकै हो । त्यसलै उनीहरुका कारण भत्किने कारणमा उनीहरु जिम्मेवार हुनुपर्यो ।
सडक विभागलाइ कतिसम्म अन्याय छ भने, हात उठाएर घाटामा छौं, धरौटी जम्मा गर्न सक्दैनौ भनेर राती राती सडक खन्दिने चलन पनि छ ।
कान्तिपथ मै पिँचगर्ने बेला माइतीघर देखि कोटेश्वरसम्म पनि गरेको हो । त्यो ठाउँमा गएर हेरौं, एक ठाउँमा पनि खाल्डो छैन् । नयाँबानेश्वरबाट शंखमूलजाने चोक नेर महिनामा ४÷५ चोटी खानेपानी पाइप फुटेर बनाउँदा पनि उहाँहरुले ‘लिक’ समाधान गर्न सक्नुहुन्न । त्यो ठाउँमा बाहेक अन्यत्र छ भने सडक विभागको गल्ती स्वीकार्न तयार छु । अन्यथा, हामीले उही समय र उही ‘म्याटरियल’ राखेको त्यस्तो हुँदैन् ।
अर्को, सोह्खुट्टे देखि नयाँबजार जाने तर्फ पनि उही समस्या छ । त्यहाँ दुइ ठाउँमा त्यसैगरी पाइप ‘लिक’भएर फुटेको मैले देख्या छु ।
यता, विद्युत प्राधिकरणले खनेर ध्वस्त पारेको छ । नारायण गोपालचोक, महाराजगन्ज, बुढानीलकण्ठ क्षेत्रमा तार भूमिगत गर्न भन्दै प्राधिकरणले १५ दिन भित्र मर्मत गर्ने गरी सडक खन्ने सम्झौता गर्यो ।
तर, त्यो अहिलेसम्म पनि त्यत्तिकै छ । उहाँहरुले २/३ सय मिटरमा एउटा प्वाल मात्रै खन्ने र भित्रभित्रै पाइप धसाउने भन्नुभएको थियो । आखिरी सवै खनेर बिजोक बनाउनुभयो ।
काठमाडौंका सडकलाइ चिटिक्क बनाउने मेरो विचार थियो, त्यो पूरा भएको छ । हामीले लकडाउन अघि र बीचमा पनि विभिन्न जिल्लाका सीडीओसँग सहयोग र पास लिएर यस्तो गरेका हौ ।
कहिलेकाही ‘मोबिल’, पेट्रोल तथा डिजेल पोखियो भने पिँच राम्रोसँग बस्दैन् । त्यसको कारणले केही ठाउँमा गिट्टी उप्किन सक्छ । अथवा, पिँचगर्ने क्रममा कमसलहुन सक्छ । तर, त्यस्तो समस्या एक वर्षभित्र देखियो भने ठेकेदारले ‘फ्रि अफ कस्ट’ मर्मत गरिदिनुपर्छ । कान्तिपथ खण्डमा पानी पर्ने वित्तिकै ताल पर्छ । सडक भित्रबाटै पानी निस्किएर जमलचोकसम्म भरिन्छ ।
यसरी खानेपानीले खनेर, पाइप ‘लिक’भएर र विद्युतप्राधिकरणका कारण समस्या छ । त्यो बाहेक अहिले गाडी कुँदेर खाल्डाखुल्डी भएको छैन् । अहिले ‘ओभरले’ गरेका ठाउँमा अब ३ बर्षमा केहि गर्नु पर्दैन ।
बनको एउटा रुख काटियो भने बन विभाग वा अर्धन्यायिक निकायले आएर सोध्छ, थुन्दिन्छ । उसले पक्रन पाउँछ र, सजाय दिन पाउँछ । तर, सडक विभागलाइ त्यो अधिकार छैन् । सडक रक्षक प्रहरी हामीसँग छैन् ।
कतिसम्म भने सडकमा पोल गाडिन्छ । अनि त्यो पोल हटाइदिनुस् न भन्दा हटाउन पैसा दिनुपर्यो भन्नुहुन्छ । हामीले त्यो पोल हटाएर अर्को पोल हाल्दिनुस भनेपछि उहाँहरुले मान्नुहुन्न । त्यो पोलको पैसा र तारको पैसा माग्नुहुन्छ । पैसा दिँदा पनि उहाँहरुले समयमै गर्दिनुहुन्न । यस्तो अन्याय सडक विभागले कसरी सहने ?
अहिले पुतली सडक हामीले काम गरिरहेका छौं । त्यो काम हाम्रो हुँदै होइन् । काठमाडौं भित्रको ढल, खानेपानी हेर्ने केयूकेयल छ । मन्त्रालय नै छुट्टै छ । त्यहाँ ढल नबनाइदिदा हरेक वर्ष पुतलीसडक ताल बन्छ । हामीले नितान्त सडक विभागकै रकमले काम गरिरहेका छौं । केहीदिन अघि भयङ्कर ठूलो पानी पर्दा पनि त्यहाँ पानी जम्न पाएन ।