काठमाडौँ । कोरोना महामारीमा सामाजिक दुरी कायम गर्न टाटा मोटर्सले नेपालमा आफ्नो वेब पोर्टल शुरुवात गरेको छ । https://tatacars.sipradi.com.np/ मा गएर हेर्न सकिने वेब पोर्टल टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले संयुक्त रुपमा डिजिटल माध्यमबाट शुरुवात गरिएको छ ।
टाटा मोटर्सका पेसेन्जर कार खरिद गर्न चाहने ग्राहकलाई वेब पोर्टल सजिलो माध्यम बन्ने विश्वास लिइएको छ । त्यस बाहेक इच्छुक ग्राहकले सिप्रदीका कर्मचारीहरुसँग लाइभ च्याट गरेर पनि टाटामोटर्सको बारेमा जानकारी लिन सकिनेछ । फोनपे या इ(सेवाको माध्यमबाट सवारीको बुकिङ्ग समेत गर्न सकिने जनाइएको छ । यो पोर्टल कम्प्युटर र मोबाइलमा समेत सहज हुने ढंगमा बनाइएको छ ।
पोर्टलको मुख्य विशेषताहरु
अनलाइन बुकिङ्ग, क्याटलगहरू सहितको सवारीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ्ग, पुरानो सवारीको तत्काल मुल्यांकन, ऋण मुल्यांकन, सर्भिस बुकिङ्ग, रेफरल योजना र ग्राहकहरुको सुझावहरुरहेका छन्।
साथै, यस वेब पोर्टल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्नका लागि यसपोर्टलबाट गाडी बुकिङ्ग गरेमा एक वर्ष निस्शुल्क सर्भिसिंग र कन्सुमेवल प्रदान गरिनेछ भनेफ्रन्ट( लाइनमा काम गर्नु हुने सम्पूर्ण स्वस्थकर्मीहरुलाई अहिले चलि आएको योजना भन्दा थप रु ५०,००० छुटको व्यवस्था गरिएको छ ।