काठमाडौं । साँग्रिला मोटर्स प्रालिले प्युजो पार्टनर इलेक्ट्रिक गाडी बजेट भन्दा अगाडीकै मूल्यमा बिक्री गर्ने भएको छ । सरकारले बजेट भाषणमा इलेक्ट्रिक गाडीको करका दर वृद्धि गरेपछि कम्पनीले प्युजो पार्टनस् टेपी इभी ५५ लाखमा बिक्री गर्ने जनाएको छ ।
प्युजो पार्टनर टेपीमा शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको छ जसले ६७ एच पी पावर, २०० एन एम टर्क, मात्र ४.२ सेकेन्डमा ३० देखि ६० किमि प्रति घण्टाको रफ्तार तथा ११० किमी प्रति घण्टासम्म गति लिन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै यसमा जडित २२ किलोवाट लियोन व्याट्रीले एक पटक चार्जमा १७० किलो मिटरसम्म गुड्न सक्छ ।
पार्टनर टेपी इभी ५ सिटे एमपिभीले वास्तवमै कम खर्चमा स्वचालित हुन्छ । यसमा भएको पछाडिका सिटहरु छुटाउन मिल्ने, फोल्ड गर्न मिल्ने तथा पूर्ण रुपमा झिक्न मिल्ने खालका छन् । पछाडिको सिटमा ३ जना आरामले सवारी गर्न मिल्छ । साथै सिट पछाडि फोल्ड गरी १३५० लिटर सम्म स्पेस पाउन सकिन्छ । सिटहरु झिकी यसले ३००० लिटर सम्म कार्गो रवुट स्पेस दिन्छ ।
यसको दुबै साइडमा भएको स्लाइडिङ्ग ढोकाले गर्दा चढ्न सजिलो हुनको साथै टाइट पार्किङ्ग एरिमा पनि पार्क गर्न सजिलो हुन्छ । २०० मि। मि ग्राउण्ड क्लियरेन्स भएको कारण कुनै पनि सडकमा गाडिको व्याट्रीले भुइ छोला भन्ने डर नलिई ढुक्क भई चलाउन सकिन्छ । यसलाई तपाईले व्यापारिक प्रयोजन जस्तै ट्रान्सपोर्ट तथा अन्य व्यवसाय जस्तै ट्राभल्स तथा टुर्समा पनि प्रयोग गर्न सकिन्छ ।
सुरक्षित एविएसस ब्रेक असिस्ट तथा पेसेन्जर र ड्राइभर को लागि साइड तथा कर्टेन एअर व्याग स्टानडर्डको रुपमा नै फिट गरिएका हुन्छन् । अरु फिचरहरुमा क्रुज कन्ट्रोल म्यानुअल एअर कन्डिसनिङ्ग तथा लिड डे टाइम रनिङ्ग लाइट्स, टच स्व्रिmन इन्फोटेन्मेन्ट सिस्टम डि ए बी डिचिटल रेडियो तथा रियर भ्यू क्यामरा सहित पार्किङ्, सेन्सर अटोमेटिक हेड लाईट्स् तथा रेन–सेसिङ्ग वाइपरस्, यस्को बहु आयामिक पाटो तथा ड्राइभिङ्ग अनुभवले बजेट मितव्ययी सबैको यो उचित रोजाइ बनेको छ ।
बजेट पूर्व ल्याएको यी गाडी स्टक रहुन्जेलको लागि यो मूल्य भएको कम्पनीले जनाएको छ । परिवार, होटेलहरु, ट्राभल एजेन्सीहरु, व्यापारिक प्रयोजनका उपयोगि भएको कम्पनीले जनाएको छ । प्युजो ग्रुपको पहिलो ईभी प्युजो पार्टनर ईभी सेप्टेम्बर २०१७ मा बिव्रmी वितरण शुरु भएको थियो र संसारभरी यसले सफलता हासिल गरेको थियो ।