काठमाडौं । कोरोना भाइरसको कारण विदेशमा समस्यामा परेका नेपालीहरुको उद्धारको जिम्मा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्सलाई दिएको छ । यस अघि नेपाली एयरलाइन्सले मात्र उडान गर्न दिने संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्रालयले अडान छाडेको हो ।
मन्त्रालयमा बुधबार अबेर सकिएको बैंठकले सबैभन्दा बढी उडान नेपाल एयरलाइन्सलाई २४, हिमालय एयरलाइन्सलाई १९ र विदेशी एयरलाइन्सलाई २४ उडान गर्न दिने निर्णय गरेको सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
यस्तो छ उडान तालिका
नेपाल एयरलाइन्सको वाइडबडीले ३२ गते बंगलादेशमा पहिलो उडान गरी नेपाली ल्याउनेछ । असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गरेर ल्याइनेछ ।
त्यस्तै, असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडानमार्फत चार्टर गरेर नेपाल ल्याइनेछ । असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान गरेर नेपाली ल्याइनेछ । असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक चार्टर उडान हुनेछ । त्यस्तै, असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान हुनेछ ।
असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ । असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछ । असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर नेपाल ल्याइनेछ । असार ९ गते जापान, माल्दिभ्स, युएई र युगान्डाबाट दुई–दुई चार्टर उडान हुनेछ । असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ । त्यसैगरी असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछ ।
यस्तो छ भाडादर
गन्तव्य अनुसारको भाडा (डलरमा)
दमाम (साउदीअबर) ५९०
रियाद ६३०
जेद्हा ७७०
जोर्डन ८१५
साइप्रस ८७५
नारिता ९३५
खार्तुन(सुडान) ९४०
फ्रयाङकफर्ट १२५५
लन्डन १३४०
बांगलादेश १६५
नयाँ दिल्ली २०५
मुम्बइ ३१०
बैगलोर ३३५
बैंकक ३९०
कम्बोडिया ४००
दुबइ ५००
आवुदाबी ५००
सारजाह ५००
माल्दिभ्स ५०५
ओमन ५१०
क्वाललम्पुर ५२०
दोहा ५४५
बहराइन ५४५
हङकङ ५५०
कुवेत ५७०