काठमाडौं । कृषिमन्त्री धनश्याम भूषालले बजेट अरु धेरैले सोचेभन्दा राम्रो भएपनि आफूले सोचेजस्तो नआएको बताएका छन् । उनले आफुले कृषिका क्षेत्रमा अघि बढाएका योजना पूरा गर्ने गरी बजेट नआएको बताए । कृषिमा नयाँ व्यवस्था बसाल्ने बेला भएको र बिचौलिया पूँजीबाद अर्थतन्त्रलाइ अन्त्य गर्न आफुले ठोस ५ आधार बनाएको बताए ।
कृषि क्षेत्रमा बनाएका र कार्यान्वयनमा जाने योजनाका लागि आवश्यक बजेट नभएको उनले बताए । ‘हो बजेटप्रति म सन्तुष्ट नभएकै हो । अरु धेरैले सोचेभन्दा राम्रो भएको छ । तर, मैले सोचेको जस्तो भएन् ।’
कृषिमा नयाँ सिस्टम र व्यवस्था बनाउने अवसर रहेको भूषालले बताए । कृषिको बिचौलियातन्त्रको अर्थतन्त्रलाइ ब्रेक कहाँबाट गर्न सकिन्छ भनेर मैले योजना बनाएको उनले बताए ।
दलाल पूँजीबादलाइ बदल्न ५ ओटा आधार बनाएर अघि बढाएको उनले बताए । कृषि र कृषकको बचत ग्यारेन्टी गर्न संघबाट दिइने अनुदान खारेज गर्ने योजना बनाएको उनले बताए । उत्पादनका साधन र सेवा सुविद्यामा अनुदान दिने र विचौलिया अर्थतन्त्रलाइ हटाउने योजना बनाइएको उनले बताए ।
जसले कृषि गर्छ उसले कृषिको अनुदान र कृषि कर्जाको सुविद्या पाउनुपर्ने उनको भनाइ छ । मुख्य बाली लगाउनुपूर्व समर्थन मुल्य तोकेको र किसानमा बढी भएको कृषि उपज सरकारले खरिद गर्ने उनले बताए ।
‘कृषि, सुनिश्चित बचत’ को नाराबाट नै बिचौलिया पूँजीबाद अन्त्य गर्ने गरी कृषिको योजना बनाइएको उनले बताए । कृषि मन्त्रालयले पछिल्लो ७ महिनाको अवधिमा कुनै पनि अनुदान र वित्तीय योजना अघि नबढाइएको उनले बताए ।
कृषिमा डेढ खर्बका नयाँ लगानीको योजना बनाइएको उनले बताए । आगामी भदौदेखि कृषक र कृषिको अभिलेखीकरण र सुचीकरण गर्ने उनले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा आफुले एक महिना अध्ययनमा लागेको बताए । सांसद प्रेम सुवालको कमिसन संस्थागत भएको बिषयमा उलने आफ्नो असहमति नरहेको बताए ।
मल कारखानाका बिषयमा लगानी बोर्डले अध्ययन गरेको भन्दै मन्त्री भूषालले मल कारखानाका लागि ग्याँस चाहिने र त्यो अहिले नै सम्भव नहुने बताए ।
किसान पेन्सन भनेर नारा लगाउने समय नभएकाले अब पहिला को किसान हो भनेर सुचीकरण गर्नुपर्ने बताए । मासुमा आन्तनिर्भर भएको भन्ने प्रसंगमा उनले मासु उत्पादनको बढी लागत हुने दानाको आयातमा विदेशकै भर पर्नुपर्ने उनले बताए । हिसावका आधार आन्तनिर्भर भयौं भन्ने कुरा गलत रहेको उनले बताए ।
अहिले नै कृषि निर्यातको कुरा अहिले नै सोच्नुभन्दा त्यो ५ वर्षपछि सोच्नुपर्ने अवस्था रहेको उनले बताए । अहिले गुणस्तरीय खाना, पोषण र गुणस्तरीय खाद्य वस्तुको उपयोगमा ध्यान दिनुपर्ने उनले बताए ।