काठमाडौं । कोरोना भाइरस महामारीले नेपालमा मानवीय र आर्थिक क्षति बढ्दै गएको छ । यतिबेला निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघमा निर्वाचनलाई लिएर पुनः विवाद र आरोप प्रत्यारोप देखिन थालेको छ ।
बजेटको पूर्वसन्ध्यामा अर्थतन्त्र उकास्न निजी क्षेत्र एकजुट भएर सरकारलाई सुझाव र दबाब दिने समयमा महासंघमा विगतमा जस्तै गुटबन्दीको गोलचक्करमा परेको छ । उद्योगी व्यवसायीको निजी स्वार्थले जिल्लामा रहेका र साना व्यवसायीहरु राहत र प्याकेज आउने बेला महासंघको किचलो सुनिरहेका छन् ।
पछिल्लो विवाद थियो । महासंघको भर्चुअल बैठकमा अध्यक्ष भवानी राणाले राखेको बाधा अड्काउ फुकाउको प्रस्ताव । अध्यक्षको प्रस्तावलाई ४ पदाधिकारीसहित १३ जनाले असमती जनाएर बैठक वहिस्कार गरे । चण्डीराज ढकाल, चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ र निरक केसीसहितले निर्वाचनको मिति तोक्नुपर्ने अडानमा थिए । निर्वाचन नहुने अवस्था आएमा त्यसको एक साताअघि वाधा अड्काउ फुकाउन निर्णय गर्न सकिने धारणा राखेका थिए । तर, दुवै पक्षको कुरा मिलेन र बैठक बस्न सकेन । अन्तत महासंघको भित्रि विवाद बाहिर आयो ।
यहि कारणले अहिले भवानी राणा एकातिर र ढकाल समूह अर्काेतिर जस्तो देखिएका छ । राणा यसअघि ढकाल समूहमा नै थिइन् । अहिले गोल्छासँग नजिक भएको ढकाल समूहले आरोप नै लगाइसकेको छ । अध्यक्ष राणाले भने आफू सन्तुलित रुपमा निर्णय गर्दै अगाडि बढेको बताउँदै आएकी छिन् । चण्डीराज ढकाल समूहमा नै रहेर राणाले विधान संशोधनको विपक्षमा उभिएकी थिइन् । लकडाउनअघिसम्म राणा गोल्छासँग पनि टाढा थिइन् । गोल्छाले एक कार्यक्रममा आफू नेतृत्वमा आएपछि महासंघको सबै अडिट गर्ने भनेको विषयलाई लिएर राणाले गोल्छासँग दूरी बढाएकी थिइन् ।
अध्यक्षको प्रस्तावलाई ४ पदाधिकारीसहित १३ जनाले असमती जनाएर बैठक वहिस्कार गरे । चण्डीराज ढकाल, चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ र निरक केसीसहितले निर्वाचनको मिति तोक्नुपर्ने अडानमा थिए । निर्वाचन नहुने अवस्था आएमा त्यसको एक साताअघि वाधा अड्काउ फुकाउन निर्णय गर्न सकिने धारणा राखेका थिए ।
बैठक र प्रस्तावका विषयमा बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भने मौनजस्तै बसेका छन् । उनी आफू यस विषयमा विवादमा आउन चाहेका छैनन् । तर, बैठक बस्नु एकदिन अघि नक्सालको म्यारियट होटलमा चण्डीराज ढकाल, चन्द्र ढकालसँग गोल्छाले ‘मिटिङ’ गरेका थिए । मिटिङमा उनले चुनावको मिति घोषणा गरेर जानुपर्ने बताएको स्रोत बताउँछ ।
जति छिटो निर्वाचन भयो उति चाँडै गोल्छा अध्यक्ष हुने हो, तर निर्वाचनको माहौल नभएको भन्दै उनले पछिल्लो पटक सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।
एकदम सामान्य विषयलाई लिएर पछिल्लो पटक चुनावको मिति घोषणा गर्ने र बाधा अड्काउ फुकाउको प्रस्तावलाई लिएर मतभेद देखियो । राणाको कार्यकाल गएको चैत अन्तिम सातामा नै सकिएको हो, कोरोनाले गर्दा मात्र लम्बियो । यस्तो बेला चुनावको घोषणा गरिदिएको भए पनि केही हुने थिएन । भोली माहौल भए चुनाव हुन्थ्यो नभए चुनाव फेरि सथ्र्याे । लकडाउन बढ्दै जाँदा र झन महामारीको समयमा चुनाव हुने कुरै थिएन । घोषणा गरेर बिग्रने पनि केहि थिएन । महासंघमा अनलाइन भोटिङ गर्ने प्रस्ताव पनि आउनुपथ्र्याे । प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्ने हो भने यो संभव पनि छ । पदमा जति लामो बस्यो उति विवाद बढ्दै जाने हो ।
कोरोनाको प्रभाव नेपालमा नपरेको भए गत चैत २८ र २९ गते महासंघको निर्वाचनसहितको साधारणसभा हुने थियो । अध्यक्षमा बरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्थाले गोल्छा स्वतः अध्यक्ष हुने थिए । कोरोनाले साधारणसभा अनिश्चित बनाएको छ । यहि अनिश्चितामा महासंघका पदाधिकारी र उद्योगी व्यवसायी साना केटाकेटीको झगडा भएको जस्तै पारामा उत्रे ।
महासंघमा गत कात्तिकसम्म विधान संशोधनको विषयलाई लिएर तिव्र मतभिन्नता भएको थियो । महासंघको मौजुदा विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरे पनि त्यो व्यवस्था फेर्न हुने र नहुने समूहबीच ‘गुटबन्दी’ जस्तै भएको थियो । चण्डीराज ढकालले विधान संशोधनको पक्षमा अभियान चलाए पनि शेखर गोल्छा समूहले गरेको प्रतिवादका कारण विधान संशोधन हुन सकेन । विधान संशोधन नहुने एउटै कित्तामा उभिए पनि निर्वाचनका कारण धु्रविकरण भने तिव्र छ ।
महासंघमा राजनीतिले यसरी फन्को मार्यो कि चण्डीराज ढकालसँग रहेर विधान संशोधनको पक्षमा दरिलो आवाज उठाएका किशोर प्रधान गोल्छा निकट भएर महासंघमा वरिष्ठ उपाध्यक्षमा लड्दै छन् । उता, निजी क्षेत्रको अर्काे संस्था नेपाल उद्योग परिसंघमा वरिष्ठ उपाध्यक्ष बन्न व्यवसायीले एक अर्कालाई आग्रह गरे । परिसंघमा मुलुकका प्रतिष्ठित र ठूला उद्योगीहरुको बाहुल्य छ । कुनै पनि विवाद नभएर चार महिनाअघि विष्णु अग्रवाल वरिष्ठ उपाध्यक्षमा चुनिए । परिसंघ, चेम्बर अफ कमर्शमा ठूला विवाद हुँदैन तर महासंघमा साना विवाद पनि सतहमा आइपुग्छ ।
महासंघमा भने नेतृत्वमा जान एकअर्काेलाई आरोप–प्रत्यारोपसम्म गरिरहेका छन् । विगतदेखिकै चरम गुटबन्दीले महासंघको छबी गतिलो छैन । चैतको निर्वाचन सर्दै गए पनि कोरोना महामारीबीच चुनावको सरगर्मी उस्तै छ । वरिष्ठ उपाध्यक्षमा प्रधानसँगै चन्द्र ढकाल चुनावी मैदानमा छन् । यसअघि ढकाल र प्रधान चण्डीराज ढकालको एउटै समूहमा रहेका थिए । एउटै समूहमा रहेका प्रधान विधान संशोधनका पक्षमा र ढकाल तत्काल विधान संशोधन हुनु हुँदैन भन्ने पक्षमा थिए । महासंघमा विधान संशोधनको बहस सकिएपछि प्रधान शेखर गोल्छा र पशुपति मुरारकाको साथ लिएर अहिले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दै छन् ।
गुटबन्दीको शृंखला
पछिल्लो पटक महासंघमा विवाद चण्डीराज ढकालका कारण भएको एकथरि व्यवसायीहरुको आरोप छ । ढकाल जहिले महासंघको केन्द्रबिन्दुमा रहन खोज्नु नै समस्या भएको केहि व्यवसायी बताउँछन् महासंघलाई ढकालको प्रभुत्वबाट टाढा राख्न मुरारका, गोल्छाको ‘टिमअप’ भयो । विधान संशोधन नभएपछि गोल्छा स्वतः अध्यक्ष हुँदै छन् । यही टिममा किशोर प्रधान वरिष्ठ उपाध्यक्ष लड्न लागेका हुन् ।
महासंघमा भने नेतृत्वमा जान एकअर्काेलाई आरोप–प्रत्यारोपसम्म गरिरहेका छन् । विगतदेखिकै चरम गुटबन्दीले महासंघको छबी गतिलो छैन । चैतको निर्वाचन सर्दै गए पनि कोरोना महामारीबीच चुनावको सरगर्मी उस्तै छ । वरिष्ठ उपाध्यक्षमा प्रधानसँगै चन्द्र ढकाल चुनावी मैदानमा छन् । यसअघि ढकाल र प्रधान चण्डीराज ढकालको एउटै समूहमा रहेका थिए ।
गत कात्तिकमा राजधानीको वल्र्ड ट्रेड सेन्टरमा विधान संशोधन गर्ने पक्षधरहरुको पत्रकार सम्मेलनमा गोल्छा र मुरारकाले चन्द्र ढकाललाई नजान र आफ्नो टिममा आउन आग्रह गरेका थिए । आफ्नो टिममा आएर वरिष्ठ उपाध्यक्षमा चुनाव लड्न दुईजनाको सुझाव ढकाललाई थियो तर उनी त्यो कार्यक्रममा गए । त्यसपछि ढकालको गोल्छा र मुरारकासँग दूरी बढेको देखिन्छ । यही दूरीका कारण गोल्छा र मुरारकाले प्रधानलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनाए । विराटनगरमा प्रधानको घोषणासभामा दुईजनाको उपस्थिति पनि भयो । त्यसअघि चन्द्र ढकालले गृहजिल्ला बागलुङमा गरेको चुनावी घोषणासभामा मुरारका र गोल्छा बागलुङ भएर पनि उपस्थिती जनाएनन् ।
प्रधान यसअघि गोल्छासँग वरिष्ठ उपाध्यक्षमा चुनाव लडेका थिए । त्यसबेला प्रधानलाई कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठको साथ थियो भने गोल्छालाई चण्डीराज ढकाल, पशुपति मुराराका र भवानी राणाको । प्रधान गोल्छासँग चुनाव हारे । जिल्ला, नगर उपाध्यक्ष रहेका प्रमोद श्रेष्ठ बेनी नगरपालिकाको मेयरमा उम्मेदवार भएपछि उनी महासंघबाट बाहिरिए र उनको ठाउँमा प्रधान उपाध्यक्ष छन् ।
त्यस्तै, विधान संशोधन गरेर भवानी राणालाई अध्यक्ष बनाउनका लागि शेखर गोल्छा, त्यसबेलाका बहालवाला अध्यक्ष पशुपति मुरारका र चण्डीराज ढकालको साथ थियो । भवानी राणाको टिममा शेखर गोल्छा, दिनेश श्रेष्ठ, उमेशलाल श्रेष्ठ, ज्ञानेन्द्रलाल प्रधान, चन्द्र ढकाल थिए ।
महासंघमा पदको राजनीति यस्तो भइदियो कि टिममै इगो उत्पन्न भयो । र, एकअर्काेलाई दोष लगाउने, आरोप–प्रत्यारोप गर्ने अवस्थासम्म आइपुग्यो । राणाकै टिममा रहेका ज्ञानेन्द्रलाल प्रधानले महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रमा आर्थिक अनियमितता भएको आरोप लगाए । भवानी राणा र ज्ञानेन्द्रलाल प्रधानको दूरी यही विषयले भयो । विवाद बढ्दै गएपछि प्रधानले २०७५ माघ १३ मा कोषाध्यक्ष पदबाटै राजीनामा दिए । अहिले उनी परिसंघको ऊर्जा प्रमुख भएका छन ।
अघिल्लो कार्यकालमा प्रदीपजंग पाण्डे अध्यक्ष भएपछि उनलाई हटाउन पुरानो मुद्दा ब्युँत्याइयो । नेतृत्वमा जान खोजिरहेका समूहले पाण्डेलाई समस्या पारेपछि उनी महासंघबाट बाहिरिए । त्यसपछिको कार्यकालको अध्यक्ष पशुपति मुरारका भए ।
महासंघमा गुटबन्दी विगतदेखि नै देखिन्दै आएको छ । विगतमा विनोद चौधरी र पद्य ज्योतिसमूहबीच विवाद यति चरम अवस्थामा पुग्यो कि त्यसले महासंघ विभाजन नै भयो । चौधरीले नयाँ संस्था नेपाल उद्योग परिसंघ नै स्थापना गरिदिए । परिसंघले राज्यका हरेक क्षेत्रमा आफनो बलियो उपस्थिती जनाइरहेको छ ।
महासंघमा पदको राजनीति यस्तो भइदियो कि टिममै इगो उत्पन्न भयो । र, एकअर्काेलाई दोष लगाउने, आरोप–प्रत्यारोप गर्ने अवस्थासम्म आइपुग्यो । राणाकै टिममा रहेका ज्ञानेन्द्रलाल प्रधानले महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रमा आर्थिक अनियमितता भएको आरोप लगाए । भवानी राणा र ज्ञानेन्द्रलाल प्रधानको दूरी यही विषयले भयो । विवाद बढ्दै गएपछि प्रधानले २०७५ माघ १३ मा कोषाध्यक्ष पदबाटै राजीनामा दिए ।
गुटबन्दीको बाछिटा अध्यक्षको चुनाव हुँदा हुने भएकाले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरिए पनि अध्यक्षको जस्तै गरी वरिष्ठ उपाध्यक्षको निर्वाचन हुने छ । यसअघिको गोल्छा र प्रधानबीचको निर्वाचन पनि त्यस्तै भएको थियो । पूर्वअध्यक्षहरुले पनि खुलेर एउटा उम्मेदवारलाई समर्थन गरेका कारण गुटबन्दी तीव्र देखिएको हो । आफू निकट व्यक्ति भए मात्र सर्वसम्मत हुने नत्र नहुने मुडमा पूर्वअध्यक्षहरु छन् ।
विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशी किशोर प्रधानको घोषणासभामा पुगेका थिए । त्यस्तै, सुरज वैद्य चन्द्र ढकालको घोषणासभामा गएका थिए । महेशलाल श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, पद्म ज्योतिका छोराहरु निर्वाचन लड्ने भएकाले यसमा पनि गुटबन्दीको असर देखिन्छ । सर्वसम्मति बनाउन प्रयास थाल्ने पूर्वअध्यक्षमध्ये रविभक्त श्रेष्ठ मात्र कुनै प्यानलमा खुलेका छैनन् ।
यस्तो छ अहिलेको ‘टिमअप’
महासंघको निर्वाचनका लागि ‘प्यानल सेट’ भइसकेको छ । चन्द्र ढकाल र किशोर प्रधान वरिष्ठ उपाध्यक्षका लागि चुनावी मैदानमा उत्रिँदा उनीहरुसँगै अरु आकांक्षीले पनि तयारी थालेका छन् । चन्द्र ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ उठ्दै छन् । श्रेष्ठ अहिले पनि वस्तुगत उपाध्यक्ष नै हुन् । वरिष्ठ उपाध्यक्षमा जाने तयारी गरे पनि उनले ढकाललाई सहयोग गरेर अगाडि बढेका छन् । त्यस्तै ढकाल समूहमा नै रहेर जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी चुनाव लड्दै छन् भने एसोसिएटतर्फ रामचन्द्र संघाईले उम्मेदवारी दिएका छन् ।
त्यस्तै प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ चुनाव लड्दै छन् । जिल्ला, नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतिले चुनाव लड्ने घोषणा गरेका छन् । जिल्ला, नगर उपाध्यक्षमा कुनै पनि प्यानलमा नरहेर चुनाव लड्ने घोषणासहित अरुण सुमार्गी जिल्ला दौडाहामा छन् । यो निर्वाचनमा उनको रणनीतिको पनि अर्थ रहन्छ ।