साधारणसभा सम्बन्धी वाधा अड्काउ फुकाउनका लागि अध्यक्षले नेपाल उद्योग वाणिज्य महासंघको स्थायी समितिको बैठक बोलाउनु भएको थियो । बैठकमा मुल विषयलाई विषयान्तर गरेर वाधा अड्काउ फुकाउने मात्र प्रस्ताव गरेपछि यसमा अधिकाँश साथीहरुको विमति रह्यो । धेरैजसो सदस्य साथीहरुले अध्यक्षको एजेन्डामा भएको कुरामा विमति जनाएका हुन ।
एजेन्डा नै सही नभएका कारण महासंघको बैठकमा हाम्रो सहभागिता नभएको हो र हामीले यस विषयमा लिखित धारणा पनि दर्ज गराएका छौं । पहिला चुनाव चैत २९ गतेलाई तोएिको थियो । कोरोना भाइरसको महामारी फैलिन थाल्यो । यसबीचमा हामीले आफनो तर्फबाट तयारी गरिसकेका थियौं । केही साथीहरुले उम्मेदवारीको मनोनयनपत्र दर्ता समेत गरेका थिए ।
कोरोना संक्रमण फैलिने डरले चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी (लकडाउन) आदेश जारी गर्यो । त्यसबेला चुनावको प्रक्रिया खुला थियो । लकडाउन बढ्दै गएपछि कार्यकारणी समितिको बैठक बसेर जेठको ७ र ८ गते साधारणसभाको मिति तोकियो । त्यसबीचमा कोरोना संक्रमण बढ्न थाल्यो, निर्वाचन हुने संभावना देखिएन । अनिश्चित कालका लागि साधारणसभा रोकियो । हामीले एक पटक असारको अन्तिमतिर मिति तोकेर चुनाव अघि बढाऔं भनेर प्रस्ताव गरेका हौं । हुने अवस्था आयो भने चुनाव गरौं र नहुने अवस्था आयो भने नगरौं भनेका छौं । यस विषयमा हामीले जबरजस्ती गरेको छैन ।
सरकारले त्यत्तिका सांसद राखेर संसद बैठक गरिरहेको छ । हाम्रो पनि ५/६ सय जना नै हुन्छन । कोरोना संकटकाबीच दक्षिण कोरियामा राष्ट्रिय चुनाव समेत भएको छ । लकडाउन निरन्तर भयो भने पनि विशेष अनुमति लिएर साथीहरूलाइ यहाँ ल्याउन पनि सकिन्छ । त्यतिमात्र हैन अनलाइनबाट मतदान पनि गराउन सकिन्छ । यति कुरा गर्दा हामीलाई पदमा जान आतुर भएको भनेर बाहिर प्रचार गरियो । मेरो कुरा गर्नुहुन्छ भने म त्यही पदमा चुनाव लड्दै छु, मलाई कुनै आतुर पनि छैन । समय परिस्थितले हुन नसक्ने अवस्था आयो भन्ने बल्ल वाधा अड्चन फुकाउने हो भन्ने हाम्रो धारणा हो । म महासंघको विद्यानको ज्ञाता हैन, तर पनि ३ महिनापछि अन्यौलको अवस्था देखिन्छ भन्ने मलाई जानकारी छ ।
हामीलाई पदमा जान आतुर भएको भनेर बाहिर प्रचार गरियो । मेरो कुरा गर्नुहुन्छ भने म त्यही पदमा चुनाव लड्दै छु, मलाई आतुर पनि छैन । समय परिस्थितले हुन नसक्ने अवस्था आयो भन्ने बल्ल वाधा अड्चन फुकाउने हो भन्ने हाम्रो धारणा हो । म महासंघको विद्यानको ज्ञाता हैन, तर पनि ३ महिनापछि अन्यौलको अवस्था देखिन्छ भन्ने मलाई जानकारी छ ।
असारको अन्तमा ३ महिना सकिने छ । यसपछि हामी भ्यालिड रहन्छौ कि रहन्नौं वा सस्पेन्डेडमा जान पनि सक्छौं या भंग हुन्छ यस विषयमा म जानकार छैन । महासंघको कार्यसमिति सर्वशक्तिमान हुने कुरा छ रे, यो मलाई थाहा छैन, महासंघ भोली त्यो अवस्थामा नजाओस । देशभरी सञ्जाल फैलिएको छ, ५४ वर्ष पुुरानो महासंघमा व्यथिति नहोस भन्ने मेरो भनाई हो । तोकिएको समयभन्दा एक दिन बढी पदमा वस्न मलाई मात्र हैन अध्यक्षलाई पनि छैन होला ।
याे कोभिडले निम्त्याएको समस्या हो, यसलाई केहीले राजनीति पनि भने, तर म मान्न तयार छैन, किनभने राजनीतिक भन्दा फरक कुरा हो यो । शेखरजी चैत २९ गते अध्यक्ष भइसक्नु पर्ने हो, उहाँको आफनै पीडा होला, चन्द्रजी जित्छु भनेर हिड्नु भएको छ, हामी उहाँको साथमा छौं, उहाँलाई पनि पीडा होला । म त्यही ठाउँमा छु, पीडा त मलाई पनि छ ।
म महासंघको उपाध्यक्षमा निर्वाचित भएको गएकाे चैत २९ गतेसम्मलाई हो । कोरोनाका कारण बस्नु परेको हो । मैले केही अनलाईन मिडियामा पढे, याे भर्सेस त्यो, त्यो भर्सेस यो भन्ने कुरा पनि आयो, म यसलाई त्यसरी लिन्न, यो स्वभाविक कुरा हो । वाधा अड्चन फुकाउने कुरा एक्कासी किन आयो ? मलाई आश्चर्य लागेको छ । ५० दिन बाँकी हुँदाहुँदै बाधा अड्चन फुकाउनु हुन्छ कि हुदैन ? धेरै मित्रहरुले यस्ताे प्रस्ताव नल्याउन सल्लाह दिएका थिए, तैपनि किन आयो बुझन सकिएन । बैठकमा सामेल भएर कुरा गर्ने पनि त्यही हो भनेर उपस्थिती हुन मात्र किन जाने ? भनेर म बैठकमा नगएको हो ।
शेखरजी चैत २९ गते अध्यक्ष भइसक्नु पर्ने हो, उहाँको आफनै पीडा होला, चन्द्रजी जित्छु भनेर हिड्नु भएको छ, हामी उहाँको साथमा छौं, उहाँलाई पनि पीडा होला । म त्यही ठाउँमा छु, पीडा त मलाई पनि छ । म महासंघको उपाध्यक्षमा निर्वाचित भएको अस्तिको चैत २९ गतेसम्मलाई हो । कोरोनाका कारण बस्नु परेको हो ।
५० दिन बाँकी भएका बेला बाधा अड्चन फुकाउने जरुरी पनि छैन, ५ दिन बाँकी रहँदा बाधा अड्चन फुकाए हुन्छ । चुनावको विषयमा मेरो प्रष्ट धारणा छ, यदी सकिन्छ भने चुनाव गर्नुपर्छ । यदी कोही साथीहरु आउन सक्नु भएन भने उहाँहरुलाई ईभोटिङ गराउन सक्छौं । ३ वर्षपछि अध्यक्ष बनाउन भनेर निर्णय गरिसकेका छौं । उहाँको पीडा पनि हामीले बुझनुपर्छ । यद्यपी उहाँले यसमा समर्थन गर्नु भएको छैन किन हो बुझन सकिएन । समयानुसार रोटेसन हुने संस्था राम्ररी चल्छ, वाधा आएमा समस्या आउछ यो कुरा सबैले बझनु पर्छ ।
यो महासंघ मेरो हैन, म निमित्त पात्र हुँ, साथीले रोजेर ३ वर्षका लागि मलाई महासंघमा पठाएका हुन । महासंघले गरेको राम्रा र नराम्रा कामको जिम्मेवारी मेरो टाउकामा पनि आउँछ, चाहे म निर्णयका बेला हुँ वा निर्णय गर्ने बेला नहोऔं, राम्रा कामको जस मैले पनि पाउँछु, नराम्रा कामको अपजस लिनुपर्छ ।
बाधा अड्चन फुकाउन पर्याप्त कारणहरु चाहिन्छ । हामीले जेठ ७ र ८ गते महासंघको ५४ औं साधारणसभा र भोलिपल्ट निर्वाचन गर्ने भनेर सूचना दिएका थियौ, कोरोना महामारीले हुन सकेन । ५० दिन बाँकी रहँदा बाधा अड्चन फुकाउने ? प्रयास गर्दागर्दै नभएको कुरा सिद्ध हुनुपर्यो, देखिनु पर्यो, सबै सन्तुष्ठ हुनुपर्छ । सदस्यहरुले मनपरि गर्न पाइन्छ ? भनेर हामी सबै उपाध्यक्षलाई प्रश्न गरेका छन । ७ ओटा प्रदेश मध्ये ६ ओटाका अध्यक्षहरु आउनु भएन कारण के हो त ? कुनै पनि संघसंस्था सदस्यबाट निर्देशित हुन्छ ।
हामी १९ जना स्थायी समितिमा छौं, तीमध्ये १३ जनाले उपस्थिती जनाउनु भएन र लिखित रुपमा एजेन्डाहरु गलत छ भनेर जवाफ पठाउनु भएको छ, त्यसमा म पनि सम्मिलित छु । एक जना प्रदेशका अध्यक्षले पनि एजेन्डा गलत भएको भन्दै फरक मत राखेर जानु भयो रे भन्ने कुरा आयो । संस्थाहरु लोकतान्त्रिक प्रक्रिया र विधिअनुसार चल्नुपर्छ ।
मैले सोधे वाधा अड्काउ फुकाउने एजेन्डा ल्याउनु किन पर्यो ? जब विधान डिफल्ट हुन्छ भने फुकाउनु पर्छ, तर ५० दिन अघि फुकाउनु पर्छ भन्ने हैन । चुनाव साउनमा गर्नुपर्ने अवस्था आयो भने ठिक छ वाधा अड्चन त्यसबेला फुकाउने हो अहिले हैन ।
‘भिजन’ भएको एक युवाले महासंघ नेतृत्व गर्दै छ । शेखरजी राम्रो नेतृत्व गर्ने क्षमता भएको व्यक्ति हो, उहाँका जति पनि व्यवसाय छन ती सबै फस्टाएका छन । उहाँको केन्द्रीय नेतृत्व राम्रो भएर सबै व्यवसाय फस्टाएका हुन । हामीलाई पनि शेखरजीको नेतृत्व हेर्नु छ । त्यस कारण हामीले चुनाव चाहेको हो, चुनाव नहुन्जेल उहाँ वरिष्ठ उपाध्यक्ष मात्र रहनु हुने छ ।
वाधा अड्चन फुकाए पनि उहाँ वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । हामी उहाँको शुभेच्छुक हौं, त्यसैले कहिले पनि शेखर गोल्छा ठिक छैन भनेका छैननौ । ३ वर्षअघि शेखर ठिक अहिले वेठिक भन्न मिल्छ ?, मिल्दैन । यस विषमा चर्चा गर्न म आवश्यक ठान्दिन ।
‘भिजन’ भएको एक युवाले महासंघ नेतृत्व गर्दै छ । शेखरजी राम्रो नेतृत्व गर्ने क्षमता भएको व्यक्ति हो, उहाँका जति पनि व्यवसाय छन ती सबै फस्टाएका छन । उहाँको केन्द्रीय नेतृत्व राम्रो भएर सबै व्यवसाय फस्टाएका हुन । हामीलाई पनि शेखरजीको नेतृत्व हेर्नु छ । त्यस कारण हामीले चुनाव चाहेको हो, चुनाव नहुन्जेल उहाँ वरिष्ठ उपाध्यक्ष मात्र रहनु हुने छ ।
महासंघको स्थायी समितिको बैठकले कोभिडपछि सरकारले हामीलाई राहात दिएमा वा नदिएमा कसरी अघि बढ्ने भनेर तातो विषयमा छलफल गर्नुपर्ने थियो । अस्ति प्रधानमन्त्रीले निजी क्षेत्रलाई राहात दिन्छौ भन्नु भएको छ, त्यसमा हामी आशावादी छौं । कोभिडपछि सरकारको सहयोगमा हामी के गर्ने ? वा सरकारबाट सहयोग भएन भने कसरी लड्ने ? भन्ने विषयमा छलफल हुनुपथ्र्यौ ।
अत्यावश्यक बाहेक ठुला उद्योग धरासायी भएका छन । अहिले उत्पादन बेच्नु भन्दा पनि बजारबाट पैसा कसरी उठाउने भन्ने चिन्ता छ । कर्मचारीहरुलाई तलव कसरी खुवाउने भन्ने चिन्ता बढेको छ । भारतले ठाउँ ठाउँमा खोल्यो, यहाँ हामीकहाँ लकडाउन खोल्ने आँट आएन । काठमाडौंमा कतिओटा केस छ ? जिम्मेवारीका साथ काठमाडौंलाई खोल्न सकिन्छ ।
सरकारले ४४ ओटा उद्योग खोल्ने निर्णय गर्यो, हामी उद्योगी अति खुशी भयौं, उद्योग खुल्यो, उत्पादन पनि भयो तर, माल कसले किन्ने ? माल कहाँ भण्डारण गर्ने ? यस्ता खालका हास्यसपद निर्णय सरकारबाट हुनुहुदैन थियो । पहिलो चरणमा खुद्रा व्यापारलाई सावधानिपूर्वक खोल्नुपर्छ भन्ने मेरो सुझाव हो ।
(श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन )