कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ । भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन (बन्दाबन्दी) गरिरहेको छ । लकडाउनका कारण नेपालको मात्र हैन, विश्वकै अर्थतन्त्र धराशयी बनिरहेको छ । अहिले विश्वका अधिकांश मुलुकका एयरलाइन्सका जहाज ग्राउन्डेड छन् । भाइरसको कारण अहिले सबभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको छ ।
योसँगै भाइरसकै कारण अहिले विदेशमा रहेका लाखौँ नेपालीहरु बेरोजगार भएका छन् । बेरोजगारको संख्या बढेसँगै नेपालमा आउने रेमिट्यान्स घटिरहेको छ । विश्वका अधिकांश मुलुकमा अहिले बन्दाबन्दी छ । यसको प्रभावले अर्थतन्त्र चलायमान हुन सकेको छैन र अर्थतन्त्र शिथिल हँुदै गएको छ । विदेशबाट १० लाखभन्दा बढी नेपाली बेरोजगार भएर फर्किंदै छन् ।
लकडाउनकै कारण ९० प्रतिशतभन्दा बढी उद्योगहरु बन्द छन् । लामो समयसम्म उद्योगधन्दाहरु बन्द हुँदा श्रमिकलाई कसैले पनि तलब दिन सक्ने अवस्था छैन । जति राजपत्रमा लेखे पनि उद्योगी व्यवसायीको वास्तविकतालाई बुझ्न आवश्यक छ ।
लकडाउनलाई कहिलेसम्म लम्बाएर लग्ने र यसको प्रभाव कस्तो हुन्छ भन्नेबारे विश्व नै अलमलमा छ । नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन । अहिले राजस्व घटिरहेको छ । लकडाउनकै कारण ९० प्रतिशतभन्दा बढी उद्योगहरु बन्द छन् । लामो समयसम्म उद्योगधन्दाहरु बन्द हुँदा श्रमिकलाई कसैले पनि तलब दिन सक्ने अवस्था छैन । जति राजपत्रमा लेखे पनि उद्योगी व्यवसायीको वास्तविकतालाई बुझ्न आवश्यक छ ।
अर्को, बैंकको सावाँ–ब्याज तिर्न सक्ने अवस्था छैन । यसले एकातिर बेरोजगारी र भोकमरीको अवस्था सिर्जना हुन सक्छ भने अर्कोतर्फ बैंकिङ समस्या उत्पन्न हुने अवस्था छ । किनकि, ऋणीहरुले सावाँ–ब्याज तिर्न नसकेपछि अहिले नेपालको लगानीको ५० प्रतिशत रकम व्यक्तिगत निक्षेप (बचत र मुद्दती) बाट लगानी भएको छ । त्यसलाई त ब्याज दिनैप¥यो, नत्र समस्या हुन्छ । त्यसैले यो समस्यालाई राज्यले कसरी हेरेको छ भन्ने हो ।
अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा क्षमतावान हुनुहुन्छ । अहिलेसम्मका अर्थमन्त्रीहरुमध्ये डा. भेषबहादुर थापापछिको मेरा लागि सबभन्दा सक्षम अर्थमन्त्री हो, खतिवडा । त्यसैले उहाँले केही न केही उपायहरु निकाल्नुहुन्छ ।
विश्व बजारकै मूल्यमा नेपालमा एयरलाइन्सहरुले पनि इन्धन भर्न पाए भने हामी पनि उस्किन्छौँ । किनकि, अहिले कोलकत्तामा हवाई इन्धनको मूल्य नेपाली ३६ रुपैयाँमा बिक्री गरिरहेको छ भने नेपालमा ७५ रुपैयाँ तोकिएको छ ।
हवाई क्षेत्रभित्रका पनि आ–आफ्नै समस्या छन् । हेलिकप्टरको छुट्टै समस्या छ भने दुर्गम क्षेत्रमा उड्ने जहाजको समस्या भिन्नै छ । हाम्रा समस्या पनि अर्कै छन् । त्यसका लागि सामूहिक रुपमा भन्दा हवाई इन्धनको मूल्य विश्व बजारमा जतिमा चलेको छ, त्यही मूल्यमा नेपालमा पाउनुपर्छ । यदि विश्व बजारकै मूल्यमा नेपालमा एयरलाइन्सहरुले पनि इन्धन भर्न पाए भने हामी पनि उस्किन्छौँ । किनकि, अहिले कोलकत्तामा हवाई इन्धनको मूल्य नेपाली ३६ रुपैयाँमा बिक्री गरिरहेको छ भने नेपालमा ७५ रुपैयाँ तोकिएको छ ।
चीनले कोरोना भाइरसपछि हवाई इन्धनमा ५० प्रतिशत अनुदान दिएको छ । त्यसले गर्दा अहिले चीनमा आन्तरिक उडान गत वर्षभन्दा अहिले दुई प्रतिशतले बढेको छ ।
अब मुलुकभित्र निराशा मात्र जगाउने हो भने निकै भयावह अवस्था आउन सक्छ । त्यसकारण जसले, जहाँबाट सक्छ, त्यहाँबाट आशाका किरणहरु प्रारम्भ गर्नुपर्छ । मुलुकले बेरोजगारी समस्या थेग्न मुस्किल पर्ने अवस्थामा आर्थिक गतिविधि पुनस्र्थापना हुने नयाँ अवसरको खोजी थाल्नुपर्छ । हामीसँग अवसर छ किनकि चीन र भारत दुवै सिमाना जोडिएका गन्तव्य हुन् । बीचमा कुनै अर्को मुलुकमा ट्रान्जिट नगरी सीधै पर्यटक नेपाल आउन सक्छन् ।
अब चीन र भारतका नागरिकलाई तत्काल बेलायत, अमेरिका र अस्ट्रेलियाका गन्तव्य सहज हुने छैनन् । हिजो दुई लाख चिनियाँ आइरहेकामा घुमफिर गर्न नपाएर उकुसमुकुस भएका १० लाख पर्यटक नेपाल आउने सम्भावना त छ नि । हामीले त्यो अवसरलाई सम्भावनामा बदल्न सक्छौँ ।
ढिलो–चाँडो लकडाउन खुल्नैपर्छ । लकडाउन खोलेर चहलपहल बढाउनैपर्छ । यही अवस्थामा कसरी बस्ने भन्ने हो । विदेशबाट फर्कन चाहनेहरुलाई तत्काल फर्काउनैपर्छ । नेपालीलाई नेपाल फर्कन दिन्न भन्नु मुर्खता हो । त्यो सम्भव छैन । त्यसैले हवाई इन्धनलाई अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार समायोजन गर्नैपर्छ ।
नेपालभित्र विद्युत् उत्पादन खपतभन्दा माथि भइसकेको अवस्थामा अब विद्युतीय चुल्हो र यसको प्रयोगलाई अधिकतम प्राथमिकता दिनुको विकल्प छैन । हवाई उद्योग बचाउँदा पर्यटन बच्छ । त्यस कारण बजेटमा हाम्रो एक मात्र माग हवाई इन्धनको मूल्य कटौती होस् भन्ने नै हो ।
हवाई इन्धनको मूल्य समायोजन हुनेबित्तिकै एयरलाइन्सको फेयर (हवाई भाडा) स्वतः घट्छ ।
कोरोनाबाट विश्वमा सबभन्दा बढी प्रभावित पर्यटन क्षेत्र भयो । नेपालमा पनि पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । यसले करोडौँ मानिसको रोजीरोटी गुमेको छ । खर्बौं डलरको व्यवसाय नोक्सानी भएको छ ।
अन्तर्राष्ट्रिय उडानमा रहेका एयरलाइन्सहरुले इन्धनको मूल्य घटे पनि भाडा नघटाउन सक्छन् तर आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुको भने अवश्य पनि भाडा घट्छ । कोरोनाबाट विश्वमा सबभन्दा बढी प्रभावित पर्यटन क्षेत्र भयो । नेपालमा पनि पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । यसले करोडौँ मानिसको रोजीरोटी गुमेको छ । खर्बौं डलरको व्यवसाय नोक्सानी भएको छ ।
के अब हामी यथास्थितिमै क्षति भयो, माथि उठ्नै सकिन्न भन्ने सोचमै बसिरहने हो त ? दुःखेसो मात्र गर्ने हो त ? या अब केही सिर्जनशील काम गरेर वा त्यो खाले योजना ल्याएर पुनरुद्धारको बाटोमा जाने हो ? अबको चुनौती त्यसतर्फ रहेको छ । नेपालमा पर्यटन अहिले शून्यमा छ । यसमध्ये पदयात्रा वा साहसिक पर्यटकीय गतिविधि तत्काल माथि उठ्ने सम्भावना छैन । त्यसकारण अब पहिलो काम आन्तरिक पर्यटन र त्यसमा पनि बिदा पर्यटनलाई प्राथमिकता दिनुपर्छ ।
नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययनमा पर्यटन क्षेत्रबाट करिब २ लाख ७५ हजारको प्रत्यक्ष रोजगारी गुम्ने अवस्था आएको देखाएको छ । तर, पर्यटनमा पर्ने असर कुखुरा उत्पादकदेखि पाउरोटी उत्पादन गर्ने व्यक्तिसम्मलाई पर्छ । फर्निचर निर्माणदेखि भाँडावर्तनसम्मको व्यवसाय यसबाट प्रभावित हुन्छ । त्यसकारण अप्रत्यक्ष रुपमा एकसाथ ठूलो क्षेत्रमा पर्यटनमा आएको मन्दीको प्रभाव देखिन्छ ।
काठमाडौ“बाट आन्तरिक पर्यटकका लागि सबभन्दा सहज दुई गन्तव्य छन्, पोखरा र चितवन । अनौपचारिक तथ्यांकअनुसार काठमाडौँबाट पोखरा र चितवनमा मात्र करिब ३० प्रतिशत आन्तरिक पर्यटक जान्छन् । लकडाउनपछि पहिलो चरणमा यी तीन गन्तव्यबाट पर्यटनलाई जगाउन सक्छौँ र त्यो सम्भव पनि छ ।
अब कोरोनाबाट बच्ने प्रतिरक्षात्मक निर्देशिका बनाउनुपर्छ र यसलाई संस्कृतिकै रुपमा अगाडि लैजानुपर्छ । किनकि, लकडाउनपछि कोरोना महामारीभन्दा अगाडिको जस्तो अवस्थामा तत्काल पुग्न सकिँदैन । अब महामारीबाट बच्ने एक मात्र उपाय भनेको प्रतिरक्षा अपनाउनु हो ।
पर्यटन व्यवसायमा निर्देशिका बनेका छन् । यसको अक्षरशः पालना हुनैपर्छ । यसको अनुगमन पनि कडाइका साथ हुनुपर्छ ।
हामीले आन्तरिक पर्यटन स्थापना गर्नैपर्छ । त्यसपछि क्रमशः बाह्य पर्यटक आकर्षित गर्नेतर्फ लाग्नुपर्छ । किनकि, हरेक समस्याले सम्भावना पनि बोकेर ल्याएको हुन्छ । हामी दुई ठूला छिमेकी मुलुकको बीचमा अवस्थित छौँ ।
बुद्ध एयरले पूर्ण सुरक्षा निर्देशिकाअनुसार कार्यान्वयनमा जान्छ । होटल, बोटिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ, रेस्टुरेन्ट, हात्ती सफारीलगायत सबै पर्यटकीय गतिविधिको छुट्टै निर्देशिका आवश्यक पर्छ । अबको मुख्य लक्ष्य नै हाम्रो गतिविधिका माध्यमबाट कोरोना नसरोस् भन्ने हुनुपर्छ । कोही व्यक्ति बिरामी छ भने ऊ घरबाट बाहिर निस्कनु भएन, व्यक्ति आफै“ सचेत हुनुपर्छ ।
हामीले आन्तरिक पर्यटन स्थापना गर्नैपर्छ । त्यसपछि क्रमशः बाह्य पर्यटक आकर्षित गर्नेतर्फ लाग्नुपर्छ । किनकि, हरेक समस्याले सम्भावना पनि बोकेर ल्याएको हुन्छ । हामी दुई ठूला छिमेकी मुलुकको बीचमा अवस्थित छौँ ।
भारतबाट वार्षिक ४ करोड र चीनबाट वार्षिक १० करोड मानिस अहिले घुमघाममा निस्कन्छन् । यो संख्याको थोरै अंश मात्र नेपाल ल्याउन सकियो भने पनि हाम्रा लागि ठूलो उपलब्धि हुनेछ । त्यसकारण अब हामीले पहिलो चरणमा तीन वटा गन्तव्य (पोखरा, चितवन र काठमाडौँ) लाई कोरोनामुक्त बनाउन र यहाँ सञ्चालनमा रहेको गतिविधिले यसको संक्रमण बढ्दैन भन्ने आश्वस्त बनाउने गरी तयारी थालौँ ।
राज्य सञ्चालनका लागि कर, भन्सार र अन्तःशुल्क सबै असुल हुनुपर्छ । हिजोका दिनमा जहाजका स्पेयर पार्टस्हरुमा लगाउँदै आएको भ्याट न्यायोचित भएन भनेर भनिरहँदा आजका दिनमा त्यो भन्न सक्ने अवस्था छैन । किनकि, राज्यको आम्दानीको स्रोत नै त्यही हो । त्यसैले हामी व्यवसायीले सरकारलाई कर तिर्नुपर्छ । अझ भारतले गरेजस्तो मदिरा र धूमपानमा शतप्रतिशत अन्तःशुल्क बढाए पनि हुन्छ ।
पहिलो चरणमा कम्तीमा तीन वटा सहरलाई त हामी पूर्ण सुरक्षित राख्न सक्छौँ । किनकि, थाइल्यान्ड र कम्बोडियाले अगस्तपछिका लागि अनौपचारिक रुपमा चिनियाँ पर्यटकको बुकिङ सुरु गरिसकेका छन् । यो बाटोमा क्रमशः हामी पनि जानैपर्छ । सुरक्षित गन्तव्यका रुपमा नेपालले पर्यटकीय गतिविधि सुरु गर्नुको अर्को विकल्प छैन । त्यसकारण बुद्ध होलिडेजमार्फत हामीले पहिलो चरणमा काठमाडौँबाट पोखरा र चितवनमा लकडाउनपछिको होलिडे प्याकेज सुरु गर्दै छौँ । यसबाट हामीले पर्यटन उठ्दै छ है भन्ने सन्देश पनि प्रवाह गर्नुपर्छ ।
राज्यले अहिले कर, भन्सार मिनाहा गर्नुपर्छ भन्ने कुरा मलाई पनि मान्य छैन । कर र भन्सार मिनाहा गरियो भने राज्य कसरी सञ्चालन हुन सक्छ ? त्यसैले म यसका विरुद्धमा छु । राज्य सञ्चालनका लागि कर, भन्सार र अन्तःशुल्क सबै असुल हुनुपर्छ । हिजोका दिनमा जहाजका स्पेयर पार्टस्हरुमा लगाउँदै आएको भ्याट न्यायोचित भएन भनेर भनिरहँदा आजका दिनमा त्यो भन्न सक्ने अवस्था छैन । किनकि, राज्यको आम्दानीको स्रोत नै त्यही हो । त्यसैले हामी व्यवसायीले सरकारलाई कर तिर्नुपर्छ । अझ भारतले गरेजस्तो मदिरा र धूमपानमा शतप्रतिशत अन्तःशुल्क बढाए पनि हुन्छ ।
(क्यापिटल म्यागजिनबाट)