विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जब कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गर्यो, त्योसँगै विश्वकै अर्थतन्त्रमा नयाँ हलचल ल्यायो । कोरोना महामारीका कारण संसारका ठूला अर्थतन्त्रहरुले आफ्नो योजना, राहत र प्याकेज घोषणा गरिरहँदा हामीकहाँ भर्खर भाइरसको प्रवेश हुँदै थियो । अहिले विश्वका कतिपय मुलुक सामान्य अवस्थामा फर्किन तयारी गरिहँदा हामी बल्ल कोभिड–१९ सँग जुध्न लागिरहेका छौं ।
संसार ठप्प पारेर कोरोनाले मानवीय र आर्थिक रुपमा ठूलो असर पुर्याइरहेको छ । कोरोनाले दैनिक मजदुरी गर्नेदेखि ठूला उद्योग, बैंक तथा वित्तीय संस्थालाई नराम्रोसँग प्रभाव पारिरहेको छ । कोरोनाको ‘चेन इफेक्ट’ ले चौतर्फी प्रभाव पार्दा बैंकका साना ग्राहकदेखि ठूला उद्योग र परियोजना सञ्चालन गरेकाहरु पनि समस्यामा परेका छन् । जब उनीहरु समस्यामा पर्छन्, बैंक पनि स्वतः समस्यामा परिहाल्छन ।
अहिले बजारमा उधारो दिने चलन बढि छ । कोरानोको प्रकोपभन्दा अगाडिको उधारो पनि बजारमा छ, त्यो नै उठ्न समस्या छ । त्यसैमाथि कोरानोले थपिदिएको भार अर्को छ । २/३ महिना ग्याप भयो, सामानहरु आयात भएको छैन । त्यसैले सरलरुपमा पूर्ति हुँदैन। भारतबाट आउने सामानहरु पनि सजिलोसँग आपूर्ति भएको छैन । कोरोना खुलेपनि पनि सामान्य हुन दुई महिनाको ग्याप रहन्छ ।
खाद्यान्न, फलफूल, तरकारी, मेडिकल सामानलगायतको व्यापार अहिले ठिकै छ । तर, अरु धेरै क्षेत्रहरु झन्डै तीन महिनादेखि ठप्प छ । होटल र पर्यटन क्षेत्र त तहसनहसकै अवस्थामा छ । बजारमा ठूला पसल र व्यवसाय नखुल्दा समस्या जटिल बन्दै गएको छ । उद्योग र कलकारखानामा उत्पादन बन्द हुँदा बजारमा बस्तु पुग्ने कुरै भएन । सुरक्षाको उपाय अपनाएर उत्पादन गरे पनि ढुवानीको समस्या र वितरणमा अवरोध छ । त्यसैले यस्ता क्षेत्रहरु खुलेर व्यापार भए पनि पैसा आउन दशैं अगाडि कठिन छ ।
अहिले बजारमा उधारो दिने चलन बढि छ । कोरानोको प्रकोपभन्दा अगाडिको उधारो पनि बजारमा छ, त्यो नै उठ्न समस्या छ । त्यसैमाथि कोरानोले थपिदिएको भार अर्को छ । २/३ महिना ग्याप भयो, सामानहरु आयात भएको छैन । त्यसैले सरलरुपमा पूर्ति हुँदैन। भारतबाट आउने सामानहरु पनि सजिलोसँग आपूर्ति भएको छैन । कोरोना खुलेपनि पनि सामान्य हुन दुई महिनाको ग्याप रहन्छ ।
सामान आपूर्ति भइराख्यो भने पैसाको रोटेसन पनि भइराख्छ । तर, आपूर्तिमा समस्या हुनासाथ बाँकि पैसा नदिइ अरु सप्लायर खोज्न जाने अहिलेको ट्रेण्ड छ । नयाँ सप्लायरलाई पनि थोरै पैसा दिएर सामान लिन्छ । यसले पैसाको ‘रोटेसन’लाई असर पुर्याउँछ । पैसा बजारमा नआएपछि बैंकसम्म पनि आउँदैन ।
त्यसरी नै ठूल्ठूला आयोजनाहरु सुचारु भइरहेका भए पनि आफ्नो क्षमता अनुसार काम भइरहेका छैनन् ।५/६ सय कामदारहरुले काम गरिरहेको आयोजनामा लकडाउनका कारण कामदार घर फर्किदा निक्क थोरै मात्र बाँकी छन् । अब सरकारले आयोजना सञ्चालन गर्न भने पनि कामदार घरबाट निर्माणस्थलसम्म फर्कन समस्या छ । यसरी प्रोजेक्ट साइटमा काम न्युन मात्रामा भइरहेको छ । स्थानीयहरुले पनि कोरोनाको डरले बाहिरको कामदारलाई आउन अवरोध गरिरहेका छन् ।
सञ्चालनमा रहेका आयोजनाहरुले कामदारहरुलाई खाना खुवाउन आवश्यक सामग्री पनि सहज पुर्ति भएको छैन । भैरहवा, वीरगञ्ज सामान्य होला तर अन्य ठाउँहरुमा असहजता भइरहेको छ । यसले प्रोजेक्ट सम्पन्न गर्न बढि समय लाग्ने देखिन्छ । काम गरे पछि मात्र बिल पेश गर्ने र सोहि अनुसार पैसा पाउने हो । आधा कामको आधारमा पैसा आउँदैन । यसले गर्दा पनि पैसा रोकिने देखिन्छ ।
अब उद्योगहरुको कुरा गर्नुपर्दा स्टिल, सिमेन्टजस्ता उद्योगहरुमा बैंकको लगानी धेरै छ । अहिले सबै प्रकारका उद्योग लकडाउनको मारमा छन् । भैरहवातिर केहिमा काम भइरहेको छ । निश्चित उद्योग क्षमताभन्दा कममा चलिरहेका छन् । उत्पादन छैन, बजारमा पुग्ने संयन्त्र छैन । यहाँ पनि समस्या छ । जसको फलस्वरुप निर्यात हुने सामान पनि उत्पादन हुन सकेको छैन । ठूलो परिमाणमा निर्यातको माग भएता पनि उत्पादन हुन नसक्दा उद्योगी व्यवसायीहरु टाउकोमा हात राखी बस्नुपरेको छ । पस्मिना, कपडालगायतका बस्तु युरोपियन राष्ट्रहरुबाट माग भए पनि उत्पादन नहुँदा माग फिर्ता जाने डर भएको छ ।
उद्योगहरुको कुरा गर्नुपर्दा स्टिल, सिमेन्टजस्ता उद्योगहरुमा बैंकको लगानी धेरै छ । अहिले सबै प्रकारका उद्योग लकडाउनको मारमा छन् । भैरहवातिर केहिमा काम भइरहेको छ । निश्चित उद्योग क्षमताभन्दा कममा चलिरहेका छन् । उत्पादन छैन, बजारमा पुग्ने संयन्त्र छैन । यहाँ पनि समस्या छ । जसको फलस्वरुप निर्यात हुने सामान पनि उत्पादन हुन सकेको छैन ।
जलविद्युत आयोजनाहरुको काम पनि जुन गतिमा हुनुपर्ने हो त्यसरी भइरहेको छैन । आयोजना ढिलाई हुँदा लागतमा परिवर्तन हुने, खर्च बढ्ने हुन्छ । जसको फलस्वरुप पुनःभुक्तानिको अवधि पनि बढ्छ । सिमेन्टको बजारमा मुल्य घटिरहेको छ तर माग छैन । कतिपय सिमेन्ट उद्योगहरुमा कोइलाजस्ता कच्चा पदार्थ नपाउँदा उद्योग नै बन्द हुन पुगेको छ ।
अहिले कुनै पनि क्षेत्रमा लगानीको प्रतिफल तत्कालै आँउछ भन्ने अवस्था छैन । अब बैंकलाई कसरी सस्टेन र सर्भाइभ गराउने भन्ने कुरामा जोड दिनु जरुरी छ । ग्राहक सस्टेन र सर्भाइभ भएमा बैंक पनि सस्टेन र सर्भाइभ रहन्छ । त्यहीअनुसार हामीले पनि ग्राहकलाई के कस्तो छ भनेर बुझ्ने काम गरेका छौ । सक्नेलाई ब्याज राख्न आग्रह पनि गरेका छौं । जति ढिला गरेपनि ब्याज त तिर्न पर्ने हुन्छ, नसक्नेलाई समय दिएका छौं ।
हामीले दवाब दिदा ग्राहकले यस्तो बेलामा हात उठाइदियो भने के गर्ने ? त्यसैले हामीले लिलाम गर्ने वा अन्य केहि कदम चाल्ने भन्ने सोचेका छैनौ । यो ग्राहकलाई पेलेर जाने र उसको सम्पत्ति लिलाम गर्ने बेला पनि होइन । ग्राहकलाई सस्टेन गराए हामी पनि सर्भाइभ हुन्छौ । आउने बजेटका लागि आवश्यक सुझाव हामीले बैंकर एसोसियसन मार्फत राष्ट्र बैंकलाई दिइसकेका छौं ।
सरकारलाई पनि गाह्रो छ, कर छुट दिनु भन्न पनि मिल्दैन, देश चलाउन पनि पैसा चाहिन्छ, विकासका काम गर्न पनि पैसा चाहिन्छ, स्रोत केहि छैन । बैंकले पनि अब नयाँ ऋण लगानी गर्ने सोच गरेको छैन जति ऋणीहरु छन् त्यसैलाई सस्टेन गर्ने सोच मात्र छ ।