मुम्बई, एजेन्सी । प्राइभेट इक्विटी फण्ड केकेआरले डलर अर्बपति मुकेश अम्बानीको मोवाइल कम्पनी जीओ टेलिकम लिमिटेडको २.३२ प्रतिशत स्वामित्व खरिद गरेको छ ।
केकेआरले जीओमा ११ हजार ३६७ करोड भारु लगानी गरेको हो । मुकेशले जीओ प्लेटफार्मको स्वामित्व बिक्री गरेको यो पाँचौ पटक हो । उनले ऋण तिर्नका लागि अझै जीओको सेयर बेच्ने भएका छन ।
एक सातअघि मात्र मुकेशले जनरल एटलान्टिकलाई १.३४ प्रतिशत स्वामित्व बिक्री गरेका थिए । यो समेत गरेर ५ नयाँ कम्पनीहरुले ७८ हजार ५६२ करोड भारु लगानी गरको दी इकोनोमिक्स टाइमले जनाएको छ ।
मुकेश अम्बानीले चौथो पटक बेचे जीओ टेकिमको स्वामित्व, जनरल एटलान्टिकले किन्यो सेयर
यसअघि अमेरिकी कम्पनी फेसवुक इंक, सिल्भर लेक र भिस्टा इक्टिी पार्टनरले जीओको स्वामित्व खरिद गरिसकेका छन । यसपछि जीओको इक्टिी भ्यालु ४.९१ लाख करोड, इन्टरप्राइज भ्यालु ५.१६ लाख करोड भारु रहेको छ । मुकेशले जीओ प्लेटफर्मको १७.१२ प्रतिशत स्वामित्व बिक्री गरेका छन ।
भारतमा जीओका ३८ करोड ८० लाख ग्राहकहरु छन । भिस्टाले मे ८ मा २.३२ प्रतिशत सेयर ११ हजार ३६७ करोड, अमेरिकाको प्राइभेट इक्टि फर्म सिल्भर लेकले १.१५ प्रतिशत ५ हजार ६५५ करोड भारु र फेसवुकले ९.९९ प्रतिशत ५ अर्ब ७० करोड अमेरिकी डलरमा जीओको स्वामित्व खरिद गरेको थियो ।
माउ कम्पनी रिलायन्स इन्डष्ट्रिज लिमिटेडले ऋणको पासोमा परेपछि मोचनका लागि मुकेशले धमाधम विदेशी साझेदार भित्राउन थालेका हुन । आगामी सन २०२१ सम्म रिलायन्सले ऋण तिर्ने योजना बनाएको छ ।