कोरोना भाइरसले नेपालको मात्र हैन, विश्वकै पर्यटन क्षेत्र डामाडोल छ । हामीले यसलाई भयंकर ठूलो समस्याको रुपमा लिनुपर्ने अवस्था छैन । मानिसहरुलाई अहिले भ्रमण नगरी नहुने वानीको विकास भइसकेको छ । भोक मेटाउन खाना खाएजस्तै दिमाग र मनको शान्तिका लागि फरक फरक स्थानको भ्रमण गर्नुपर्छ ।
भ्रमण नगरी एउटा कोठामा मात्र बस्न सक्दैन । त्यसैले कुनै न कुनै बेला मानिसमा घुम्ने तलतल आउछ । कोरोनाले विश्वभर अर्बौ मान्छेहरुलाई बन्धक बनाएर राखेको छ । अहिले रोगको त्रासले उकुसमुकुस भएर बसिरहेका छन् । जब कोरोना नियन्त्रण आउछ, त्यसपछि सबै जना घरबाहीर निस्कन थाल्छन् । त्यो बेला उनीहरुलाई कहाँ जाउँ, कतै घुंमौ भन्ने आउँछ ।
घरमा महिनौसम्म गुम्सिएर बसेकाहरुलाई कहिले प्रकृतीको काखमा पुगौं र खुला आकाशमुनी शीतल हावामा खेलौं भन्ने भावना आउनु स्वाभाविक हो । कोरोनाको कारणले थुप्रै मान्छेहरु अहिले साच्चै मरिन्छकी भन्ने डर त्रासमा छन् । अन्य मानसिक तनाव पनि झेलिरहेका छन् ।
लकडाउन अबको २/३ महिनापछि खुल्छ । त्यो बेला युरोप र अमेरिकाको पर्यटक नेपालमा तत्कालै नआउन सक्छ । तर, नजिकका मुलुक चीन र भारतबाट पर्यटक नेपालमा आउछन् । विश्वको सबैभन्दा ठूलो आर्थिक क्षमता बोकेको दुई देशका पर्यटकहरु मात्र नेपालमा आए भने तत्कालका लागि हामीलाई पुग्छ ।
जब सामान्य अवस्थामा आउछ, तब उनीहरुले दोस्रो जीवन प्राप्त गरेको महसुस गर्न थाल्छन् । आफुलाई भगवानले बचाएको भन्दै हिन्दु धर्मलम्बीहरु पशुपतिनाथ जान्छन् भने बुध्द धर्म मान्नेहरु लुम्बिनीमा जान थाल्छन् । त्यसैले अब धार्मिक पर्यटनको सम्भावना नेपालमा अत्यन्त राम्रो छ ।
लकडाउन अबको २/३ महिनापछि खुल्छ । त्यो बेला युरोप र अमेरिकाको पर्यटक नेपालमा तत्कालै नआउन सक्छ । तर, नजिकका मुलुक चीन र भारतबाट पर्यटक नेपालमा आउछन् । विश्वको सबैभन्दा ठूलो आर्थिक क्षमता बोकेको दुई देशका पर्यटकहरु मात्र नेपालमा आए भने तत्कालका लागि हामीलाई पुग्छ ।
तर, यो बेला आन्तरिक पर्यटनका लागि आवश्यक पूर्वधार निर्माणदेखि नयाँ नयाँ गन्तव्यको खोजिमा लाग्नुपर्छ । त्यसका लागि सरकारले भ्रमण वर्ष २०२० को लागि विनियोजन गरेको रकमलाई यहाँ खर्च गर्न सकिन्छ । लकडाउनले पर्यटकीय गतिविधि बढाउन आवश्यक पूर्वधार निर्माणदेखि नयाँ गन्तव्य पहिचानको लागि राम्रो अवसर दिएको छ । यो अवसर संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र विभिन्न पर्यटन सँग सम्बन्धित संघ सस्थाले लिन आवश्यक छ ।
अहिले नेपालको पर्यटकीय स्थल भनेकै पोखरा, लुम्बिनी र लुक्ला भन्ने मात्र छ । अब नयाँ ठाउँको खोजि गरेर प्रचारमा लागौं । कर्णाली, ढोरपाटन, वालिङ, दोलखाको कालिञ्चोक, जिरी, शैलुङलगायतका क्षेत्रमा रहेका झरना, हिमाल ताललाई समेटेर पुस्तक प्रकाशन, भिडियो निर्माण गरियो भने लकडाउपछि प्रचार गर्न सहज हुन्छ । किन की आन्तरिक पर्यटन भनेकै अन्तर्राष्ट्रिय पर्यटनको जग हो ।
जग विना आन्तरिक पर्यटनको विकास हुदैन । अहिलेसम्म पर्यटन विकास योजनाबाट भएको छैन, अब योजना बनाउने बेला भएको छ । हाम्रो देशमा पहिला विकास हुन्छ र त्यसपछि योजना बन्ने गरेको छ । त्यसैले यो अवधिमा आन्तरिक पर्यटनको जग बनाउन आवश्यक छ ।
यो बेला आन्तरिक पर्यटनका लागि आवश्यक पूर्वधार निर्माणदेखि नयाँ नयाँ गन्तव्यको खोजिमा लाग्नुपर्छ । त्यसका लागि सरकारले भ्रमण वर्ष २०२० को लागि विनियोजन गरेको रकमलाई यहाँ खर्च गर्न सकिन्छ । लकडाउनले पर्यटकीय गतिविधि बढाउन आवश्यक पूर्वधार निर्माणदेखि नयाँ गन्तव्य पहिचानको लागि राम्रो अवसर दिएको छ ।
त्यसैले अहिले २०/३० लाख पर्यटकको पछि दौडिनु भन्दा पहिला आवश्यक जग बनाउ । जग बलियो भयो भने ३० लाख हैन ५० लाखदेखि १ करोडसम्मै पर्यटक ल्याउन सकिन्छ । सिंगापुरले बार्षिक ५० लाख पर्यटक ल्याउन सक्छ भने नेपालले किन सक्दैन ? किन की सिंगापुरको जग बलियो छ ।
त्यहाँ पर्यटनका लागि आवश्यक पूर्वधारहरु तयार छन् । तर, हामीकहाँ त्यो किसिमको पूर्वधार नै छैन । पहिला पूर्वधार निर्माणको लागि योजना बनाएर लगानी बढाउनु पर्छ । नेपाललाई ताल ,गुफाको देश भनेर प्रचार गरिन्छ तर, ती सबै ताल र गुफाको नाम नै थाहाँ छैन । अहिले हाम्रोमा खाली अन्नपूर्ण बेस क्याम मात्र भनेर प्रचार गरिन्छ, लाङटाङ बेस क्याम्पको पनि प्रचार गरौं ।
नेपालमा चौरासी बेन्जनको खाना पाइन्छ, यहाँ पर्यटकहरुलाई दाल भात मात्र खुवाउने गरिएको छ । अब, गाउँ गाउँमा पाइने रैथाने खानाहरुको अध्ययन गरेर प्रचार गर्नुपर्छ । नेपाली खाना र परिकार विश्वमा प्रचार गर्न आवश्यक छ । नेपालमा पाइने फापरको खाना जापानको सबैभन्दा महंगो खाना बनेको छ, तर नेपालमा त्यसको कुनै महत्व नै दिइएको पाइदैन् ।
पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रमा डिग्री गरेका युवाहरुलाई तीन महिना देशभरी भएका ऐतिहासीक, सामाजिक र सास्कृतीक महत्व भएका स्थानहरुको अध्ययन गरेर डकुमेन्ट्री बनाउनु पर्छ । नेपालमा ८१७ प्रजातीका चराचुरुङीहरु छन्, यो संसार भरकै सबैभन्दा बढी हो । संसारमा नभएका हिमालहरु, तालहरु छन् तर, अध्ययन भएको छैन । त्यसैले यी सबै विषयको अध्ययन गरेर विश्वलाई लक डाउनपछि उपहार स्वरुप दिन सक्नुपर्छ ।
नेपालमा चौरासी बेन्जनको खाना पाइन्छ, यहाँ पर्यटकहरुलाई दाल भात मात्र खुवाउने गरिएको छ । अब, गाउँ गाउँमा पाइने रैथाने खानाहरुको अध्ययन गरेर प्रचार गर्नुपर्छ । नेपाली खाना र परिकार विश्वमा प्रचार गर्न आवश्यक छ ।
आन्तरिक पर्यटनलाई सम्पन्न ठाउँबाट विपन्न ठाउँमा ट्रान्सफर गर्नुपर्छ । आन्तरिक पर्यटन भनेको विकासको ढोका खोल्ने साँचो हो । सरकारले पहिलो पटक मनाएको भ्रमण वर्ष १९९८ को संयोजक म थिए । त्यो बेला भ्रमण वर्ष भनेको केहो रु कुन चराको नाम हो भन्ने थियो ।
त्यो अघि पर्यटन क्षेत्रको विकासका लागि कुनै योजना बनेको थिएन । मानिसहरु विदामा घुम्न जानुपर्छ भन्ने वानि कसैलाई थिएन । त्यो बेला विदामा घरमै बस्थे । भ्रमण वर्ष सुरु भएपछि मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाने प्रचलन सुरु भएको छ । अहिले त विदा भनेकै घुम्नका लागि हो भन्ने भइसकेको छ ।