काठमाडौं । बिहीबार साँझदेखिको अविरल वर्षाका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ । वर्षापछि आएको बाढी, पहिरो र डुबानले ८ जना घाइते र ५ जना बेपत्ता भएका छन ।
हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाले जनाले ज्यान गुमाएका छन् । वर्षापछि आएको बाढी र पहिरोले अर्बौ रुपैयाँको क्षति पुर्याएको अनुमान गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।
राजधानीको मुलपानीमा ढिस्को खसेर घर भत्कँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षिया शर्मिला यादव उनका १० वर्षिया छोरा कुन्दन र मितु यादव छन । उनीहरु बारा घर भएका उनीहरु मुलपानी बस्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी गराए ।
अविरल वर्षाका कारण पहिरोमा परी खोटाङमा एकै परिवारका ३ जनाको मृत्यु हुनाका साथै १ जना घाइते भएका छन्। । मृत्यु हुनेमा खोटाङ गाउँपालिका २ का रेखा राई, रोमन राई र रोहन राई हुन् । घरमै रहेका बेला पहिरोले पुरिएका बेपत्ता उनीहरुको शव फेला परेको छ । पहिरोमा परि ३० वर्षिय विष्णुकुमार राई घाइते भएकी छिन । उनको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
काभ्रेमा हजुरआमा र नातिनीको मृत्यु भएको छ । काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन्। घटनामा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाकी बालिका अनुष्का दंगाल भने घाइते भएका काभ्रेका एसपी जयराम सापकोटाले जनाए ।
भोजपुरमा पनि २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका ७ का ६६ वर्षिया जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका १४ वर्षीय जनक बिक छन्। । राईको पानीको भेल घरभित्र पस्दा पर्खाल भत्किँदा च्यापिएर, बिकको शौच गर्ने क्रममा पहिरोले पुरिएर मृत्यु भएको गृहले जानकारी दिएको छ ।
ललितपुरको बागमती गाउँपालिका २, बगुवाका ११ वर्षीय सुरज जिम्बा पहिरोमै पुरिएर मृत्यु भएको छ । सोही गाउँपालिकाको वडा नम्बर ३ मा गुडिरहेको बा४ख ८६४ नम्बरको गाडीमा ढुंगा खस्दा ३५ वर्षीय दीपक घले घाइते भएका छन ।
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३ ३ जनाले ज्यान गुमाएका छन ।रातुखोलामा आएको बाढीले महोत्तरीम बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षिय हनिफ बैठालाई रातो खोलाले बगाएक छ ।
मोरङ, सुनसरी, इलाम र पाँचथरमा पनि एक एक जना बेपत्ता भएका गृह मन्त्रालयले जनाएको छ ।विभिन्न ठाउँमा ४ सय घरपरिवार विस्थापित भएका छन ।