काठमाडौं । लक डाउनका कारण मुलुकको सम्पूर्ण क्षेत्रनै बन्द भएपनि बैदेशिक रोजगार व्यवसायीहरुको बिबाद भने छताछुल्ल भएको छ । केहि दिन अघि संघका अध्यक्ष विष्णु गैरेलाई सम्बोधन गर्दै निर्वतनमान अध्यक्ष रोहन गुरुङले सामाजिक संजालमा पत्र लेखेका थिए । उनले कोरोनाका कारण वैदेशिक रोजगार व्यवसाय नै समस्यामा परेको भन्दै तत्काल धरौटी रकम बापतको ५० लाख फिर्ता गराउन पहल किन नगरेको भन्दै प्रश्न गरेका थिए । सो पत्रको जवाफमा वर्तमान अध्यक्ष गैरेले निवर्तमान अध्यक्ष गुरुङलाई पत्र मार्फत आफ्नो कार्यकालमा सम्झन लायक के के काम गर्नुभयो भनेर प्रतिप्रश्न गरेका छन् ।
यस्तो छ अध्यक्ष गैरेको पत्र
तपाईले सामाजिक सञ्जाल मार्फत मलाई संवोधन गरि पठाउनु भएको पत्रको सम्वन्धमा संघको ध्यानाकर्षण भएकाले यो पत्र पठाएको छु ।
१. तपाई यस संघको एउटा जिम्मेवार सदस्य, निवर्तमान अध्यक्ष र संघको सल्लाहकारभएको नाताले तपाई यस व्यवसायको सम्वन्धमा अन्य व्यवसायी भन्दा वढि जिम्मेवार र जानकार रहे भएको हुने पर्ने र तपाईको अनुभव, ज्ञान, विद्धता र सल्लाहले संघ, संघको कार्य समिति, वैदेशिक रोजगार व्यवसायी र समग्र वैदेशिक रोजगार क्षेत्र लाभांन्वित हुनुपर्ने हो ।
तर कार्य समतिलाइ सल्लाह दिनको सट्टा तपाईले आफनो अनुभव, ज्ञान र विद्धता संघ, वैदेशिक रोजगार व्यवसाय र व्यवसायीको हित, कल्याण र उन्नतीमा नलगाई संकटको यसघडिमा सस्तो लोकप्रयिता हासिल गर्ने, तपाईको भन्दा फरक राजनैतिक विचार राख्ने समुहवाट निर्वाचित भएकाले वर्तमान कार्य समितिलाई लाञ्छित गर्ने, आफनो कुण्ठा अभिव्यक्त गर्ने कार्यमा खर्च गर्नु भएको महसुस संघले गरेको छ ।
२. तपाई वैदेशिक रोजगार व्यवसाय, व्यवसायी, कामदार र राष्ट्र हितमा रहे भएको भए आफनो ज्ञान र सिप र अनुभवलाई अनावश्यक रुपमा मिडियावाजी गर्न, सस्तो लोकप्रयिता पाउन, तपाई भन्दा फरक राजनैतिक विचार राख्ने कार्य समितिलाई लाञ्छित गर्न र आफनो कुण्ठा अभिव्यक्त गर्ने कार्यमा खर्च नगरि वैदेशिक रोजगार व्यवसाय र कामदारको हित प्रवद्र्धन गर्ने कार्यमा खर्च गर्नु हुनेछ भन्ने आशा गरिन्छ । तपाईको नियत र उद्धेश्य तपाईका आगामी कार्यहरुले तय गर्ने नै छन।
३. तपाईले विज्ञप्तीमा प्रयोग गर्नु भएको भाषा र शव्दहरु व्यवसायी र व्यवसाय प्रति अपमान पुर्ण र लाञ्छना लगाउने रहेको देखिन्छ । व्यवसायी र व्यवसाय प्रति तपाईको धारणा यहि हो ? संघको सदस्य, निवर्तमान अध्यक्ष र सल्लाहकार रहेको व्यक्तिले किन व्यवसाय र व्यवसायी प्रति आक्षेप लगाउने अपमानजनक शव्द, भाषा प्रयोग गर्नु भएको हो ? यस्ता शव्द र भाषा प्रयोग गर्नुको कारण स्पष्ट गर्नु होला ।
४. व्यवसायीको योगदानलाई आम नागरिक र सरकार सकारात्मक रुपमा लिन चाहदैनन
५. अपारदर्शी लेनदेन
६.फ्रि भिषाको नियमलाई संरक्षण गरेर
७. ठगको तक्मा भिरेर
८. वैदेशिक रोजगार आवश्यक छैन
१०.म्यानपवार सवै ठग हुन ? ”
११. पुरानो वाजागाजा सहित ठगीको रथमा सवार दुलाहा राजा वनेर अफिस खोल्न जान पर्ने
१२. निम्न प्रश्नको जवाफ दिनु भएमा यस संघलाई कार्य गर्न र व्यवसायीको हितमा गर्न सहयोग पुग्ने विश्वास लिईएकाले यि विषयहरुमा स्पष्ट गरि दिनु हुन अनुरोध गरिन्छ ।
१३. तपाई अध्यक्ष रहेको कार्य समितिमा तपाईले आस्था राख्ने राजनैतिक दलका सदस्यहरु पदाधिकारी र सदस्यहरु रहनु भएको थियो भने सरकार पनि तपाईहरुले आस्था राख्ने राजनैतिक दलको नै थियो । त्यस समयमा तपाईले सरकार, मन्त्री, नेता र तपाईले आस्था राख्ने दलसंग सहयोग र समन्वय गर्नु भयो भएन ? सहयोग समन्वय गर्नु भएको भए व्यवसाय र व्यवसायीको हितमा के कस्ता कार्य गर्नु गराउनु भयो ?
१४. व्यवसाय र व्यवसायीको हित हुने के के नितिगत सुधार गर्नु गराउनु भयो ?
१५. व्यवसाय र व्यवसायीको हितमा के के कानुनी सुधार गर्नु गराउनु भयो ?
१६. नेपालमा कतार भिषा सेन्टर लागु गर्न तपाईको सक्रियता र भुमिका थियो भनि पत्र पत्रिका, सामाजिक सञ्जालका आएका, सुनिएका विषय प्रमाणित नभई संघले विश्वास गर्दैन तर मलेशीया वन्द हुदा, मलेशीया र यु ए।ई। संग श्रम सम्झौता गर्दा, नेपालमा कतार भिषा सेन्टर लागु गर्दा संघमा कसको नेतृत्व थियो ? यि कार्यहरुमा व्यक्तिगत रुपमा तपाईको र संघको कार्य समितिको भूमिका के थियो ? मलेशीया रोजगारी किन वन्द गरियो ? मलेशीया वन्द गराउन, खुलाउन वा मलेशयिाका भेण्डर परिवर्तन गर्नलाई भएका ‘खेल ’ मा तपाईको भूमिका थियो थिएन ? यि कार्यहरु हुदा सरकार कुन दलको थियो ?
निवर्तमान अध्यक्ष तथा सल्लाहकार ज्यु,
तपाई हामी सवै वैदेशिक रोजगार व्यवसायमा आवद्ध छौं । यो व्यवसाय मर्यादित, व्यवस्थित, सुरक्षित र पारदर्शी भएमा तपाई हामी सवैको ईज्जत मान प्रतिष्ठा वढने भएकाले यस व्यवसायमा आवद्ध सवै व्यवसायीको हित हुने कार्यमा हामी विच सल्लाह सहकार्य र एकता गरेर अघि वढौं अनावश्यक रुपमा राजिनती गरेर एक अर्कालाई दोष लगाउन र आफु हिरो हुन होईन ।
यो पनि पढ्नुहोस्
म्यानपावर व्यवसायीका निवर्तमान अध्यक्ष गुरुङको वर्तमान अध्यक्ष गैरेलाई प्रश्नै प्रश्न.. ?