केही दिनअघि जापानको टोकियोंिस्थत सिन्जुकुमा नेपालीहरुको गु्रप फाइट भयो । घटनामा एक नेपालीको टाउकोमा गम्भीर चोट लागेपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक युवतीसहित ४ जनालाई पक्राउ ग्यो । जापानका सञ्चारमाध्यमहरुका अनुसार ३० वर्षीय युवतीसँग केही हप्ताअघि भएको विवादका विषयमा उनीहरुबीच झगडा भएको थियो । नेपालीहरुले स्थापना गरेको टोकियो ब्रदर्श नामक ग्रुपका सदस्य रहेका उनीहरुले आरोप भने अझै स्वीकारेका छैनन् ।
ग्याङ फाइट कान्डमा ४ नेपाली पक्राउ पर्नुपूर्व ट्रेनको लिकमा साइकल राखेको आरोपमा प्रहरीले एक जना नेपालीलाई नै पक्राउ गरेको थियो । अभियुक्तले मदिरा सेवन गरी साइकल ट्रेनको लिकमा राखेको स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले समाचार प्रकाशन प्रसारण गरे । जापानमा नेपाली पक्रउ पर्ने क्रम यतिमै सीमित छैन । गत जुलाई ३ तारिख नक्कली कागजपत्र पेस गरी सवारी चालक अनुमतिपत्र लिएको आरोपमा २८ वर्षीय प्रकाश अर्याल र ३५ वर्षीय गणेशप्रसाद अर्याल पक्राउ परेका छन् । उनीहरुले नेपालको नक्कली लाइसेन्स र आवश्यक कागजपत्र पेस गरेर जापानको सवारी चालक अनुमतिपत्र लिएको प्रहरीले आरोप लगाएको छ । त्यसभन्दा अघि पनि एक नेपाली र एक जापानी नागरिकलाई अवैधानिक ढड्डले सवारी चालक अनुमतिपत्र निकालेको आरोपमा पक्राउ गरिएको थियो ।
जापानमा नेपाली पक्राउ पर्ने क्रम रोकिएको छैन । यसै साता जापानको क्युस्यु क्षेत्रमा पर्ने फुकुओकामा गैरकानुनी रुपमा काम लगाउने गरेको आरोपमा एक युवतीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जापानको अध्यागमनले स्वीकृति बेगर कानुनविपरीत काम गर्ने र गराउने भन्दै वर्क परमिट पाएका ४ जना नेपालीसहित ८ जनालाई पक्राउ गरेको हो ।
डर लाग्दो लाइसेन्स कान्ड
जापानमा सवारी चालक अनुमतिपत्र प्राप्त गर्न नेपालीहरुका लागि दुई मात्र विकल्प छन् । एउटा स्वदेशको सवारी चालक अनुमतिपत्र शो गरेर तोकिएको परीक्षा पास गर्ने र अर्को सुरुबाटै अध्ययन गरेर यहीँको प्रक्रियाअनुसार गर्ने । नेपालीहरुका लागि यहा“को प्रक्रिया अलि झन्झटिलो छ । किनभने यहा“ ड्राइभिङ सिकाउने स्कुल हुन्छन् । ड्राइभिङ स्कुलमा भर्ना भएपछि कम्तीमा छ महिना लिखित र प्रयोगात्मक दुवै विषयमा अध्ययन गर्नु पर्ने हुन्छ । स्कुललाई विद्यार्थीले लिखित र प्रयोगात्मक दुवै परीक्षा उत्तीर्ण गर्न सक्छ भन्ने नलाग्दासम्म ड्राइभिङ सिकेको प्रमाणपत्र हातमा पर्दैन । प्रमाणपत्र हातमा नपर्दासम्म लाइसेन्स विभागले लिने लिखित र प्रयोगात्मक परीक्षामा भाग लिन पाइँदैन ।
भाषाको अभाव र झन्झटिलो प्रक्रिया, त्यसैमाथि आर्थिकरुपमा पनि महँगो पर्ने भएकाले ‘शून्य’बाट सुरु गर्ने प्रक्रिया अधिकांश नेपालीको रोजाइमा पर्दैन । यसरी जा“दा १०० ओटा प्रश्नमा ९५ ओटा मिलाउन पर्ने भएकाले पनि यसतर्फ नेपालीको ध्यान खासै जा“दैन । यसरी ‘शून्य’बाट लाइसेन्स निकाल्दा करिब ४ लाख रुपैया“ खर्च हुन जान्छ । यो प्रक्रियामा लाइसेन्स प्राप्त गर्ने सम्भावना न्यून भएकाले नेपालीहरु नक्कली लाइसेन्स झिकाएर या बनाएरै भए पनि जापानको लाइसेन्स सजिलोसँग बनाउन चाहन्छन् । नेपालको लाइसेन्स भएको खण्डमा १० ओटा प्रश्नमा ८ ओटा मिलाए पुग्छ । र यसरी लाइसेन्स निकाल्न १ लाखसम्म लाग्दछ ।
यसरी लाइसेन्स निकाल्न सजिलो हुने भएकाले पछिल्लो समय नेपालीहरु नक्कली कागजपत्र पेस गरी लाइसेन्स निकाल्ने गरेको आरोपमा धमाधम पक्राउ पर्न थालेका हुन् । नेपालको यातायात व्यवस्था विभागले वितरण गरेको पुरानो लाइसेन्सलाई जापानले अस्वीकार गर्न थालेको धेरै भइसकेको छ । कतिसम्म भने स्मार्ट लाईसेन्स शो गर्दा पनि जापानले लाइसेन्स नक्कली होइन भन्ने व्यहोराका धेरै कागजपत्रहरु खोज्दछ । विगतमा नेपालको लाइसेन्स र यहा“को ड्राइभिङ स्कुलको प्रमाणपत्र भएको खण्डमा लाइसेन्सका लागि लिइने परीक्षामा सामेल हुन पाउने नेपालीहरु आजभोलि परराष्ट्र र जापानस्थित नेपाली दूतावासबाट प्रमाणित गरेका कागजपत्र पेश गर्नु पर्ने बाध्यतामा छन् ।
सरकारी निकायमाथि नै अविश्वास
सुरुमा पुरानो लाइसेन्स भए पनि परीक्षामा सामेल गराउने जापानले आजभोलि स्मार्ट लाइसेन्सलाई समेत अविश्वास गर्न थालेको छ । जापानको निक्खान सुपोचु नामक पत्रिकाको अनलाइन संंस्करणमा प्रकाशित सामग्रीमा सरकारी तहबाट जारी गरिएका कागजपत्रसमेत नक्कली हुन् कि भन्ने आशंका पैदा हुन थालेको बताइएको छ । ‘नेपालका कागजपत्र सक्कली हुन् या नक्कली, छुट्टाउन मुस्किल छ,’ पत्रिकाले लेखेको छ, ‘सरकारी तवरबाट वितरण गरिने सवारी चालक अनुमतिपत्र नै नक्कली भएपछि अरुमाथि विश्वास कसरी गर्ने ?’
यस्ता घटनालाई नियन्त्रण नगर्ने हो भने भविष्यमा सरकारी कागजपत्रमाथिको अविश्वास झन् बढदै जाने कानुनका जानकारहरु बताउँछन् । जापानमा रही यहा“का सरकारी संयन्त्रहरुसँग निकट एनआरएन जापानका सल्लाहकार जिज्ञान थापा भन्छन् ‘नेपालमा हाम्रो मानसिकता जे थियो यहा“ पनि त्यही देखियो,’ उनले भने, ‘जापानमा नेपाललाई कसरी चिनाउने भन्ने हामी नेपालीकै हातमा छ ।’ नक्कली कागजपत्र बनाउने गरेको आरोपमा नेपालीहरु पक्राउ पर्नु राम्रो संकेत नभएको थापाको भनाइ छ ।
नेपालका शैक्षिक प्रमाणमाथि पनि प्रश्न उठेको थापाले जानकारी दिए । ‘हामीले बोकेका शैक्षिक प्रमाणपत्रहरुको वैधानिकतामाथि जापान पहिलेदेखि नै विश्वस्त थिएन र अलिहे पनि छैन,’ थापाले भने, ‘जापानलाई कुनै कागजपत्रमाथि शंका लागेको खण्डमा तुरुन्त चेक जा“च गर्न सक्ने संयन्त्र बनाउन आवश्यक छ ।’ विगतमा कागजपत्रको विश्वस्नीयतामाथि शंका लागेमा हटलाइन मार्फत कन्फर्म गर्ने गरी संयन्त्र निमार्ण गर्न लागिएको भए पनि प्रक्रियाले पूर्णता नपाएको थापाले जानकारी दिए ।
पछिल्लो समय नेपालीहरु पक्राउ परेका समाचार जापानका सञ्चारमाध्यमहरुमा प्राथामिकतामा पर्न थालेका छन् । झैंझगडा, कुटपिटका घटना त छँदैछन् त्यसबाहेक नक्कली कागजपत्र पेस गरी सवारी चालक अनुमतिपत्र लिएको आरोपमा धमाधम नेपाली पक्राउ पर्नु राम्रो संकेत होइन । नेपाली कागजपत्रमाथि विश्वास लाग्न छोडेपछि जापानले विद्यार्थीसमेत कम भित्रयाउने नीति लिएको छ । जसका कारण अब यहा“का कलेजहरुमा नेपालीहरुको संख्या न्यून हुने निश्चितप्राय छ । यस्ता गतिविधिले नेपालीहरुको साख त गिर्छ नै, त्योसँगै देशको इज्जतमाथि पनि दाग लाग्ने छ ।