भारतीय रिजर्भ बैंकले सबैलाई अचम्भित बनाउने एउटा खुलासा गरेको छ । केन्द्रिय बैंकले बनाएको एक सूचीमा ठूला ठूला कम्पनीका नाम समेटिएका छन् । जसले बैंकसँग ठूलो परिमाणको कर्जा लिएका छन् तर फिर्ता गरेका छैनन् । सो सूचीमा हीरा कारोबार गर्ने मेहुल चोकसीको कम्पनी सहित अल्कोहल कारोबारी विजय माल्याको कम्पनी पनि समाबेश छ । तर, जब बैंकलाई महशुष भयो कि ती कम्पनीहरुबाट आफ्नो कर्जा असुल गर्न सकिदैन तब सबैलाई राइट अफ गरेको छ ।
मेहुल चोकसी नंबर १
![NBT](https://navbharattimes.indiatimes.com/photo/75430473.cms)
फरार हीरा कारोबारी मेहुल चोकसी तथा विजय माल्या सहित कुल ५० डिफल्टर्सहरुसँग ३० सेप्टेम्बर २०१९ सम्म कुल पौने सात खर्ब भारु राइट अफ गरिसकेको छ । बैंकहरुको पैसा पचाउने सूचीमा गिताञ्जली जेम्सका मेहुल चोकसीको नाम सबैभन्दा अग्रस्थानमा छ । चोकसीको नाममा ५४ अर्ब भारतिय रुपैयाँ कर्जा असुल हुन बाँकी छ ।
रुची सोया पनि सूचीमा
![NBT](https://navbharattimes.indiatimes.com/photo/75430493.cms)
आरईआई एग्रोको ४३ अर्व १४ करोड भारतिय रुपैयाँ बाँकी छ, जबकी विनसम डायमड्सको ४० अर्व ७६ करोड भारु छ । रोटोम्याक ग्लोबल प्रालिमा २८ अर्व ५० करोड, कुडोसी केमी लिमिटेडको २३ अर्ब २६ करोड भारु, रुची सोया इन्टस्ट्रीज लिमिटेडको २२ अर्ब १२ करोड भारु भारु कर्जा डिफल्टमा छ । जबकी जूम डेभलपर्स प्रालिको २० अर्ब १२ करोड भारु बाँकी छ ।
माल्या पनि सँगसगै
विजय माल्याको किंगफिशर यो सूचीको नवौ नम्बरमा छ । जुन कम्पनीसँग १९ अर्व ४३ करोड भारु कर्जा उठाउन बाँकी छ, बैंकले राइट अफर अर्डर दिइसकेको छ । फरइवर प्रेसियस ज्योलरी एन्ड डायमड्स प्रालिसँग १९ अर्ब ६२ करोड भारु कर्जा असुल गर्न बाँकी छ । जबकी डेक्कन क्रानिकल होल्डिंग्स लिमिटेडसँग १९ अर्व १५ करोड भारु डिफल्टमा छ ।
नक्षेत्र पनि छैन पछाडी
![NBT](https://navbharattimes.indiatimes.com/photo/75430642.cms)
चोकसीको अर्को कम्पनी गिली इन्डिया तथा नक्षत्र बै्रङ्समा १४ अर्ब ४७ करोड भारु तथा ११ अर्व ९ करोड भारु बाँकी छ, जसलाई राइट अफ गरिदिएको छ । झुनझुनवाला ब्रदर्सको आईआई एग्रो पहिलादेखि नै इडीको निशानामा छ ।
कलम उत्पादन रोटोम्याक पनि
![NBT](https://navbharattimes.indiatimes.com/photo/75430764.cms)
विक्रम कोठारीको रोटोम्याक यो सूचीको चौथो नम्बरमा छ । उनी सहित छोरा बिक्रम कोठारीलाई बैक लोन डिफल्टको मामलामा सीबीआइले पक्राउ गरेको छ ।
लोन राइट अफ भन्नाले जब बैकलाई लाग्छ की आफूले दिएको कर्जा असुल हुन अब मुस्किल मात्रै होइन असम्भव पनि छ । यस्तोमा बैंकले त्यस्तो कर्जा राइट अफ गर्ने गर्छ । यस्तो लोनलाई बैंकले ब्यालेन्स सिटबाट नै हटाइदिन्छ ।
एजेन्सी