काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को सन्त्रासकै बेला बागमती प्रदेश भूमि ब्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी संचालन गर्न निर्देशन जारी गरेपछि सहकारीकर्मी समस्या परेका छन् । गृहमन्त्रालयले पास उपलब्ध नगराउँदा सेवा दिन समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।
नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको भिडियो कन्फ्रेन्समा बोल्दै काठमाडौ उपत्यकाका सहकारी अगुवाहरुले यस्तो गुनासो गरेका हुन् ।
बागमती प्रदेश सरकारले सहकारीको कार्यालय दैनिक तीन घण्टा सेवा दिन निर्देशन दिए पनि हिडडुल गर्न समस्या भएको, सुरक्षा विधि, उपाय तथा सामाजिक दुरी कायम गर्न समस्या हुने उनीहरुको भनाई छ ।
बैशाख ११ गते बाग्मती प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सूचना प्रकाशन गरी बढीमा तीन जना कर्मचारीबाट दैनिक ३ घण्टा कार्यालय खोली सेवा दिन सहकारीलाइ निर्देशन दिएको थियो । लकडाउनका कारण सदस्यलाई पर्न सक्ने आर्थिक समस्याबाट जोगाउन बागमती प्रदेश कार्यक्षेत्र रहेको बचत तथा ऋण सहकारी संस्था खोल्न भनी निर्देशन दिएको थियो । त्यसैगरी २०७६ चैत्र १६ गते सहकारी विभागले सम्पूर्ण सहकारी संघसंस्थाहरुलाई सदस्यहरुलाई सम्पूर्ण सेवा दिन निर्देशन जारी गरेको थियो ।
परिपत्र पछि १५ गते सोमबार उपत्यकका सहकारी अगुवाहरुले संयुक्त बैठक बसी अपिल जारी गरी प्रदेश सरकारले तोके बमोजिम सेवा दिन नसक्ने बताएका थिए ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले एकदुई दिनभित्रै पासको हुने, त्यकालागि सम्वन्धित निकायसंग पहल गरिरहेको जानकारी दिए । उनले लकडाउनले बित्तिय जोखिम बढ्ने भन्दै एक हप्तामा २० हजार भन्दा बढी रकम फिर्ता गर्न सकिने स्थिति नरेहेको बताए ।
जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले बन्दाबन्दी सुरु भएपछि सहकारीका अभिभावकहरुको प्रष्ट निर्देशन नआएकोले सहकारीमा अन्यौलता छाएको बताए । उनले भने ‘गृह मन्त्रालयले कडी कडाउ गर्ने भनेको छ, सहकारी मन्त्रालय र विभागले अनिवार्य सेवा दिनु पर्छ भनेको छ, स्थानीय प्रशासनले समन्वय गरेको छैन भने सहकारीले कसरी सेवा दिने हो, पासको बेवस्था नभएसम्म सरकारले भने जस्तो सेवा दिन सहकारी असमर्थ छन् ।’
भक्तपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार खडकाले स्थानीय प्रशाशनले सहयोग नगरेको अवस्थामा पनि सहकारीहरुले कार्यालय खोलेर र नखोलेरै पनि सेवा दिने गरेको बताए ।
राष्ट्रिय सहकारी बैंकका संचालक सरिता भट्टराईले सदस्यले सहकारीबाट वित्तिय सेवा मात्र लिने संस्थाका रुपमा नहेर्न आग्रह गरिन । उनले सदस्यहरुलाई सहकारीले दिएका अन्य सेवाको पनि गुण विर्सन नहुने बताइन् ।
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक पनेरुले अहिले जसोतसो संस्था चलेपनी आगामी दिनमा सहकारी संचालन गर्न जटिल हुन सक्ने भएकोले त्यको पनि ब्यवस्थापन कसरी गर्ने भनेर सजगताकासाथ अघी बढन आग्रह गरे ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाइले उपत्यकाका सहकारी अभियानको संगुक्त विज्ञप्ती आउनु सकरात्मक पक्ष भएको बताए । उनले सहकारी अभियानमा बिना धितो अरबौंको लगानी भएका संस्था, समुहमा आधारित संस्था र बजारको लगानी उठाएर बजारमै लागानी गर्ने तीनखाले सहकारी भएको बताए ।