मुलुकमा लकडाउन जारी छ । र, कहिलेसम्म हुन्छ कुनै अनुमान छैन । आधुनिक मानव सभ्यतामा पुरै विश्वलाई आक्रान्त पारेको यस्तो कठिन समय सायदै अघिल्लो पुस्ताले देख्यो न आउने पुस्ताले देख्ने छ । कोभिड–१९ ले संक्रमित भएका मुलुकमा मात्र होइन भाइरस नदेखिएका मुलुकमा पनि यसको असर र प्रभाव उस्तै छ ।
भाइरस प्रवेश गरेका मुलुकमा रोग र त्यसका कारण अर्थतन्त्रमा परेको असरमाथि ती मुलुक संघर्ष गरिरहेका छन् भने भाइरस नदेखिएका मुलुकमा अन्तराष्ट्रिय कनेक्टिभिटी र ढुवानीका समस्या साथै कच्चापदार्थको अभावले उत्पादनमा हस आएर अर्थतन्त्रलाई सुस्त बनाइरहेको छ । आखिर असर सबै मुलुकमा परेको छ, स्वास्थ्यमा होस् या अर्थतन्त्रमा ।
यसपालीको लकडाउन अन्तिम होस् । सबैको यहि कामना छ । तर, कामना गरिएजस्तो परिणाम हुन्छ भन्ने छैन । देशमा संक्रमितको संख्या विस्तारै बढ्दै गएको छ । बुधबारसम्म संक्रमितको संख्या ५७ पुगिसकेको छ । संख्या बढ्दै गएकाले लकडाउनको अवस्था र मोडालिटी कस्तो हुने भन्ने विषयमा परिस्थिती हेरेर निर्णय हुने हो । र, परिस्थिती अनुकुल छैन ।
विश्वका शक्तिराष्ट्रहरु कोरोना भाइरसका अगाडी निरिह सावित भईरहेका छन् । यूरोप र अमेरिकाजस्ता शक्तिराष्ट्रहरुका स्वास्थ प्रणालीले समेत यस भाइरसका अगाडी घुँडा टेकेको अवस्था छ । यसैले हाम्रो जस्तो कमजोर स्वास्थ प्रणाली भएको देशले हतारमा लकडाउनको अवधिलाई छोट्याउनु वा हटाउनु देश र नागरिकहरुका लागि पनि आत्मघाती निर्णय हुन सक्दछ । किनकी, भाइरसको आकार प्रकार, आयू, सर्ने माध्यम र औषोधोपचारको बारेमा बिश्वनै आजसम्म अनभिज्ञ नै छ । यसैले यससँग लड्नका लागि सक्षम छौं भन्ने भ्रमबाट हामी मुक्त हुनुपर्दछ ।
यसपालीको लकडाउन अन्तिम होस् । सबैको यहि कामना छ । तर, कामना गरिएजस्तो परिणाम हुन्छ भन्ने छैन । देशमा संक्रमितको संख्या विस्तारै बढ्दै गएको छ । बुधबारसम्म संक्रमितको संख्या ५७ पुगिसकेको छ । संख्या बढ्दै गएकाले लकडाउनको अवस्था र मोडालिटी कस्तो हुने भन्ने विषयमा परिस्थिती हेरेर निर्णय हुने हो । र, परिस्थिती अनुकुल छैन ।
तर, यसो भन्दै गर्दा हामीले देशको अर्थतन्त्रलाई पनि बिर्सनु हुँदैन । देश एक महिनाभन्दा बढिदेखि बन्द अवस्थामा छ र यो अझ लम्बिन पनि सक्छ । देशसँगै देशभित्रका र बाहिरका उद्योगधन्दाहरु पनि बन्द छन् । जसका कारणले हाम्रो अर्थतन्त्रको बृद्धिमा लगाम लाग्न पुगेको छ । भाइरसले अर्थतन्त्रमा पार्ने असरको मात्रा र आयूका बारेमा अर्थशास्त्रीहरुनै ‘स्पिचलेस’ भैरहेका छन । त्यसो भए के हाम्रो अर्थतन्त्र मन्दीमा प्रवेश गरिसकेको हो त ? केही अन्तरार्ष्ट्रिय संस्थाहरुले हाम्रो देशको आर्थिक बृद्धिका बारेमा गरेको प्रक्षेपणले यसै कुरालाई संकेत गर्दछ ।
विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषलगायतका संस्थाले आर्थिक मन्दीको अवस्था सुरु भैसकेको घोषणा गरिसकेका छन् । विश्वको अर्थतन्त्र सन् २००८ को हाराहारीमा पुग्ने उनीहरुको प्रक्षेपण छ । ठूला मुलुकहरुले अर्थतन्त्र उकास्न ठूलै रकमको आर्थिक प्याकेज धमाधम घोषणा गरिरहेका छन् ।
हाम्रो जस्तो सानो आकारको अर्थतन्त्र भएको मुलुकमा आर्थिक संकटको यो अवस्थाको सामना गर्न झनै गाराे छ । सरकार, राष्ट्र बैंक र निजी क्षेत्रहरुले अहिले कोरोनाले अर्थतन्त्रमा परेको नोक्सानको अध्ययन गर्ने क्रमलाई तिव्रता दिएका छन् । त्यो अध्ययनको रिपोर्ट र नोक्सानीको अवस्थापछि कसरी अगाडि जाने भन्ने योजना पनि होला । तर, अहिले नै देखा परेको र तत्काल गर्नुपर्ने काममा पनि हामी पछाडि रहेका छौं । यसले आगामी दिनमा झनै समस्या दिन्छ ।
हाम्रो जीडीपीसँग जोडिएका सबै क्षेत्रहरु समानरुपमा भाइरस पिडित छन् । कृषिकर्महरु रोकिएका छन । उद्योगका क्रियाकलापहरु ठप्प छन । व्यापारिक चहलपहलमा शून्यता छाएको छ । पर्यटनका क्षेत्रहरु रंगहिन छन् र पूँजिबजार पनि मृततुल्य छ । यसर्थ हामीले अहिलेको अवस्थाबाट कति छिटो अर्थव्यवस्थालाई पार लगाउन सक्छौं भन्ने कुरामा सवैको चासो र चिन्ता छ ।
हुन त आर्थिक मन्दी र भाइरसको प्रकोप सदाका लागी रहँदैन तर पनि नीति निर्माता, अर्थशास्त्री, सरकार र आम जनता सकभर यसको चक्रव्यूहमा फस्न चाहँदैनन् । अर्थशास्त्रका पुस्तकहरुमा पनि कुनै अर्थशास्त्रीहरुको वर्तमानको जस्तो अवस्थामा अर्थतन्त्रले कसरी पुर्नजीवन पाउँछ भन्ने अनुभव समेटिएको छैन । किनकी यस्तो किसिमको स्थिति विगतमा विश्वले कहिल्यै भोग्नुपरेको थिएन ।
भाइरसले अर्थतन्त्रमा पार्ने असरको मात्रा र आयूका बारेमा अर्थशास्त्रीहरुनै ‘स्पिचलेस’ भैरहेका छन । त्यसो भए के हाम्रो अर्थतन्त्र मन्दीमा प्रवेश गरिसकेको हो त ? केही अन्तरार्ष्ट्रिय संस्थाहरुले हाम्रो देशको आर्थिक बृद्धिका बारेमा गरेको प्रक्षेपणले यसै कुरालाई संकेत गर्दछ ।
बजारमा व्यापार र आपूर्ति अझै ठूलो समस्या देखा परिसकेको अवस्था छैन । उद्योगी, व्यवसायीले २ देखि ६ महिनासम्म स्टक राखेर उत्पादन र बजारमा पठाउने अवस्थाका कारण हामी त्यहि स्टकको भरमा अहिले दैनिकी केहि सहज बनाइरहेका छौं । तर, यो अवस्थाको पनि हामी अन्तिम चरणमा आइपुग्दैछौं । यसपछिको अवस्था झन भयावह हुन्छ ।
आर्थिक मन्दीका केही बिशेषताहरुका माध्यमबाट हामीले हाम्रो अर्थतन्त्र भाइरसको संक्रमणकाल पश्चात कस्तो स्वरुपमा अघि बढ्ला भन्ने बारेमा बिश्लेषण गर्नुपर्छ । सामान्यतया, आर्थिक मन्दीलाई अंग्रेजीको ४ वटा अक्षरहरुको आकारबाट विश्लेषण गर्ने गरिन्छ । ती ४ अक्षरहरु क्रमशः भी, यू, डव्लू, र एल रहेका छन । यी ४ अक्षरहरुले आर्थिक मन्दीका निम्न चरणहरुको प्रतिनिधित्व गर्दछन ।
भी (V) :
यो चरण आर्थिक मन्दीको सबैभन्दा छोटो र अर्थतन्त्रले केही महिना भित्र पुर्नजीवन प्राप्त गर्ने चरण हो । यो चरणमा अर्थतन्त्र अहिलेको अवस्थाझै गरी एकदमै तल्लो विन्दुमा पुग्दछ । र, पुनः केही महिनामै अर्थतन्त्रले पहिलेकै उच्च विन्दु लिन थाल्दछ । यसपालीको भाइरसको प्रकोपपछि यो चरण भएर हाम्रा खाद्यान्नका व्यवसायहरु, शैक्षिक संस्थाहरु, अस्पताल, रेमिटेन्स र औषधीजन्य व्यवसायहरु गुज्रने बढी सम्भावना छ । सरकारले स्रोत र साधनको उचित व्यवस्था गरिदिने हो भने बिकास निर्माणका कार्यहरुले गति लिन गई केही उद्योगहरुपनि यहि चरण भएर आउने छ ।
यू(U) :
यो चरण आर्थिक मन्दीको अर्को नमूना हो । यसमा अर्थतन्त्रलाई पहिलेकै विन्दुमा आउन वर्षदिन वा सो भन्दा पनि बढी अवधि लाग्न सक्छ । यसपालीको भाइरसले हाम्रो पर्यटन क्षेत्र, हवाई व्यवसाय, पोल्टी व्यवसायहरुलाई यो चरण पार गर्न बाध्य बनाउने सम्भावना बढी छ ।
डव्लू(W) :
यो चरण आर्थिक मन्दीको अर्को नमूना हो । यसमा अर्थतन्त्रले दुईपटक तल र माथिको चरण पार गर्दछ । अर्थतन्त्र तल्लो विन्दुमा पुगेपछि छोटो अवधिमै पहिलेकै उच्च विन्दुमा आईपुग्ने र फेरि तुरुन्तै तल्लो विन्दुमा पुगेर फर्किने प्रकृतिका कारणले यस्मा डब्लू आकार बन्ने गर्दछ । पूँजीबजार, रियलस्टेटजस्ता क्षेत्रले यो चरण भएर गुज्रने सम्भावना बढी छ ।
एल(L) :
यो चरण आर्थिक मन्दीको सबैभन्दा खराव चरण हो । यसमा बर्षाैसम्म पनि अर्थतन्त्रले उच्चता हासिल गर्न सक्दैन । यसको आयु महिनौ नभई वर्षैवर्षको हुन्छ । सीमित पूँजीमा खोलिएका साना व्यवसाय र प्रकोपपश्चात नगद प्रवाहको जुगाड गर्न नसक्ने कम्पनीहरु यस अवधिमा धराशयी भएर बन्द हुन पुग्छन ।
विश्वले बिभिन्न कालखण्डमा विविध किसिमको आर्थिक मन्दी खेपेको छ । पूँजीबजार धराशायी भएर, बिश्वयुद्ध भएर, खडेरीका कारण, वित्तिय संकट लगायतका कारणले आर्थिक मन्दी भएको अनुभव विश्वसँग छ । तर भाइरसका कारण बिश्वनै बन्दभएको र विश्व अर्थव्यवस्था मन्दीतिर गएको यो नै पहिलो घटना हो । यसैले यसको निदान कसरी हुन्छ भन्ने बारेमा अर्थशास्त्रीहरुले अनुमाननै गर्न सकिरहेका छैनन ।
हाम्रो अर्थतन्त्र कुन चरणमा अगाडी बढने छ भन्ने कुराको निक्र्यौल नीति निर्माण गर्ने वर्गको दक्षतामा निर्भर गर्दछ । विगत केही वर्षदेखि उच्च विन्दुमा अर्थतन्त्र बृद्धि भईरहेकोमा यस वर्ष हामीले उच्च गिरावट देख्नुपर्ने हुन्छ । यदि हामीले भी आकारमा हाम्रो अर्थतन्त्रलाई पुर्नजीवन दिन सक्यौ भने मात्र हामीले कोरोनामाथि बास्तविकरुपमा विजय हासिल गरेको ठहरिने छ । अन्यथा एकपटक थामिएको वा गिरेको अर्थतन्त्रलाई पुनः पहिलेकै विन्दुमा पु¥याउनका लागी धेरै समस्या र समय लाग्ने गर्दछ । आशावादी बनौ र अर्थतन्त्र भी आकारमा फर्कियोस् भनेर कामना गरौं ।
(लेखक, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् )