कोरोना महामारी पछि विश्वले धेरै ओटा पाठ एक साथ सिकेको छ । आफूलाई शक्तिशाली देशको रुपमा उभ्याउनेदेखि आर्थिक क्षेत्रमा समेत अब्बल रहेको दाबी गर्ने मुलुक कोरोनाका अघि निरीह बने ।
स्वास्थ्यका क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक क्षेत्रलगायतका बहुआयामिक क्षेत्रमा आफूलाई अब्बल दाबी गरिरहेका मुलुक यतिखेर गम्भीर मोडमा पुगेका छन् ।
खासगरी विश्वको अर्थतन्त्रको इन्जिन चीन रहेको र त्यहाँ कोरोना भाइरस फैलिँदा औद्योगिक उत्पादन रोकिएको र त्यसको प्रत्यक्ष असर पुगेपछि अहिले विश्वका शक्तिशाली मुलुकले नयाँ निर्णय लिने मनस्थितिमा पुगेका छन् ।
एउटै देशमाथि भर पर्दा विश्वको अर्थतन्त्र नराम्ररी हल्लिएपछि विश्वमा उदीयमान अर्थतन्त्र भएका मुलुकहरुले चीनबाट आफ्नो उद्योग सार्न सक्ने सम्भावना बढेको छ ।
चीनमाथि परनिर्भर हुँदा त्यसको कति असर पर्छ भनेर अहिले विश्वले राम्रोसँग बुझ्ने मौका पायो । त्यही भएर चीनमा रहेका हजारौं बहुर्राष्टिय कम्पनीहरु त्यहाँबाट अरु राष्ट्रमा सार्ने सम्भावना बढेको छ । कोरोनाबाट गम्भीर पाठ सिकेर विकसित मुलुकहरुले सबै उत्पादन एकै ठाउँमा मात्र केन्द्रित गर्नु हँुदैन भन्ने निश्कर्षमा पुगेका छन् ।
केही दिन अघि मात्रै उदयमान अर्थतन्त्र भएको मुलुक जापानले आफ्ना कम्पनीलाई चीनबाट स्थानान्तर गर्न २ विलियन डलरको राहत प्याकेज घोषणा गरिसकेको छ । यसबाट के कुरा पुष्टि हुन्छ भने, अब एउटै मुलुकमा निर्भर रहन हुँदैन भन्ने हो ।
एकातिर चीनको बुहान सहरमा कोनोरा भाइरस फैलिँदा त्यहाँका उद्योगधन्दा बन्द भए, त्यसको असर कोरिया, जापान, अमेरिका, भारतललगायतका धनी राष्ट्रमा पनि प¥यो । र अर्को कुरा अमेरिका र चीनबीच बिग्रिएको सम्बन्ध र चीनलाई बिश्व नम्बर वान शक्ति राष्ट्र बन्न रोक्न पनि अमेरिकालगायत पश्चिमी राष्ट्रले आफ्ना कम्पनी चीनबाट अन्य राष्ट्रमा स्थानान्तर गर्न बान्छनिए छ ।
भारत फाइदा उठाउन आतुर
यसरी शक्तिशाली मुलुकहरुले चीनबाट आफ्ना उद्योग अन्य देशमा स्थान्तरण गर्ने अभियान चलाएपछि भारतले चीनमा रहेका उद्योग आफ्नो देशमा ल्याउन भित्री तयारी सुरु गरेको छ ।
उच्च आर्थिक वृद्धिको लक्ष्य लिएर अघि बढेको भारतले विश्वको आर्थिक हब भारत भएको हेर्न चाहेको छ । त्यही भएर चीनमा भएका उद्योगलाई आफ्नो देशमा केन्द्र बनाउन खोजेको छ । विश्वले नयाँ गन्त्वय खोजेको र यसको प्रत्यक्ष फाईदा भारतले उठाउन खोजेको देखिएको छ ।
यसका लागि भारतले आफ्नो देशमा उत्पादन लागत कसरी घटाउन सकिन्छ भनेर छलफल सुरु गरेको छ । विश्वले चीनमा उद्योग लगाउनुको एउटा मात्रै उद्देश्य भनेको– त्यहाँ उत्पादन लागत एकदमै सस्तो छ ।
अघिल्लो बर्षकै बजेटबाट कर्पोरेट कर ३० प्रतिशतबाट २२ प्रतिशतमा झारेको छ । यसले उनीहरुलाई भारत प्रवेश गर्न निकै सजिलो हुन्छ । हाल आएर बिजुलीमा र मालवाहक रेल भाडामा कसरी छुट दिन सकिन्छ भनेर पहल गरिरहेको छ ।
अहिले पनि भारतमा उत्पादन लागत १०÷१२ प्रतिशत बढी छ । यसका बावजुत पनि भारत बजारको आकार र यसले निर्यातमा दिने निर्यात अनुदानले चीनमा रहेका मोबाइल, इलेक्ट्रोनिक्स, मेडिकल सामग्री, गार्मेन्ट, अटोपार्टजस्ता उत्पादन मुलक उद्योगहरुलाई भारतमा निश्चित नै आकर्षण गर्ने छ ।
नेपालले कसरी फाइदा लिने ?
नेपाल चीन र भारतको छिमेकी मुुलुक हो । विश्वका आर्थिक रुपमा शक्तिशाली मुलुकले चीनबाट आफ्ना उद्योग सार्ने घोषणा गरिरहँदा ती उद्योगलाई नेपाल कसरी ल्याउने विषयमा नेपालमा पनि बहस र छलफल हुनु जरुरी देखिएको छ ।
नेपाल पनि उच्च आर्थिक वृद्धिको लक्ष्य लिएर अघि बढेको मुलुक मात्रै होइन्, अति कम विकसित मुलुकबाट विकासिल मुलुकमा स्तरउन्नति हुन लागेको मुलुक पनि हो ।
सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य भेटाउन र विकासिल मुलुकमा उक्लिन सरकारले विश्वको आर्थिक हबको रुपमा नेपाललाई बनाउन सक्ने स्वर्णीम समय आएको छ ।
चीनबाट हजारौं बहुराष्ट्रिय कम्पनी बाहिरिँदै छन् । त्यसमध्ये एक सय ओटा कम्पनी मात्रै नेपालमा ल्याउन सक्यौं भने हाम्रो अर्थतन्त्रमा ठूलो कायापलट हुने सम्भावना छ ।
चीनबाट उद्योगहरु स्थानान्तरण गर्ने विश्व बहस चलिरहेको र छिमेकी मुलुकले आफ्नो देशमा ती उद्योग कसरी ल्याउन सकिन्छ भनेर आन्तरिक गृहकार्य सुरु गरेको छ । हामीले तत्काल यस विषयमा गम्भीर हुन आवश्यक छ ।
भारतलाई जस्ता नेपाललाई पनि त्यो अवसर छ । तर, हाम्रा नीति निर्माताहरुले यस विषयलाई गम्भीर रुपमा लिनुपर्ने अवस्था आएको छ । हामी कस्ता उद्योगलाई नेपाल ल्याउन सक्छौं, ती उद्योगलाई के के सुविधा दिन सक्छौं भन्ने विषयमा सरकारले आवश्यक छलफल सुरु गर्नुपर्छ ।
भारतले कर्पोरेट कर घटाएको छ, विजुलीको महशुलमा कटौती गरको छ । उत्पादन लागत घटाउने विषयमा पनि गम्भीर भएर लागेको छ । नेपालमा पनि कर्पोरेट कर घटाउन सकिन्छ, विजुलीको दररेट कम गर्न सकिन्छ । नेपालमा पनि उत्पादन लागत एकदमै महँगो छ, त्यसलाई पनि क मगर्न सरकारले आवश्कय पहल गर्नुपर्छ । भारतले उत्पादन लागत घटाउने वित्तिकै त्यसकाे असर नेपालमा पर्छ । नेपाली उद्याेग बचाउन पनि सरकारले तत्काल उत्पादन लागत घटाउन प्रयत्न गर्नुपर्छ ।
हामीलाई कस्ताखाले उद्योग आवश्यक छ ? कुन उद्योग नेपालमा ल्याउँदा राम्रो हुन्छ ? हाम्रो सम्भावना के हो ? भन्ने विषयमा सरकारले विज्ञसँग सल्लाह गरेर अघि बढ्नुको विकल्प छैन ।
नेपालले यसबाट फाईदा लिन सक्छ की सक्दैन भन्ने कुरा हामी नेपालीका लागि अहम प्रश्न बनेर उभिएको छ । यो प्रश्नको जवाफ पाउन यी प्रश्नको जवाफ खोज्नु पर्दछ आवश्यक छ ।
१) हामीले हाम्रो तुलनात्मक लाभ भएका क्षेत्रको पहिचान गरी सक्यो ?
२) हाम्रो कानुनहरु उद्योग मैत्री छ की छैन ? छैन भने कसरी समय सापेक्ष बनाउन सकिन्छ ?
३) हाम्रो उत्पादन लागत कसरी घटाउन सकिन्छ ?
४) उत्पादन लागत घटाउन श्रमको लागत, पुँजीको लागत, उर्जाको लागत, ढुवानीको लागत, केन्द्रीय सरकार र प्रादेशिक सरकारको करको भारको लागत कम गर्नुको बिकल्प छैन ।
५) श्रमको सम्बन्धमा भारत र चीनमा नभएको सामूहिक सौदावाजी नेपालमा छ । जसले निश्चय नै उद्योगीको हात बाँधेंको छ र श्रमको लागत बढाउछ ।
६) पुँजीको लागत घटाउन बैंकको व्याज दर कम हुन जरुरी छ ।
७) नेपालको भौगोलिकताले ढुवानी लागत दक्षिण एसियाली मुलुक भन्दा बढी छ । सरकार रेल मार्गको विकास गरी ढुवानी लागत कम गराउन लाग्नु पर्छ ।
८) हामीले तत्काल उत्पादन लागत कम गर्न र बैंकको ब्याज केही प्रतिशत कम गर्ने ।
९) बिद्युत उत्पादन वृद्धि भएसँगै चुहावट नियन्त्रण गरी बिद्युतको मूल्य घटाई उद्योगलाई राहत दिनुपर्ने ।
१०) केन्द्र सरकार र प्रादेशिक सरकारको करहरु परिमार्जन गरी उद्योगी मैत्री बनाउनु पर्ने ।
लेखकः पाण्डे लाेमस ग्रुपका निर्देशक