बीबीसी । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ।
अमेरिकामा विगत २४ घण्टामा मात्रै ३ भन्दा बढी मानिसको ज्यान गएको छ। अहिले अमेरिकामा ८ लाख ७० हजार भन्दा बढी सङ्क्रमित भएको पुष्टि भएको छ।
तर सङ्क्रमणको तथ्याङ्क विश्लेषण गर्दा युरोपेली राष्ट्रको दाँजोमा अमेरिकामा अझै पनि मृत्युदर कम रहेकोमा ह्वाइट हाउसको कार्यदलले जोड दिएको छ।
हप्तौँपछि अमेरिकाका केही भाग पुनः खुलेपछि यो भयावह समाचार आएको हो। जोर्जा, अलास्का र ओक्लहोमामा केश काट्ने सलूनसहित केही व्यवसाय खुल्न थालेका छन्।
अहिलेसम्मको सङ्ख्या हेर्दा अमेरिकामा कोरोनाभाइरसका कारण सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या विश्वमै बढी छ।अमेरिकाको जनसङ्ख्या ३३ करोड छ जुन कोरोनाभाइरसबाट अतिप्रभावित स्पेन र इटलीको भन्दा धेरै हो।
ह्वाइट हाउसको कोभिड १९ कार्यदलका विज्ञ डेबोरा बिर्क्सले अमेरिकामा “पूरै विश्वमा भएकामध्ये कम मृत्युदर” रहेको बताइन्।
प्रतिव्यक्तिको आधारमा हेर्दा अहिले अमेरिकामा कोभिड १९ का कारण मृत्युदर स्पेन, इटली, फ्रान्स, बेल्जम र यूकेको भन्दा कम छ।
कोरोना भाइरसका कारण मृत्यु भएको सङ्ख्या हेर्दा अमेरिका भयावह अवस्थामा छ। तर यसले वास्तविक रूप पूरै चित्रण गर्दैन।
त्यसको एउटा कारण भनेको जनसङ्ख्या हो। जनसङ्ख्याको आधारमा अमेरिकाभन्दा युरोपका थुप्रै देशमा धेरै मानिसको मृत्यु भएको छ। समग्रमा युरोपमा जनसङ्ख्या हेर्दा प्रतिव्यक्ति बढी मृत्यु भएको देखिन्छ।mतर ठूला देशहरूलाई यसरी तुलना गर्दा सावधान हुनुपर्छ।
न्यूयोर्कको अवस्था हेर्ने हो भने अमेरिकाको अन्य भागको भन्दा एकदमै फरक छ। अनि अन्य देशमा पनि उस्तै अवस्था छ।अमेरिकामा दैनिक मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढ्नुको आंशिक कारण सम्भवत कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिलाई पनि समावेश गर्नु हो।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोलले एप्रिल १४ तारिखमा सङ्क्रमण र सम्भावित सङ्क्रमणकै कारण मृत्यु भएको दुवै सङ्ख्या जोडिने जनाएको थियो।
कोभिड १९ को सम्भावित मृत्युमा क्लिनिकल र एपिडीमीओलजिकल अर्थात् शारीरिक लक्षण र सङ्क्रामक रोगसम्बन्धी दुवै आधार हुन्छन् तर परीक्षणबाट पुष्टि भएको हुँदैन। त्यसैले साधारण लक्षण भएका कोभिड(१९ का बिरामीहरू तथ्याङ्कमा देखा पर्दैनन्। पुष्टि भएका बिरामीको मृत्युदर र रोगका कारण हुने समग्र मृत्युदर उस्तै हुँदैन।
सङ्क्रमणबाट कति मृत्यु भयो र रोग कति फैलियो भन्ने निर्क्योल गर्न परीक्षणको प्रयास महत्त्वपूर्ण हुन्छ। कार्यदलको नेतृत्वमा पनि रहेका उपराष्ट्रपति माइक पेन्सले अमेरिकाले अहिलेसम्म ४९ लाख परीक्षण गरेको र त्यसलाई अझै विस्तार गर्न गभर्नरहरूसँग समन्वय भइरहेको बताएका छन्।
वाशिङ्टनले अनुमोदन गरेको यो चौथो कोभिड १९ सम्बन्धी राहत प्याकेज हो। यसले अस्पताल र साना व्यवसायलाई ऋण उपलब्ध गराउने कार्यक्रमलाई पनि रकम छुट्याएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त विधेयकमा शुक्रवार हस्ताक्षर गरेपछि त्यो कानुन बनेको छ। उनले नागरिकहरूले ूछिट्टै आर्थिक राहत पाऊन् भन्ने चाहेको बताए।