एजेन्सी । एकातिर पुरै दुनियाँ कोरोना भाइरसको महामारीबाट कसरी जोगिन भने तर्फ लागिरहेको छ । तर, अर्कोतर्फ दुई महिनाअघि कोरोना भाइरसको महामारीबाट गुज्रिसकेको चीनले भने मौका छोपेर तीब्र लगानी बढाउन लागेको छ । कोरोना संक्रमण महामारीले सेयर बजार र कच्चा तेलेको मूल्यमा भारी गिरावट आइरहेको छ । यहि मौकाको फाइदा उठाउन चीन अहिले लागिपरेको छ ।
यो समयमा कच्चा तेलको मूल्य अत्याधिक सस्तो भएको कारण तेलको भण्डार बढाउन तर्फ चीन लागेको हो। यसका साथै संसारभरका कम्पनीको सेयर मूल्य न्यून बिन्दुमा झरेको छ । यसको पनि भरपुर लाभ चीनले उठाइरहेको छ । सस्तो मूल्यमा सेयर खरिद गरेर चीन एसियाको ठूला कम्पनीका तीब्र गतिमा लगानी गरेर आफ्नो हिस्सा बढाइरहेको छ ।
तल्लो बिन्दुमा तेलको मूल्य
कोरोना भाइरस महामारीको कारण दुनियाँभरमा लकडाउन हुँदा कच्चा तेलको माग अत्याधिक घटेको छ । यहि समयमा रुससँगको मूल्य युद्ध (प्राइस वार) का कारण साउदी अरबियाले आपूर्ति बढाएको छ । सोहि कारण पछिल्लो महिना यूएस आइल फ्यूचर तथा ब्रेन्ट क्रुडको मूल्य १८ बर्षकै न्यून बिन्दुमा तल झरेको छ।
चीनलाई उपयुक्त मौका
सीएनएनको एक रिपोर्टका अनुसार दाइवा क्यापिटल मार्केटमा चीन एवम हङ्कङ इनर्जी रिसर्चका प्रमुख डेनिस आईपीले भनेका छन् ‘ओपेक तथा रुसद्वारा कच्चा तेलको उत्पादन कटौती गर्ने आशाका कारण तेलको मूल्य बढ्नेमा केही बल मिलेको छ । तर, पनि दुनियाँको सबैभन्दा ठूलो तेल आयातकर्ता देशका लागि भण्डार जतिसक्यो त्यति बढाउन लाभदायक मौका हो ।’
७२ प्रतिशत आयात
चीनको अर्थव्यवस्था जसो जसो संसारभर फैलिन लाग्यो, उसको विदेशी तेलमा परनिर्भरता पनि बढ्न थाल्यो । पछिल्लो बर्ष चीनले आफ्नो कुल खपतको ७२ प्रतिशत तेल आयात गरेको थियो, यो एक रेकर्ड हो । विदेशी तेलमा परनिर्भरता बढेसँगै बेइजिङले उर्जाको बढ्तो मागलाई रोक्ने तरिकामा केन्द्रित भएको छ । सरकारी तेल कम्पनीहरु उत्पादन बढाउनुका साथै आफ्नो तेल रिजर्भ बढाउन बर्षौ देखि काम गरिरहेको छ । सिएनएनका अनुसार पछिल्लो बर्ष चीनले १९.१ करोड टन कच्चा तेल उत्पादन गरेको थियो । जुन यसको वार्षिक खपतको ३० प्रतिशत हो ।
तेल रिजर्भ अमेरिकाकै हाराहारीमा
तेल रिजर्भको बिषयमा यो बर्ष चीन निक्कै महत्वपुर्ण तथा उपलब्धिपूर्ण क्षण छ । सन् २०२० को अन्तिमसम्म चीनले आफ्नो आकस्मिक भण्डारमा ८.५ करोड टन तेल रिजर्भ गर्न चाहेको छ । जुन अमेरिकाद्वारा आफ्नो स्ट्राटेजिक रिजर्भमा राखिएको तेलकै हाराहारीमा हुने तथा यो दुनियाँकै सबैभन्दा ठूलो तेल ब्याकअप हो ।
एचडीएफसीको पौने २ करोडको सेयर खरिद
पिपुल्स बैंक आफ चाइनाले हाउजिङ लोन दिने देशकै दिग्गज कम्पनी एचडीएफसी लिमिटेडको १.७५ करोड सेयर खरिद गरेको छ । सेयर बजारबाट प्राप्त भएको तथ्यांक अनुसार चीनको केन्द्रिय बैंकले एचडीएफसी लिमिटेडको १ करोड ७४ लाख ९२ हजार ९०९ कित्ता सेयर खरिद गरेको हो । जुन कम्पनीको १ प्रतिशत हिस्सा हो ।