काठमाडौं । प्रभु बैंकका सिइओ अशोक शेरचन अब्बल बैंकर मात्र होइनन् । उनको परिचय कवी र गीतकार पनि हो । दर्जनौं बढि गीत रचना गरिसकेका शेरचनको नयाँ गीत सुनौलो बिहानी फर्किनेछ छ नयाँ वर्षको पहिलो दिन सार्वजनिक भएको छ ।
कोरोना भाइरसले मुलुक लकडाउन भएको बेला र निराशा देखिएको समयमा शेरचनले उत्प्रेरणा जगाउने शब्द कोरेका हुन् । गीतलाई लकडाउनकै बेला सडकमा ट्राफिक, प्रहरीसहित विभिन्न चरित्रलाई म्युजिक भिडियोमा उतारिएको छ ।
बुढासुब्बा म्युजिकले सार्वजनिक गरेको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास, प्रविशा आधिकारीको स्वर रहेको छ ।
गीतको म्युजिक भिडियोमा गीतकार शेरचनसहित नायिका कृष्टिना गुरुङ नायक पल शाह, प्रदीप खड्का, निर्माता÷निर्देशक सन्तोष सेनसहित गायक र गायिकालाई फिचर गरिएको छ ।
भिडियोमा मुस्कान वाग्ले, पवन श्रेष्ठ, सपन श्रेष्ठ, सुन्दिरा अवाले, शम्भु चालिसेको फेस पोर्टेटमार्फत जिवन्त बनाइएको छ ।
अलिश कार्की र प्रमोद निर्वानको संगीत रहेको गीतमा शैलेन्द्र एम प्रधानले म्युजिक एरेन्ज गरेका छन् ।
भिडियोमा रुपेश थापा, विजय भण्डारी, दिपेश उपाध्यायको क्यामेरामा मिहिनेत देखिएको छ । ड्रोनमा भण्डारी र उपाध्यायको कला फुटेज उतारिएको छ । म्युजिक भिडियोको निर्देशन निर्देशक नितिन चन्दले गरेका छन् ।