बीबीसी । कोरोना भाइरसले व्यवसाय बन्द हुँदा विदेशमा रहेका कैयौँ नेपालीलाई प्रत्यक्ष असर परेको छ । वैदेशिक रोजगारका लागि विदेश पुगेका थुप्रै नेपालीले रोजगारी गुमाएका छन्।
बेतलबी बिदामा राखिएका वा रोजगारी गुमाएका नेपालीहरू बन्द (लकडाउन) का कारण स्वदेश फर्कन सकेका छैनन्।
बीबीसी न्यूज नेपालीको सम्पर्कमा आएका विभिन्न देशमा कार्यरत थुप्रै नेपाली कामदारहरूले रोजगारी गुमाउने अवस्थामा रहेको बताएका छन्।
उनीहरूले कतिपयलाई कम्पनीले घर जान भनेको र केहीले रोजगारी नै गुमाएको अवस्था छ तर घर फर्कन नसकेको जानकारी दिएका छन्।
घर जान भनियो तर एअरपोर्ट बन्द छ
माल्दिभ्सको हलिडे इन होटलमा वेट्रेसुको रूपमा काम गर्ने २१ वर्षीया मन्जिता लिम्बुले जागिर गुमाएकी छिन्। लिम्बु भन्छिन्, काम गरिरहेको होटल केही महिनाको लागि बन्द हुँदैछ र कम्पनीले मलाई घर फर्कन भनेको छ। तर लकडाउनका कारण म घर फर्कन सक्ने अवस्था छैन।
उनका अनुसार अन्य देशका नागरिकहरूले उनीहरूका सरकारले उद्दार गर्ने बताएका छन्। केही दिनमा त्यहाँ नेपालीहरू मात्र बाँकी भइने हो कि भन्ने चिन्ताले पनि उनीहरूलाई सताएको छ।
मल्दिभ्सकै अर्को रिसोर्टमा काम गर्ने काभ्रेका बालाकुमार जोशीलाई पनि कामबाट तीन महिनाका लागि बिदा दिइएको र जागिरको कुनै सुनिश्चितता नभएको स्थितिमा नेपाल फर्कनुपर्ने बाध्यता छ।
मैले काम गर्ने रिसोर्टमा पर्यटकहरू छैनन् त्यसैले कम्पनीले केही महिनाको लागि घर फर्कनु भनेको छ। तर सरकारले जहाज नपठाएसम्म म जान सक्दिन।
देश फर्कन समस्या
यसैगरि संयुक्त अरब इमिरेट्स यूएइ मा विगत छ महिनदेखि कार्यरत सन्दीप महर्जनलाई कम्पनीले कामबाट निकालिदिएको छ।
ूकाम नै नभएपछि समस्या हुन्छ, यहाँ किन बस्नेरु हाम्रो लागि नेपालमा समेत एअरपोर्ट बन्द छ, स्वदेश नै फर्कन नपाउने यो कस्तो अवस्था होरुू २८ वर्षीय महर्जनले भने।
सरकारले कोभिड १९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै २० मार्च मध्यरातदेखि लागु हुनेगरि १५ अप्रिलसम्म कोरोना सङ्क्रमित देशबाट हवाई आगमनमा प्रतिबन्ध लगाएको छ।