काठमाडौं । लकडाउनपछि असहज भएको दैनिक उपभोग्य खाद्य सामाग्रीहरु विस्तारै सहज बन्न थालेको छ । बजारलाई सहजीकरण गर्न सरकारले पहिलो पटक अनलाइन सेवा सुरु गरेको छ भने साल्ट ट्रेडिङले पनि मोवाइल भ्यान मार्फत खाद्य सामाग्री विक्रि गरिरहेको छ ।
भुकम्पको बेला चरम अभाव झेलेका उपभोक्ताहरुले यो पटक भने सहज रुपमा खाद्य सामाग्रीहरु पाइरहेका छन् । त्यो बेला एउटा सिलिण्डरको उपभोक्ताले १० हजार रुपैयाँसम्म तिर्नुपरेको थियो । खाद्य सामाग्रीको अभाव समेत झेलेका थिए ।
अहिले पनि त्यहि अवस्था आउन सक्छ भनेर उपभोक्ताले स्टक सामाग्रीलाई बढाएका थिए । जसले गर्दा ग्यास स्टक समेत बढाएका थिए । आवश्यकता भन्दा बढि ग्यास उपभोक्ताले लगेकै कारण केहि समय बजारमा अभाव समेत देखियो ।
तर,यो पटक भने उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको उच्च व्यवस्थापन र तिब्र अनुगमणको कारण बजार अनियन्त्रीत हुन पाएनन् । ‘अहिलेको अभाव भनेको कृतिम अभाव थियो,’ मन्त्री भट्टले भने ‘त्यसलाई नियन्त्रणमा लिन सफल भएकै कारण बजार सहजको हो ।’ उनी अहिले विहान ६ बजे देखी राती ९ बजेसम्म खाद्य व्यवस्थापन देखी मन्त्रालयकै काममा बढि व्यस्त हुन्छन् । यही क्रियाशीलता, सरकारी सबै निकायको सहयोग र निजी क्षेत्रसँगको सहकार्यको कारण उपत्यकामा दैनिक उपभोग्य सामाग्रीको सहज भएको उनी बताउछन् ।
बजारमा कुनै दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिन मन्त्री भट्टले दैनिक जसो ग्यास डिपो र खाद्य भण्डारणको अनुगमण गर्दै आएका छन् । भारतबाट आयात हुने सामाग्रीहरु निर्वाध रुपमा ल्याउन समकक्षी मन्त्री सँग निरन्तर रुपमा सम्पर्कमा रहदै आएको मन्त्री भट्टले जानकारी दिए ।
यसरी भयो ग्यास सहज
भाइरसको संक्रमण देखिएपछि सरकारले गरेको लक डाउनसँगै ग्यासको चरम अभाव देखिएको थियो । त्यो अभावलाई पुरा गर्न वाणिज्य मन्त्री भट्ट ,मन्त्रालयका अधिकारीहरु र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल दैनिक गृहकार्यमा लागे । बजारमा देखिएको अभावलाई पुरा गर्न केहि समय आधा सिलिण्डर ग्यास विक्रि गर्ने र नयाँ सिलिण्डर विक्रि गर्ने निधोमा पुग्यो र त्यहि अनुरुपको निर्देशन जारी भयो ।
त्यसको प्रभाव अहिले काठमाडौं लगाएत सबै ठाउँमा ग्यास अभाव हटेको छ भने पर्याप्त मात्रामा ग्यास पाउन थालिएको छ । आइतबार देखी उपभोक्ताले भरी सिलिण्डर खरिद गर्न पाउने भएका छन् । छोटो समयमै अभावलाई पुर्ति गराउन मन्त्री भट्टको चुस्त व्यवस्थापन र निगमको क्रियाशीलताले नै सम्भव भएको देखिन्छ । त्यो अवधिमा विभिन्न ग्यास डिपोमा मन्त्री आफै अनुगमणमा जाने गर्थे भने उपभोक्ताको तथ्यांक समेत राख्ने गरियो । जसको कारण कालोबजारी हुन पाएन र विक्रेताहरुले पनि ग्यास लुकाउन पाएनन् ।
विषेश क्षेत्रमा मोवाइल भ्यान मार्फत ग्यास वितरण
मन्त्री भट्टकै अगुवाइमा विषेश क्षेत्रमा मोवाइल भ्यान मार्फत नेपाल आयल निगमले नै ग्यास वितरण गरेको छ । लक डाउन पछि ग्यास पसलसम्म लिन जान नसक्ने र अत्यावश्यक क्षेत्रमा मोवाइल भ्यान मार्फत ग्यास वितरण गरेको थियो । निगमले अस्पताल, अनाथ लय, असक्त, असहायलगायत १२ क्षेत्रमा ग्यास वितरण गरेको हो ।
अनलाइन मार्फत घरमै खाद्यन्न
लक डाउनको बेला खाद्य सामाग्री बजारसम्म जान नपरोस भनेर सरकारले पनि अनलाइन मार्फत उपभोक्ताको घर घरमा खाद्य सामाग्री पु¥याउने व्यवस्था सुरु गरेको छ । जुन,मन्त्री भट्टले सुरुमै प्रतिबद्धता जनाएका थिए ।
सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत अनलाइन व्यापार सुरु गरेको हो । सरकारी कम्पनीबाट खरिद गर्ने खाद्य सामाग्रीमा १० प्रतिशत छुट दिने निर्णय समेत भएको छ ।
उपभोक्ताले नेपालफुडडटजीओभीडटएनपी लगइन गरेर खाद्य बस्तुको अर्डर गर्न सकिन्छ । हाल चामल,गेडागुडी,फापर लगाएतका सामाग्रीहरु पाउन सकिन्छ । र अर्डर गरेको दुई दिन भित्रमा उपभोक्ताको घरमा पु¥याउने व्यवस्था गरिएको जनाएको छ ।
साल्ट ट्रेडिङले तीन वटा मोवाइल भ्यान मार्फत सामान बेच्दै
सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले तीन वटा मोवाइल भ्यान मार्फत आवश्यकीय खाद्यन्न सामागीको विक्रिय वितरण गरिएको छ । साल्ट ट्रेडिङका प्रमुख उर्मिला श्रेष्ठले उपत्यका सहित बनेपा, धादिङ र नुवाकोटमा समेत सामान विक्रि गर्दै आएको जानकारी दिए । मोवाइल भ्यान सहित ५ स्टलबाट पनि सामान विक्रि गर्दै आएको छ । मोवाइल भ्यान लक डाउन भरी सञ्चालनमा रहने उनले बताइन् ।