काठमाडौं । चालू आर्थिक वर्ष २०७६/०७७ मा व्यवसायिक विद्युत उत्पादन थाल्ने लक्ष्य रहेका सबैजसो जलविद्युत आयोजनाको लागत बढ्ने देखिएको छ ।
कोेरोना भाइरससंकमणले देश नै प्रभावित हुँदा सकिन लागेका आयोजना थला परेपछि ती आयोजनाले बैंकलाई तिनुपर्ने ब्याजदर आधारमा मासिक २ अर्व घाटा हुने भएको हो । कोरोनाले आयोजना लम्बिदा बैंकको ब्याजमात्रै मासिक २ अर्व घाटा थपिँदै जाने ऊर्जा उद्यमी सुर्य अधिकारी बताउँछन् ।
साउनयता सार्वजनिक र निजी लगानीका एक दर्जन भन्दा बढी आयोजना सम्पन्न भई प्रणालीमा १२३ मेगावाट बिजुली थप भएपनि अरु आयोजना भने असार मसान्तसम्म सकिने सम्भावना न्यून रहेको प्राधिकरणले जनाएको छ । सरकारले चालू आर्थिक वर्ष २०७६÷०७७ मा १ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो ।
तर, सवैभन्दा ठूलो क्षमताको ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी लगायतका आयोजना नआउनेभएपछि प्राधिकरणले ३८७ मेगावाट मात्रै विद्युत उत्पादन हुने अर्को लक्ष्य लियो । त्यो लक्ष्य पनि पूरा हुन सक्ने अवस्था नरहेको निजी प्रवर्द्धन बताउँछन् ।
तीमध्ये १२३ मेगावाट आयोजना सम्पन्न भइ साउन यता प्रणालीमा जोडिएका छन् । आउँदो २०७६ असार मसान्तसम्म अरु जलविद्युत आयोजना सम्पन्न हुने देखिदैनन् । तसर्थ, चालूआवमा करिव डेढ सय मेगावाट आउने अँकलन गरिएको प्राधिकरण स्रोत बताउँछ ।
कोरोनाका कारण चालु आर्थिक वर्षभित्र आउने आयोजना अर्को वर्ष धकेलिने देखिन्छ । यद्यपि, कोरोना भाइरस संकमणको अवस्था र प्रभाव हेरेर कति समय लम्विने भन्ने निश्चित भने छैनन् ।
यतिबेला निजि क्षेत्रका ऊर्जा प्रवर्द्धनकहरुले आउँदो दिनमा र सुरु हुने चरणका आयोजना बन्नेमा आशंका गर्छन । निर्माणाधीन र सकिन लागेका आयोजना ढिलो चाडो आएपनि सुरु गर्ने चरणका आयोजना बन्न नसकेर दिर्घकालीन रुपमा ऊर्जाको लक्ष्यमा असर पुग्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालका उपाध्यक्ष कुमार पाण्डे बताउँछन् । आयोजना ढिला हुँदा बैंकको व्याज तिर्न नसक्दा बैंकिङ क्षेत्रमा समेत असर पुग्ने उनको भनाइ छ ।
चालू आवमा सक्ने मिति तोकेका आयोजना कोरोनाका कारण काम ठप्प भएपछि प्रवद्दकहरुले धमाधम नेपाल विद्युत प्राधिकरणमा निवेदन दिन थालेका छन् । हालसम्म निर्माणधीन तीन दर्जन आयोजनाहरुले कोरोनाका कारण काम अघि बढाउन नसकेको जानकारी विद्युत प्राधिकरणलाई गराएका हुन ।
ती आयोजनाहरुले विद्युत उत्पादन मिति (आरसीओडी) सार्नका लागि प्राधिकरणमा निवेदन दिएका हुन । दैवी प्रकोपले गर्दा काम अवरुद्ध भएको भन्दै निर्माणधीन आयोजनाबाट धमाधम निवेदन आउन थालेको विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
उनले अधिकांश निर्माणधीन आयोजनाको काम अवरुद्ध भएको बताए । आरसीओडी थप गर्नका लागि आयोजनाहरुबाट पत्र आएको उनले जानकारी दिए । दैवी प्रकोपको कारणले गर्दा काम अवरुद्ध भएकाले विद्युत प्राधिकरणले हेरेर समय थप गर्न सक्ने उनको भनाई छ ।
चीनबाट फैलिएको कोरोना भाइरसको संकमण २०० भन्दा बढि देशसँगै नेपालमा पनि प्रभाव परेको छ । जसले गर्दा निर्माणधीन अधिकांश जलविद्युत आयोजना समस्यामा परेका हुन्। खासगरी विदेशी लगानी, उपकरण, कामदार र ठेकेदार परिचालन भएका आयोजना बढि समस्यामा छन् भने अन्य आयोजनाको हविगत उस्तै छ ।